काठमाडौँ- प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माणलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए।संविधान निर्माणमा देखिएका जटिलतालाई आपसी विश्वासका आधारमा टुङ्गो लगाउने र आपसी छलफल तथा वार्तालाई सघन बनाउने विषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ।
यस्तै, सशस्त्र द्वन्द्वका क्रममा सहिद भएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएकालाई सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत कुनै सुविधाको घोषणा नगरेको भन्दै एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराउनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए।
यस्तै, सिन्धुपाल्चोकका पहिरो पीडित र मुलुकभर बाढी पहिरोका कारण समस्यामा परेका नागरिकलाई राहत र उद्धारलगायतको काममा ढिलाइ भएको भन्दै तत्काल राहतको व्यवस्था गर्न अध्यक्ष दाहालले आग्रह गरेका थिए।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र अध्यक्ष दाहालबीच आजै भेटवार्ता भएको छ। भेटवार्तामा संविधान लेखन प्रक्रिया र राजनीतिक दलहरुको भूमिकालगायतका विषयमा कुराकानी भएको थियो।
यस्तै, सोही अवसरमा व्यवस्थापिका–संसद्का विभिन्न समितिको यही भदौ ४ गतेका लागि तोकिएको निर्वाचनलगायतका विषयमा कुराकानी भएको बताइएको छ।