विराटनगर- सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानसभामा मनोनित हुन बाँकी २६ सभासद्को टुङ्गो लगाउन सरकारले दलहरूसँग छलफल गरिरहेको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले विराटनगरस्थित आफ्नै निवासमा आज बिहान पार्टी कार्यकर्तासँगको संक्षिप्त भेटमा संविधानसभामा रहेका सबै दलको सहमतिमा सभासद्को टुङ्गो लगाइने बताए।
मन्त्री रिजालले संविधानसभाको विवादित विषयमा सहमति कायम गर्न सरकारले संसदभित्र तथा बाहिर रहेका दलहरूसँग वार्ता प्रक्रिया सुरु गरिसकेको जानकारी दिए।
उनले अहिलेको आवश्यकता भनेको साझा स्वामित्वको संविधान निर्माण गर्नु रहेकाले अन्य विषयमा अल्झेर समय खेर फाल्न नहुने धारणा व्यक्त गरे।
सञ्चारमन्त्री डा. रिजालले निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनका लागि ग्रामीण क्षेत्रमा बसोवास गरिरहेका गरिब, निमुखा एवम् पिछडिएका जनताको पक्षमा कार्य गर्न कार्यकर्तालाई आह्वानसमेत गरे।