बाढीमा ‘विपक्षी रोल'
०२ भदौ २०७१
•
११ मिनेट पाठ
बाढीमा ‘विपक्षी रोल'
काठमाडौं-संसदमा विपक्षी नेता एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘संकटकाल लगाएर भए पनि तत्काल बाढीपहिरो पीडितको द्रुत उद्धार र राहत कार्यक्रम दिन' सरकारलाई दबाब दिएका छन्।सोमबार बैठक सुरु हुनासाथ संसदमा बोल्दै नेता दाहालले प्रकोपपीडितको उद्धार, क्षतिपूर्ति र राहत कार्यक्रममा सरकारी भूमिकाप्रति असन्तुष्टि जनाउँदै तत्काल कार्यक्रम नल्याए संसद चल्नै नदिने चेतावनी दिएका हुन्। दाहालको जवाफ दिँदै गृहमन्त्री वामदेव गौतमले बाढीपहिरोलगायत प्रकोपको उद्धार, राहत, क्षतिपूर्ति र न्यूनीकरणका दीर्घकालीन योजना निर्माण र कार्यान्वयन गर्न तत्कालै उच्चस्तरीय समिति गठन गर्ने आश्वासन दिएका छन्।
यस्तो समिति प्रधानमन्त्रीको अध्यक्षतामा रहने र विपक्षी दलका नेताको समेत प्रतिनिधित्व रहने जानकारी दिँदै उनले बाढीपहिरो गएका क्षेत्रको अनुगमन र योजना कार्यान्वयनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरे।
‘बाढीपहिरोले देशभर पुर्यागएको जनधन क्षतिको मूल्यांकन, उद्धार र राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन एवं प्रकोप न्यूनीकरणको दीर्घकालीन योजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिनेछ,' दाहालले राखेका माग सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री गौतमले संसदमा भने। 
दाहालले बाढीपहिरोमा परेकाको उद्धार र राहत तथा दीर्घकालीन कार्ययोजनाका सम्बन्धमा सरकारको ठोस जवाफ नआए सदनको कामकारबाही चल्न नदिने घोषणा गरेका थिए। विपक्षी दलको अवरोधपछि प्रधानमन्त्री सुशील कोइरालाले दाहालसहित विपक्षी दलका नेता अन्य नेतासँग छलफल गरेका थिए। 
उक्त छलफलमा दाहालले ‘देशमा संकटकाल लगाएर भए पनि दु्रत राहत र उद्धार उपलब्ध गराउन' माग गरेका थिए। वार्ताममा रहेका सत्तारुढ दलका नेताले भने ‘संकटकाल लगाउन संसद भंग गर्नुपर्ने र जनताका हकअधिकार खोसिने' भन्दै प्रस्ताव अस्वीकार गरेको स्रोतले बतायो। त्यही वार्ता क्रममा प्रधानमन्त्री कोइरालाले विपक्षीले उठाएका माग सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएपछि संसद चल्न दिइएको थियो।
त्यसलगत्तै गौतमले संसदलाई सम्बोधन गरेका थिए। ‘मुलुक बाढीपहिरोका कारण राष्ट्रिय विपदको अवस्थाबाट गुजि्ररहेको छ। सिन्धुपाल्चोक, दोलखा, संखुवासभा र मध्यतराईका सिराहा, महोत्तरीसहित सुर्खेत, बर्दिया, बाँके, जाजरकोट, दाङ र गोरखालगायत जिल्लामा बाढीपहिरोको प्रकोप बढी देखिएको छ,' उनले भने।
बाढीपहिरोले ती जिल्लामा सडक, विद्युत, खानेपानी, स्वास्थ्य संस्था, सञ्चारलगायतमा क्षति पुगेको गौतमले जानकारी दिए। ‘२४ जिल्लामा साउन महिनामा मात्रै १ सय ४२ जनाको मृत्यु भएको छ,' गौतमले संसदलाई जानकारी गराउँदै भने, ‘८२ घाइते भएका छन् भने २ सय ५३ जना हराइरहेको अवस्था छ। १२ हजार ७ सय ५० विस्थापित भएका छन्। सरकारले आफ्नो क्षमताले भ्याएसम्म उद्धार र राहत वितरणको काम जारी राखेको छ।'
उपप्रधानमन्त्री गौतमले यस्तो घडीमा विपदमा परेका नागरिकलाई राहत पुर्यारउन प्रतिपक्षी दलका नेता, नागरिक समाज र निजी क्षेत्रसमेतको एकीकृत प्रयासको खाँचो महसुस भएको बताए।
दाहालले केही वर्षदेखि देखिएको विपद व्यवस्थापनमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्न नसके नेपाल मात्र नभई मानव जातिकै लागि घातक हुने चेतावनी दिएका थिए। उनले वर्तमान सरकार सुस्त मनस्थितिको जस्तो भएकाले राहत कार्यक्रम ल्याउन नसकेको आलोचनासमेत गरेका थिए।
समग्र नेपालको भूगर्भीय अध्ययन गरेर बस्न नहुने क्षेत्रका जनतालाई उचित व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उनको जिकिर थियो। दाहालले ‘ग्लोबल वार्मिङ' को असरले पनि नेपालमा बढी समस्या देखिएको भन्दै यसको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघसहित ठूला शक्तिराष्ट्रहरूको सहयोगमा अभियान थाल्नुपर्ने धारणा राखेका थिए।
‘नेपालमा केही वर्षयता विपद पनि फरक तरिकाले भएको छ,' दाहालले भने, ‘यो ग्लोबल वार्मिङको असर हो। यसको गम्भीर अध्ययन र अनुसन्धान हुनु जरुरी छ। नेपालमा राज्य तर्फबाट पहल गरेर अन्तर्राष्ट्रिय समुदाय, राष्ट्रसंघसहित ठूला शक्तिराष्ट्रहरूसँग छलफल गर्ने अभियान अहिलेदेखि नै थालिएन भने हामी हिमालय पर्वत शृंखलामा भएका कारण नेपाललाई तत्कालीन क्षति त पुग्ला, तर भारत, चीन र विश्व समुदाय पनि यसबाट अछुतो रहन सक्नेछैन।'
सरकारले यसलाई गम्भीर रूपमा नलिई औपचारिक अर्थमा मात्रै लिए अझै भयावह अवस्था आउने दाहालको चेतावनी थियो। उनले यसका लागि सबैले सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताए। ‘राज्य, हामी सबै र सम्पूर्ण नेपालीको यो विषयमा ध्यानाकर्षण हुनु जरुरी छ,' दाहालले भने।
उनले मुलुकमा बढ्दो मरुभूमीकरणका कारण पनि हिमाल, पहाड र तराईमा समस्या देखिएको भन्दै प्राकृतिक विपदको सामना गर्न देशभरको भूगर्भशास्त्रीय अध्ययन जरुरी रहेको बताए। उनले त्यसका आधारमा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानान्तरण कार्यक्रम सँगसँगै अघि बढाउनुपर्ने दीर्घकालीन योजना सुनाए। 
‘नेपालको भू–बनोट र यसमा हुने गरेका प्राकृतिक विपद सामना गर्न भूगर्भशास्त्रीय अध्ययन जरुरी छ,' दाहालले भने, ‘पहिला प्रारम्भिक रूपमा भएका अध्ययन र निष्कर्षले पहाड र तराईका केही जिल्ला जोखिमयुक्त भनेर भनिएको थुप्रै रिपोर्ट सरकारका दराजमा थन्किएका छन्। फेरि पनि अध्ययन गरेर जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिनुपर्छ।' दाहालले सरकारको जनशक्तिले नपुगे छिमेकी र अन्तर्राष्ट्रिय स्तरमा आग्रह गरेर भए पनि तत्काल भूगर्भीय अध्ययन आवश्यक रहेको बताए। त्यसपछि जोखिमयुक्त भनिएका क्षेत्रबाट जनतालाई सुरक्षित बासस्थानमा स्थानान्तरण गर्न गृहकार्य थाल्नुपर्ने उनले धारणा राखे।
‘नेपाल हिमाल, पहाड र तराईले बनेको हुँदा राज्य तर्फबाट गम्भीर रूपले योजना बनाएर लाग्नुपर्छ। हामीसँग भएको जनशक्तिले पुग्दैन भने छिमेकी र अन्तर्राष्ट्रिय स्तरमा प्राविधिक सहयोग मागेर भूगर्भशास्त्रीय अध्ययन देशैभरि गर्नुपर्छ,' दाहालले भने, ‘जोखिमयुक्त स्थान पहिचान गरेर कहाँ स्थानान्तरण गर्नुपर्ने हो र कहाँ बस्नुपर्ने हो भन्ने यकिन गर्नुपर्छ। पटक–पटक आउने गरेको समस्या व्यवस्थापन गर्न नसके अहिले बरदान साबित भएको प्रकृति अभिसाप हुन सक्छ।' 
बेलैमा ध्यान दिएर आफूले भनेबमोजिम काम गर्न नसके यस्ता घटना/परिघटना दोहोरिरहने दाहालको भनाइ थियो। ‘हामीले ध्यान दिन सकेनौं भने यस्ता खालका घटना भइरहने, क्षति भइरहने, हामीले दुःख व्यक्त गरिरहने, सरकार हेलिकप्टर लिएर घुमिरहने र श्रद्धाञ्जलि व्यक्त गर्नेबाहेक केही गर्न सकिँदैन,' संसदमा उनले भने, ‘सरकारलाई अविलम्ब भूगर्भशास्त्रीय अध्ययन गर्ने, विगतको समीक्षा गर्ने र आउने दिनमा यो रोकथाम गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पहल थाल्न आग्रह गर्छु।'
यो ३ करोड नेपालीको मात्रै सरोकारको विषय नभएको बताउँदै दाहालले भने, ‘यो मानवजातिकै लागि चुनौती हो। हामी कामचलाउ तरिकाले जाँदा कसैलाई बचाउन सकिँदैन।'


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस