काठमाडौं-देशभरि बाढीपहिरोले प्रभाव पारेपछि सांसदहरू संसदीय काम छाडेर जिल्ला जाने भएका छन्। विपक्षी दलका नेताहरूले सोमबारको बैठकमा ‘यस्तो विपद बेला जनताका प्रतिनिधि जनतासँगै रहँदा राम्रो हुनेु भन्दै आवाज उठाएका थिए। त्यसपछि सभामुख सुवासचन्द्र नेम्वाङले ‘संविधान निर्माणको कामलाई असर नपर्ने गरी जिल्ला जानु भन्दै कार्यसूचीमा रहेका विषय हटाएर एक साताका लागि संसद बैठक स्थगित गरेका छन्।सिन्धुपाल्चोक, दोलखा, संखुवासभा, सिरहा, महोत्तरी, सुर्खेत, बर्दिया, बाँके, जाजरकोट, दाङ, गोरखालगायत २४ जिल्ला बाढीपहिरोका कारण बढी प्रभावित छन्। यी जिल्लाका सांसदले आफ्नो क्षेत्रमा पर्याप्त राहत कार्यक्रम नपुगेको भन्दै गुनासो गर्दै आएका छन्।
‘संविधान निर्माण प्रक्रियालाई असर नपर्ने गरी संवाद समितिका सभापति बाबुराम भट्टराईसहित प्रमुख दलका नेतासँगको छलफलपछि संसद एक साताका लागि स्थगित गरिएको छ। नेम्वाङले पत्रकारहरूसँग भने, ‘सकेसम्म संवाद समितिमा रहेका सभासदहरू नजाने कुरा भएको छ।
उनले कार्यतालिकालाई ध्यानमा राखेर संविधान निर्माणको काममा लाग्न पनि सभासदहरूसँग आग्रह गरेका छन्।
‘प्रमुख दलका नेता पनि संविधान निर्माणलाई असर नपर्ने गरी सभासदलाई जिल्ला पठाउने विषयमा सहमत हुनुहुन्छ, उनले भने,’कार्यसूचीमा रहेको प्रक्रिया ९ गतेपछि अघि बढ्छ।
संसदीय समितिका सभापति चयन र विभिन्न मन्त्रालयका लागि विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो। संसदीय समितिका सभापति निर्वाचन प्रक्रिया पनि भदौ ९ गतेपछि अघि बढाइने भएको छ।
संविधानसभा अध्यक्ष नेम्वाङले संविधान निर्माणमा ध्यानकेन्द्रित गर्न आग्रह गर्दै प्रधानमन्त्री सुशील कोइराला र विपक्षी दलका नेता पुष्पकमल दाहालसँग भेट गरेका छन्। सोमबार भएका छुट्टाछुट्टै भेटमा दुवै नेता समयमा संविधान निर्माणमा प्रतिबद्ध देखिएको नेम्वाङको भनाइ थियो।
‘मेरो स्वास्थ्य अवस्था अहिले राम्रो छ, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेम्वाङले भने, ‘म अब बाँकी रहेका सबै काम पूरा गर्छु।
संविधान निर्माण माघ ८ भित्रै पूरा गर्नुपर्ने भएकाले सरकारले आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो। अध्यक्ष नेम्वाङले सरकारको काम वातावरण बनाइदिने भएकाले संविधानसभा भित्र र बाहिरका दलबीच वार्ता गरी समयमा समस्या समाधान गरिदिन आग्रह गरेका थिए।
यसैबीच एमाओवादी अध्यक्ष दाहालले पनि पार्टीभित्र देखिएको विवाद सामान्य भएको बताउँदै संविधान निर्माणमा कुनै असर नपर्ने प्रतिबद्धता दोहोर्या एका छन्। ‘माघ ८ भित्र संविधान जारी गर्नैपर्छ, दाहालले नेम्वाङसँगको भेटमा भनेका थिए, ‘हाम्रो पार्टीमा बेला–बेला यस्ता सामान्य विवाद आइरहन्छन्, तर यसले संविधान निर्माणमा कुनै असर पुर्यारउँदैन। ढुक्क भए हुन्छ।
उनले संविधान निर्माणमा बाधा उत्पन्न नहुने भएकाले अब सबै ध्यान त्यसैमा केन्द्रित गर्नुपर्ने बताएका थिए। नेम्वाङले आइतबार एमाले अध्यक्ष केपी ओलीसँग पनि भेट गरी संविधान निर्माणमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए।