‘सुशासन समितिको क्षेत्राधिकार सबै मन्त्रालय हुनुपर्छ’
०४ भदौ २०७१
•
६ मिनेट पाठ
‘सुशासन समितिको क्षेत्राधिकार सबै मन्त्रालय हुनुपर्छ’
काठमाडौं-व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले सबै मन्त्रालय, विभाग तथा सार्वजनिक निकायमा भएको भ्रष्टाचार, पारदर्शिता, अनियमितता र ढिलासुस्तीका विषय आफ्नो क्षेत्राधिकार हुनुपर्ने माग गरेको छ।नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मात्र सुशासन तथा अनुगमन समितिको क्षेत्राधिकारमा पर्ने भनेर उल्लेख भए पनि अहिलेसम्म यो विषय टुंगो लागेको छैन। 
सुशासन समितिको क्षेत्राधिकारसम्बन्धी अध्ययन गर्न मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा गठित उपसमितिले समितिको पूर्ण बैठकमा बुझाएको प्रतिवेदनमा समितिको क्षेत्राधिकार कम भएको भन्दै सबै मन्त्रालयको अनियमिता हेर्न पाउनुपर्ने माग गरेको हो। 
देशको शासन व्यवस्था तथा सार्वजनिक प्रशासनमा भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता, पारदर्शिता, अधिकारको विकेन्द्रीकरण, समता र समावेशीकरण, विधिको शासन, सहभागिता र सहमतिमूलक कार्य गरी आमजनताको चाहनाबमोजिम जनमुखी शासन सञ्चालन गर्ने जिम्मेवारी सरकारको भएकाले सरकारलाई जनउत्तरदायी बनाउन सुशासन तथा अनुगमन समितिको महत्वपूर्ण भूमिका रहेको प्रतिवेदनमा उल्लेख छ। 
प्रतिवेदनमा उल्लेख भएबमोजिम क्षेत्राधिकार ग्रहण गर्न, सुशासन तथा अनुगमन कार्य वस्तुपरक ढंगले सम्पादन गरी समितिको कार्यलाई प्रभावकारी बनाउन समितिले ठोस कार्ययोजना र कार्यविधि निर्माण गरी अघि बढ्नुपर्ने निष्कर्ष उपसमितिको छ।
उपसमितिले बुझाएको प्रतिवेदनमा निजामती तथा सबै सरकारी प्रशासन र सेवासँग आबद्ध सबै विषय, मन्त्रालय, विभाग तथा सार्वजनिक निकायले नागरिक तथा सर्वसाधारणमा दिनुपर्ने सेवा, भ्रष्टाचार, पारदर्शिता, निष्पक्षता, समन्याय तथा समावेशीकरण, नियमिततासम्बन्धी प्रश्न र ढिलासुस्ती तथा जुनसुकै अनावश्यक हैरानीसम्बन्धी विषय समितिको क्षेत्राधिकारभित्र पर्नुपर्ने माग गरिएको छ। जबकि, नियमावलीमा मन्त्रालयको विषयगत आधारमा यो कार्य विभिन्न समितिको क्षेत्राधिकारभित्र परेको छ। 
उपसमितिले प्रतिवेदन बुधबार समितिको पूर्ण बैठकमा पेस गरेको समिति सचिव जीवराज बुढाथोकीले जानकारी दिए। त्यसैगरी, सम्पूर्ण मन्त्रालय, विभाग तथा सार्वजनिक निकायले नागरिक तथा सर्वसाधारण सबैमा दिनुपर्ने सेवामा निर्णय तथा अधिकार केन्द्रीकरण, अधिकार दुरुपयोग, गैरजिम्मेवारी र सार्वजनिक जवाफदेही नरहेको भन्ने विषय, संविधान तथा ऐन–कानुन बर्खिलाप भएका सबै प्रशासनिक निर्णयको अध्ययन, जाँचबुझ र निर्देशनका विषय पनि आफ्नो क्षेत्राधिकारमा पर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
सार्वजनिक सेवामा जनचेतना, सुसूचित हुने सर्वसाधारणको अधिकार र जनमत संकलनसम्बन्धी विषयमा संसदीय सुनुवाइ र अन्य सम्बद्ध विषय, सार्वजनिक सेवामा सरकारी खर्च, भ्रष्टाचार तथा अन्य अपराध, सर्वसाधारणले प्राप्त गरेका सेवा, कर्मचारीको बसाइँसराइसम्बन्धी विविध विषयको अध्ययन र तथ्यांक सम्बन्धी विषय, सार्वजनिक प्रशासनमा भविष्यको सोच, अध्ययन तथा सम्बन्धित विषय पनि क्षेत्राधिकारभित्र पर्ने उल्लेख छ। 
समितिले माग गरेबमोजिम क्षेत्राधिकारका लागि नियमावली नै संशोधन गर्नुपर्ने हुन्छ। नियमावलीमा प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मात्र परेको भन्दै समितिले अहिलेसम्म कुनै पनि काम अघि बढाएको छैन। समितिले प्रतिवेदनमाथि छलफल गरेर नियमावली संशोधनका लागि सभामुख सुवासचन्द्र नेम्वाङसँग छलफल गर्ने तयारी गरेको छ। समितिमा प्रमुख दलका सबैजसो शीर्ष नेता सदस्य रहेका छन्। 
संविधानसभा निर्वाचन भएको ९ महिनासम्म पनि समितिले कुनै काम अघि बढाउन नसकी क्षेत्राधिकारमै अल्भि्कएपछि उपसमिति गठन गरिएको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस