काठमाडौं - एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराई पक्षधरले काठमाडौं जिल्ला समानान्तर समिति घोषणा गरेको छ। काठमाडौं जिल्ला सम्मेलनको नाममा सो समानान्तर समिति घोषणा भएको हो।पत्रकार सम्मेलन गरी आज वसेको जिल्ला कमिटी वैठकले अध्यक्षमा महेन्द्र श्रेष्ठ र उपाध्यक्षमा हिमाल शर्मा चयन गरेको जानकारी गराईयो। जिल्ला कमिटी बैठकमा ५१ जनाको उपस्थिति रहेको पत्रकार सम्मेलनमा नव-निर्वाचित अध्यक्ष श्रेष्ठले बताए।
एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षबीच सहमति हुन नसक्दा जिल्ला जिल्लामा समानान्तर समिति निर्माण हुने क्रम जारी छ। करिब दुई दर्जन जिल्लामा समानान्तर समिति निर्माण भए सकेको छ।
पदको टेन्डर हालेर जसरी पार्टी विभाजन गराउने उदेश्य सहित समानान्तर कमिटी घोषणा गर्न लागिएको छ, त्यो गलत छ,' एनेकपा माओवादी काठमाडौं अध्यक्ष हिमाल शर्माले प्रतिकृया दिँदै भने, 'त्यो कमिटी आधिकारिक हुनेछैन।'
गत असारमा १५ गते शर्मा अध्यक्षमा चयन भएका थिए भने महेन्द्र श्रेष्ठ उपाध्यक्षमा चयन भएका थिए।