काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरोमा परेकाको उद्दारका लागि सहयोग गर्न सबैसँग अपिल गरेका छन्। उनले देश तथा विदेशमा रहेका सबैलाई आ-आफ्नो स्थानबाट उद्दार, राहत र पुनर्स्थापनामा सघाउन अपिल गरेका हुन्।‘अपार जनधनको क्षति भएको दुःखको यस घडीमा म समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई आफ्नो स्थानबाट उद्दार, राहत र पुनस्थापना कार्यमा जुट्न आग्रह गर्दछु,’ कोइरालाद्वारा जारी अपीलमा भनिएको छ, ‘यो राष्ट्रिय दुःखमा समस्त मानवीय उपकारमा समर्पित सम्पूर्ण राजनीतिक दलहरु, संघ/संस्था, साहु–महाजन, कम्पनी, प्रतिष्ठान, स्वदेशी तथा विदेशी गैरसरकारी संघ संस्था, सरकारी तथा अर्धसरकारी निकायमा कार्यरत समस्त राष्ट्रसेवकहरुलाई यस कार्यमा उदारतापूर्वक सहयोग गर्न पनि आग्रह गर्दछु।‘
सरकारले प्राकृतिक प्रकोप पीडितहरुको उद्दार, राहत वितरण र पुनस्थापनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी, केन्द्रदेखि स्थानीय प्रशासनको समग्र शक्ति लगाइरहेको जनाउँदै सरकारका तर्फबाट गर्नपर्ने सम्पूर्ण कार्य तीब्र पूरा गर्नुका साथै काममा ढिलासुस्ती, अनियमितता र अन्याय हुन नदिन सम्वन्धित सबै निकायलाई निर्देशन दिइसकिएको जनाएका छन्।
‘यस प्राकृतिक विपत्तिबाट नागरिकहरुलाई जोगाउन सरकारले आरम्भ गरेको यस प्रयासलाई सार्थक बनाएर दुःखमा परेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शीघ्रातिशीघ्र सहयोग पुर्याउन स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः अनुरोध गर्दछु,’ अपिलमा भनिएको छ।
प्रधानमन्त्री कोइरालाले बाढी पहिरोमा परी निधन भएकाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।