काठमाडौं- दुईतिहाइ बहुमतको सरकारले ल्याएका विधेयक निर्णयार्थ प्रस्तुत गर्दा गणपुरक संख्या नपुगेर व्यवस्थापिका संसद बैठक पटक–पटक स्थगित हुने गरेको छ। पछिल्लो तीन सातामा सरकारले तीनपटक विधेयक निर्णयार्थ पेस गर्दा गणपूरक संख्या पुगेन।
व्यवस्थापिका संसदको दोस्रो अधिवेशन जेठ १६ गते सुरु भएयता संसद बैठक विभिन्न कारणले नौपटक स्थगित भएको थियो। जसमध्ये छवटा बैठक विपक्षीको नाराबाजीका कारण स्थगित गर्नुपरेको थियो।
संसदको पहिलो अधिवेशनमा पनि कैयौंपटक कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको थियो। आवश्यक संख्या उपस्थित नहुँदा बैठक तोकिएको समयभन्दा ढिलो सुरु गर्नुपरेको सचिवालय स्रोतले जनाएको छ।
संसद बैठकमा सभासद अनुपस्थित भएर मात्रै 'कोरम' नपुग्ने अवस्था आएको भने होइन। अन्तरिम संविधानको धारा ५३ मा व्यवस्थापिका संसदको कुनै पनि बैठकमा सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न नपाइने व्यवस्था छ।
व्यवस्थापिका संसदको नियमावलीको नियम १२१ मा पनि एकचौथाइ संख्या हुनुपर्ने व्यवस्था छ। अहिले संसदमा ५ सय ७१ सदस्य छन्। त्यसको एकचौथाइ १ सय ४२ सदस्य हुन्छ। बैठकमा सूचना नदिई लगातार १० पटक अनुपस्थित हुने सदस्यलाई कारबाही गर्न सक्ने व्यवस्था पनि छ।
संसद बैठक सुरु हुँदा हलमा बाक्लै उपस्थिति देखिन्छ। तर, बैठक चल्दै गर्दा अधिकांश सभासद बाहिरिसकेका हुन्छन्। 'कतिपय सभासद बैठकमा उपस्थित नै हुँदैनन्,' स्रोतले भन्यो, 'कतिपय हाजिर गर्छन् र बाहिरिहाल्छन्।' कतिपय सभासद भने बैठक सुरु हुँदादेखि अन्त्य नभएसम्म ठाउँ छाड्दैनन्।
शुक्रबार संसदीय समितिका सभापति चयन प्रक्रिया र निर्वाचनका विषयमा सदनमा जानकारी गराउने र कुनै एक समितिबाट अर्को समितिमा जाने सदस्यको नामावली सुनाउने कार्यक्रम थियो। त्यो सँगै 'राष्ट्रिय युवा परिषद विधेयक, २०७१' माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत भयो। नेपाल मजदुर किसान पार्टीका सभासद डिल्लीप्रसाद काफ्लेले गणपुरक नपुगेको भनेर प्रश्न उठाएपछि गणना गर्दा १ सय २९ सभासद मात्र उपस्थित थिए।
त्यसपछि निर्वाचन कार्यतालिका र निर्णयार्थ प्रस्तुत गर्ने प्रस्ताव स्थगित गर्दै सभामुखले बैठक नै सकिएको घोषणा गर्नुपरेको थियो। यस विषयमा सभामुख सुवासचन्द नेम्वाङले पटक–पटक सत्तारूढ दलका नेता र प्रमुख सचेतकको ध्यानाकर्षण नगराएका होइनन्। तर पनि यस्ता प्रक्रिया पटक–पटक दोहोरिएका छन्।
साउन १२ गते पनि स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) विधेयक, २०७१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्ने क्रममा विपक्षी दल एकीकृत माओवादीका सभासद रामनारायण बिडारीले गणपुरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए। उनले प्रश्न उठाएपछि बैठक स्थगित गर्नुपरेको थियो।
साउन २० गते 'बोक्सीसम्बन्धी (कसुर र सजाय) विधेयक, २०७१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेमकिपाकै डिल्लीप्रसाद काफ्लेले गणपुरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए। त्यसबेला पनि सभासदको संख्या गणना गर्दा पुगेन।
सभामुख नेम्वाङले यसलाई 'दुर्भाग्य' भनेका छन्। उनले यसबारे प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेर ध्यानाकर्षण गराउने बताएका छन्। 'यो दुर्भाग्य र सत्तापक्षको कमजोरी हो,' उनले भने, 'दुईतिहाइ बहुमतको सरकारले आफ्नो विधेयक पारित गर्न कोरम नपुग्नु साह्रै बेठिक हो।'
दलहरूका आफ्नै समस्या भए पनि सरकारले ल्याएको विधेयक निर्णयार्थ प्रस्तुत गर्दा कोरम नपुग्नुलाई सभासदहरूकै कमजोरी ठान्छन् कांग्रेस युवा नेता तथा सभासद गगन थापा।
'संसद नियमित चलेका बेला उपस्थिति शतप्रतिशत रहँदैन,' थापाले भने, 'सरकारले ल्याएका विधेयक निर्णयार्थ पेस गर्दा कोरम नपुग्नु हामै्र कमजोरी हो। सरकारलाई मात्र भनेर हुँदैन। सदनमा प्रतिपक्षको अझै बढी भूमिका हुन्छ। तर, विधेयक पारित गराउने सन्दर्भमा सरकार पक्षका दलहरूको भूमिका महत्वपूर्ण हुन्छ। यसमा हामीले ध्यान दिनैपर्छ।'
संसदीय दलको बैठक महिनौं बस्न नसक्दा पनि सभासद र सरकारबीच संवादहीनताको अवस्था आएको थापाको बुझाइ छ। 'कांग्रेस संसदीय दलको बैठक नबसेको महिनौं भयो,' थापाले भने, 'कार्यसमिति छैन। प्रमुख सचेतक मात्र हुनुहुन्छ। दलमा कुनै छलफल नै हुँदैन। दलको बैठक बसेर सभासदको गुनासो सरकारलाई भन्ने र सभासदका समस्या सरकारले सुन्ने अवस्थै छैन। कुनै विधेयक किन ल्याउन खोजेको हो भन्ने पनि जानकारी गराइँदैन। संवाद नै नहुनु मूल समस्या हो।' थापा भने संसद बैठक हुँदा अधिकांश समय बैठक कक्षमै बिताउँछन्।
यस्तै, सकेसम्म बैठक नछुटाउने एमाले युवा नेता तथा सभासद रवीन्द्र अधिकारीले सरकारले ल्याएको विधेयक निर्णयार्थ प्रस्तुत गर्न पनि कोरम नपुग्नु ज्यादै लज्जाजनक भएको बताए। 'यो ज्यादै लज्जाजनक अवस्था हो। हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ,' उनले भने, 'कोही बिहानदेखि बैठक नसकुन्जेलसम्म बस्छन्। कसैलाई संसदको काम–कारबाहीमा ध्यान दिने फुर्सद छैन।'