राष्ट्रियसभा ६१ सदस्यीय हुने
०१ भदौ २०७१
•
७ मिनेट पाठ
राष्ट्रियसभा ६१ सदस्यीय हुने
काठमाडौं- नयाँ संविधान जारी भएपछि गठन हुने राष्ट्रियसभा ६१ सदस्यीय र प्रतिनिधिसभा २ सय ३५ सदस्यीय हुने भएको छ। संविधानभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको विवाद समाधान उपसमितिले आइतबार राष्ट्रियसभामा ६१ जनाको प्रतिनिधित्व रहने सहमति जुटाएको छ। प्रतिनिधिसभाका विषयमा भने यसअघिकै बैठकमा सहमति जुटेको थियो।




राष्ट्रियसभामा ५१ सदस्यीय प्रतिनिधि रहने भन्ने विषयमा दलहरूबीच विवाद थियो। तर, उपसमितिले ३ तहबाट प्रतिनिधित्व हुने गरी ६१ सदस्यीय रहने सहमति जुटाएको हो। त्यसमा छुटेका समुदायबाट १३ र विशिष्ट व्यक्तिबाट १० जनालाई समावेश गराउने सहमति भएको छ। प्रदेशबाट आउने सदस्यको संख्या भने प्रदेश संख्या निर्धारण भएपछि मिलाउने सहमति गरिएको छ। 
संघीय संसदको प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेका अल्पसंख्यक महिला, जाति, भाषिक, धार्मिक, पिछडिएको वर्ग वा समुदायका साथै एकल संक्रमणीय मतका आधारमा प्रतिनिधसभाबाट १३ जना चयन गरिनेछ। त्यसैगरी, राष्ट्रिय जीवनका ख्यातिप्राप्त, विज्ञ, सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका, तर कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेका १० जना (विशिष्ट व्यक्ति) मनोनीत गर्न सकिने विषयमा सहमति जुटेको उपसमितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए। राष्ट्रियसभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ। 
त्यस्तै, प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक प्रणालीमार्फत सदस्य चयन गर्ने सहमति जुटेको छ। प्रतिनिधिसभाका २ सय ३५ सदस्यमध्ये १ सय १७ जना समानुपातिक र १ सय १८ जना प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने सहमति जुटेको उपसमिति सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए।
यसअघि प्रतिनिधिसभाको संख्या २ सय ४५ हुने कि १ सय ५१ भन्ने विषयमा दलहरूबीच विवाद थियो। प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ जनसंख्याका आधारमा महिला, मधेसी, थारु, उत्पीडित जाति, दलित, आदिवासी जनजाति, मुस्लिम, पिछडिएको वर्ग, क्षेत्र, अल्पसंख्यक समुदाय, अन्य समुदायसमेतलाई बन्दसूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष कायम गरिएको छ। तर, देशमा संकटकालीन स्थिति लागू रहेको अवस्थामा एक वर्ष नबढ्ने गरी प्रतिनिधिसभाको कार्यकाल बढाउन सकिनेछ। संकटकालीन अवस्था ६ महिना र त्यसपछि निर्वाचनको समय ६ महिना गरी एक वर्ष थप गर्न सकिने सहमति भएको हो। 
त्यस्तैगरी, सदस्य हुन प्रतिनिधिसभाका लागि २५ र राष्ट्रियसभामा ३५ वर्ष उमेर तोकिएको छ। कुनै पनि व्यक्ति एकपटकमा दुवै सदनको सदस्य हुन नसक्ने विषयमा पनि उपसमितिमा सहमति जुटेको छ। सभामुखको उमेर ३० वर्षभन्दा माथि हुनुपर्नेछ। राष्ट्रियसभाको अध्यक्षता उपराष्ट्रपतिले गर्नेछन्। उपाध्यक्ष भने राष्ट्रियसभाले नै चयन गर्नेछ। अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला अनिवार्य हुनुपर्नेछ।
यस्तै, कुनै पनि अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी संसदको कुनै पनि सदनमा छलफल गर्न पाइने छैन। तर, महाअभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा भने छलफल गर्न सकिनेछ। मन्त्रीले दुवै सदन वा समितिमा उपस्थित हुन र कारबाही गर्न पाउने भए पनि मताधिकार भने आफू सदस्य रहेको सदन र समितिमा मात्र पाउनेछन्।
दुई सदनबीचको कार्यप्रणालीलाई व्यवस्थित गर्न, कुनै विधेयकमा रहेको मतभिन्नता अन्त्य गर्न दुवै सदनको संयुक्त समिति गठन गर्न सक्नेबारेमा पनि सहमति जुटेको छ। संघीय सदनको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेको छ भन्नेमा सन्तुष्ट भए राष्ट्रप्रमुखले अध्यादेश जारी गर्न सक्नेछन्। अध्यादेश जारी भएपछि बसेको संसदको दुवै सदनमा पेस गर्ने र सदनले स्वीकार नगरे स्वतः निष्क्रिय रहने विषयमा पनि सहमति जुटेेको छ। खारेज नभए जारी भएको छ महिना र दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्त्रि्कय हुनेमा पनि सहमति भएको छ। 
प्रदेशसभा भने एक सदनात्मक हुनेछ। प्रदेशसभामा जनसंख्याका आधारमा ३५ सदस्य नबढ्ने गरी प्रतिनिधित्व गर्ने विषयमा सहमति जुटेको उपसमिति सदस्य केसीले जानकारी दिए। प्रदेशसभामा प्रत्यक्ष निर्वाचनबाट १८ र समानुपातिकबाट १७ सदस्य छानिएर आउनेछन्। 
प्रदेशसभाको कार्यकाल पनि पाँच वर्षको हुनेछ। तर, देशमा संकटकालीन अवस्था भए एक वर्षसम्म थप गर्न सकिनेछ। 
उपसमितिले राज्यको पुनःसंरचना र शासकीय स्वरूपबाहेक विभिन्न समितिको प्रतिवेदनमा रहेका असहमतिका विषयमा सहमति जुटाउन बाँकी छ। उपसमितिको म्याद साउन ३० गतेसम्म भए पनि भदौ ७ गतेसम्म थप गरिएको छ। उपसमितिले सोमबारदेखि मौलिक अधिकार र निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा रहेका असहमतिका विषयमा छलफल गर्नेछ। उपसमितिले सहमतिको प्रतिवेदन समितिमा पेस गर्नेछ। उपसमितिमा सबै दलको प्रतिनिधित्व रहेकाले सहमति समितिमा अनुमोदन गर्न सहज हुने एक नेताले बताए।
अर्को समाचार
संघीय संसद् बैठकस्थल तयारी पूरा
१३ फागुन २०७४
•
२ मिनेट पाठ
संघीय संसद् बैठकस्थल तयारी पूरा
काठमाडौं – संघीय संसद्को बैठकस्थलको तयारी लगभग पूरा भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकस्थल तय भएपछि दुई महिना अघिदेखि व्यवस्थापन कार्य सुरु गरिएको थियो । 




राष्ट्रियसभा ५९ सदस्यीय र प्रतिनिधिसभा २७५ सदस्यीय छ । दुवै सदनको संयुक्त बैठक प्रतिनिधिसभाको हलमा बस्ने भएकाले प्रतितिनिसभा र राष्ट्रियसभाका सदस्य संख्यालाई ध्यानमा राखी आवश्यक पर्ने कुर्सीको व्यवस्था गरिएको छ ।  

दुवै सभाको बैठकका लागि आवश्यक कुर्सी मिलाउने, माइक जडान गर्ने काम  सम्पन्न भएको छ। 

‘प्रतिनिधिसभातर्फ कार्पेट बिच्छाउने काम बाँकी छ भने राष्ट्रियसभातर्फ टेलिभिजन जडान गर्ने काम बाँकी रहेको छ,’ संसद् सचिवालयका एक अधिकारीले बताए । । ‘टेण्डरअनुसार टेलिजिन  जोड्ने काम बाँकी रहको छ । कार्पेट राख्ने काम आइतबार नै सम्पन्न हुनेछ,’ उनले भने । उनका अनुसार  टेलिभिजन जोड्ने काम अझै एक महिना लाग्ने संभावना छ  । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको बैठकको प्रत्यक्ष प्रसारका लागि मिडिया सेन्टरमा दुईवटा टेलिभिजन राखिने भएकको छ।

प्रतिनिधिसभाको बैठक व्यवस्थापिका संसद् बैठक बस्ने हलमा बैठक बस्ने छ भने राष्ट्रियसभाको बैठक नुप्से हलमा बैठक बस्ने छ । प्रतिनिधिसभाको बैठक हलका पुराना कुर्सीमा रहेका सेता खोललाई हटाई हल्का नीलो रंगको खोल राखिएको छ भने राष्ट्रियसभाको बैठक बस्ने हलका कुर्सीमा रातो खोल राखिएको छ। 

प्रतिनिधिसभाको निर्वाचन सम्पन्नलगत्तै  संघीय संसद् सचिवालेले दुवै सदनको बैठक बस्न ठाउँको टुंगो लगाई टेण्डर आव्हान गरेको थियो ।  ।  सबै प्रयोजनका लागि संसद् सचिवालयले अर्थमन्त्रालयसँग ३ करोड मागेको छ। 

प्रतिनिधिसभाको र राष्ट्रियसभाको बैठक आगामी फागुन २१ गते बस्दैछ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस