काठमाडौं-संवैधानिक निकायका पदाधिकारी, न्यायाधीश र सैनिकले पदमा रहँदा गरेका भ्रष्टाचारबारे उनीहरुको अवकाशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने भएको छ।संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत विवाद समाधान उपसमितिको मंगलबार बसेको बैठकमा अख्तियारलाई बलियो बनाउँदै संवैधानिक निकायका पदाधिकारी, न्यायाधीश र सैनिकले पदमा रहँदा गरेका भ्रष्टाचार मुद्दासमेत तिनको अवकाशपछि हेर्न पाउने संवैधानिक व्यवस्था गर्ने सहमति जुटेको हो।
उपसमितिका संयोजक लक्ष्मणलाल कर्णका अनुसार यसअघि अख्तियारको क्षेत्राधिकारबाहिर रहेका विषयमा अब के गर्ने भन्ने विषयमा लामो छलफल भएको थियो। अख्तियारलाई संवैधानिक निकायका पदाधिकारी, न्यायाधीश र सैनिकले गरेका भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्न अधिकार हालसम्म दिइएको छैन।
त्यसैगरी, आयोगले भ्रष्टाचारको कसुरमा कुनै पनि व्यक्तिउपर महान्यायाधिवक्ताको राय लिनुपर्ने वा नपर्ने भन्ने विषयमा रहेको विवाद पनि सकिएको छ। नयाँ संविधानमा अख्तियारले भ्रष्टाचारका कुनै पनि कसुरमा महान्यायाधिवक्ताको राय लिनु नपर्ने व्यवस्था गर्ने गरी सहमति जुटेको कर्णले जानकारी दिए।
‘सार्वजनिक पदधारण गरेको कुनै पनि व्यक्तिले कानुनबमोजिम भ्रष्टाचार मानिने कुनै पनि काम गरेको देखिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता व्यक्तिउपर कानुनबमोजिम अधिकारप्राप्त अदालतमा महान्यायाधिवक्ताको राय लिएर मुद्दा दायर गर्न वा गराउन सक्ने' व्यवस्थामा प्रमुख दलबीच मतैक्य थिएन।
उपसमितिले संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ हुने गरी सबै आयोगलाई संसदप्रति उत्तरदायी बनाउने व्यवस्था राख्नसमेत सुझाएको छ। अख्तियारमा पदाधिकारी चयन समानुपातिक र समावेशी आधारमा हुनुपर्नेमा पनि सहमति कायम भएको छ। यसअघि प्रमुख आयुक्त र दुई आयुक्त रहने व्यवस्थामा दलहरुबीच छलफल भए पनि अब पाँच सदस्यीय पदाधिकारी रहने विषयमा सहमति भएको कर्णले जानकारी दिए।
संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले प्रमुख आयुक्त र अन्य आयुक्तको नियुक्ति गर्नेछन्। यदि कार्यकारी प्रमुखले नियुक्त गर्नुपर्ने अवस्थामा व्यवस्थापिका सभाले अनुमोदन गर्नुपर्ने विकल्प पनि कायमै राखिएको छ।
यसअघि उपसमितिको बैठकले मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा रहेका असहमतिका विषयमा पनि सहमति कायम गरेको थियो। त्यसमा प्रत्येक नागरिकलाई प्रचलित कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने व्यवस्था गरिएको छ।