काठमाडौं-एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले राज्य पुनर्संरचनामा नेपाली कांग्रेस र नेकपा एमाले लचिलो भए शासकीय प्रणालीमा आफ्नो दल लचिलो हुने बताएका छन्।अघिल्लो संविधानसभामा झैं अहिले पनि राज्य पुनर्संरचना (संघीयता), शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरूबीच सहमति नजुटेको बताउँदै दाहालले आफूहरू राज्य पुनर्संरचना र शासकीय स्वरुपमा लेनदेन गर्न तयार रहेको संकेत दिए।
‘राज्य पुनर्संरचना (संघीयता) मा कांग्रेस र एमालेलगायत दल लचिलो भएर आउँछन् भने हामी पनि शासकीय स्वरुपमा बीचको बाटो खोज्न तयार छौं,' दाहालले मंगलबार लाजिम्पाटस्थित निवासमा सञ्चारकर्मीसँग भने। शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने कि व्यवस्थापिका संसदले चुनेको प्रधानमन्त्री कार्यकारी हुने वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने भन्नेमा दलहरूबीच विवाद छ। दाहालले ‘बीचको बाटो' कुन हो, त्यो भने खुलाएनन्।
‘अहिले पनि संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरूबीच सैद्धान्तिक मतभेद कायमै छ,' उनले भने, ‘अहिले त विगतमा भएका सहमतिको स्वामित्व ग्रहण गर्ने कार्य मात्रै भइरहेको छ।' संविधान निर्माणमा सबैभन्दा मुख्य समस्या नै सैद्धान्तिक असहमति रहेको बताउँदै दाहालले थपे, ‘अझै पनि राज्य पुनर्संरचना, शासकीय प्रणाली, न्याय प्रणाली र निर्वाचन प्रणाली कस्तो हुने भन्ने प्रिन्सिपलमै मतभेद छ।'
एमाओवादी र तराई–मधेसकेन्द्रित दलले विगतमा भएका सहमतिको आधारमै संघीय संरचना निर्माणमा जोड गर्ने दाहालले बताए। ‘राज्य पुनर्संरचना समिति, आयोग र दलहरूबीचका सहमति टेकेर नै संघीयतामा जानुपर्छ, त्यसभन्दा बाहिरबाट आउने कुनै पनि प्रस्ताव स्विकार्य छैन,' दाहालले भने, ‘२०६९ जेठ २ गते भएको सहमतिअनुसारको ११ प्रदेश फेल भइसकेको छ, अहिले फेरि ५ र ७ प्रदेशका कुरा आएका छन्, ती कुनै पनि किमार्थ स्वीकार्य छैन।' पुनर्संरचना भुगोलका आधारमा गर्ने कि पहिचानका आधारमा भन्ने दुइटा सैद्धान्तिक लडाइँ कायमै रहेको दाहालले बताए।
अध्यक्ष दाहालले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली असफल भएकाले ‘बहु–सदस्य प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली' मा जानुपर्ने पनि बताए।
एमाओवादीले अघिल्लो संविधानसभामा पनि यही प्रस्ताव ल्याएको थियो। ‘विगतको अभ्यास हेर्दा प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली दुवै असफल भए,' दाहालले भने, ‘त्यसैले अब बहुसदस्य प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणालीमा जानु सबैभन्दा उचित र उपयुक्त हुने मैले देखेको छु।'
महिला, पुरुष, आदिवासी/जनजाति, मधेसी, मुस्लिम तथा अल्संख्यकहरूलाई निश्चित कोटा निर्धारण गरेर उक्त प्रणालीमा जान सकिने भन्दै त्यसलाई छलफलमा लैजान लागेको पनि उनले जनाए।
उनले विगतका असहमतिमा प्रवेश गर्नेबित्तिकै संविधान निर्माण नहुने खतरा देखिने औंल्याए।
‘विगतमा जुन विषयमा असहमति देखिएको थियो, त्यसमा छलफल नै भएको छैन, त्यसमा छलफल सुरु भयो र दलहरूबीच सहमति हुन सकेन भने फेरि पनि संविधान निर्माण नहुने खतरा बढ्छ,' दाहालले भने।
विगतका सहमतिभन्दा फरक कोणबाट प्रस्ताव ल्याइनु ‘देशमा डढेलो लगाउनेबाहेक अरू कुरा हुन नसक्ने' दाहालको टिप्पणी छ।
संविधान निर्माणका लागि प्रमुख दलबीच उच्चस्तरीय सम्बन्ध र सहमति हुनु अनिवार्य भएको दाहालले जोड दिए। ‘अहिले जसरी अंकगणितको हिसाबमा संविधान बनाउने प्रयास भइरहेको देखिन्छ, त्यसले संविधान त बन्ला पनि,' दाहालले प्रस्ट्याउन खोजे, ‘तर त्यसरी निर्माण भएको संविधान सबैलाई स्वीकार्य भएन भने के होला? त्यसैले संविधान निमार्णमा प्रमुख दलबीच उच्चस्तरीय सहमति आवश्यक छ।'
उच्चस्तरीय सहमतिका लागि उच्चस्तरीय समिति निर्माणमा एमाओवादीले जोड दिँदै आएको पनि दाहालले स्मरण गराए।
उनले अग्रगामी तथा प्रगतिशील संविधान निर्माण हुनेमा भने शंका रहेको बताए।
‘अंकगणितअनुसार संविधान निर्माण गर्ने प्रयास गर्दा कतै अग्रगामी र प्रगतिशील संविधान पो बन्दैन कि भन्ने आंशका हामीलाई छ, त्यसैले दबाब दिन मोर्चाबन्दी गरेका हौं,' दाहालले भने। उनले संविधान निर्माणका लागि निरन्तर खबरदारी आवश्यक रहेको बताए।
संविधान निर्माणका लागि सहमतिको आधार बनाउन माओवादी ‘शास्त्रीय प्रतिपक्ष'को भूमिकामा नदेखिएको उनले बताए। ‘सत्तापक्ष र प्रतिपक्षको भूमिका शास्त्रीय छैन, किनकि हामी संविधान निर्माणजस्तो ऐतिहासिक कालखण्डमा छौं, यतिखेर मुख्य ध्यान संविधान निर्माणमा हुनुपर्छ भनेर हामी चर्को नभएका हौं,' उनले भने। पार्टीभित्रको आन्तरिक कलहका कारण र प्रतिपक्षमा हुनुपर्ने गुण अनुशरण गर्न नसकेको भने दाहालले स्विकारे।
तत्कालका लागि ‘सरकार गिराउने र नयाँ बनाउने' खेलमा माओवादी नलाग्ने दाहालको भनाइ छ। ‘एमाओवादी अहिले सरकार गिराउने र नयाँ बनाउने खेलमा सामेल छैन र हुँदैन, यो कुरामा पहिला प्रस्ट भए हुन्छ,' दाहालले भने, ‘र, यदि प्रधानमन्त्री कोइरालाको स्वास्थ्यका कारण अर्को स्थिति उत्पन्न भएमा भने बहुमतको होइन, राष्ट्रिय सहमतिको सरकार बनाउनचाहिँ एमाओवादीले जोड गर्नेछ।'
प्रधानमन्त्री कोइराला अस्वस्थ हँुदा राज्यसञ्चालन र निर्णय प्रक्रियामा असहज स्थिति देखिएको महसुस आफूले गरेको पनि दाहालले सुनाए। ‘प्रधानमन्त्रीको स्वास्थ्य र स्वभावले गर्दा कतिपय निर्णय हुन सकेका छैनन्। जुन गतिमा देश अघि बढ्नुपर्थ्यो, त्यो बढ्न नसकेको चाहिँ पक्कै हो।' उनले ‘बोल्दा पुग्ने विषय' मा पनि प्रधानमन्त्री मौन बस्दा धेरैजसो निर्णय प्रक्रिया जटिल बनिरहेको टिप्पणी गरे।