‘प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली'
०५ भदौ २०७१
•
७ मिनेट पाठ
‘प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली'
काठमाडौं-संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई युवा नेताले प्रतिनिधिसभामा प्रत्यक्ष र राष्ट्रियसभामा समानुपातिक निर्वाचन प्रणाली लागु गर्न सुझाव दिएका छन्।समितिले संविधानमा समावेश गर्नुपर्ने विषयमाथि सुझाव लिने क्रममा बिहीबार विभिन्न राजनीतिक दलका युवा नेतासँग भएको छलफलमा प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट मात्र चयन हुनुपर्ने धारणा आएको हो। 
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रत्यक्ष निर्वाचितहरूको प्रतिनिधिसभा र समानुपातिकको राष्ट्रियसभा हुनुपर्ने सुझाव दिँदै संविधानसभाबाट संविधान जारी गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका थिए। उनले संविधानका अन्तर्वस्तुमा लेनदेन गर्दा राष्ट्रिय हितलाई ख्याल गर्नुपर्ने धारणा राखेका थिए। 
नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले पनि प्रतिनिधिसभामा सबै प्रत्यक्ष निर्वाचितमात्र हुनुपर्ने बताउँदै त्यहीअनुसारको व्यवस्था गर्न सुझाव दिएका थिए। प्रत्यक्ष निर्वाचितहरूको मात्र प्रतिनिधित्व हुँदा संसदको गरिमा बढ्ने उनको तर्क थियो। उनले तोकिएको समयमा जसरी पनि संविधान जारी गर्नुको विकल्प नभएकाले शीर्ष नेताले त्यसमै ध्यान दिनुपर्ने बताए। 
एकीकृत नेकपा माओवादीका नेता प्रभु साहले नेपालको अस्थिरता सम्बोधन गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने सुझाव दिए। ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति निरंकुश हुँदैनन्,' उनले भने, ‘किनभने, त्यसको कार्यकाल दुईपटकको मात्र बनाउनुपर्छ।' 
तमलोपाका नेता जितेन्द्र सोनलले दलहरूले विगतबाट पाठ सिक्दै आ–आफ्नो अडान छाडनुपर्नेमा जोड दिए। नेमपकिपाकी नेतृ अनुराधा थापाले अहिलेसम्म युवाहरूलाई राजनीतिक दलहरूले भर्यापङ बनाइरहेको भन्दै अब युवाका लागि रोजगारी र बेरोजगारी भत्ताको व्यवस्था संविधानमै उल्लेख गर्नुपर्ने सुझाव दिइन्। 
मधेसी बुद्धिजीवीहरूले भने मधेसलाई हेर्ने दृष्टिकोण आगामी संविधानमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले आफूहरू नेपाली भए पनि भारतीय भनेर हेर्ने सोच परिवर्तन गर्नुपर्ने बताएका थिए। उनीहरूले संविधान सबैको साझा दस्तावेज भएकाले भोटिङमा गए त्यसले नराम्रो परिणाम ल्याउने बताएका थिए।
शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री भए मधेसबाट कोही पनि राष्ट्रपति र प्रधानमन्त्री हुन नसक्ने भन्दै संसदबाट निर्वाचित नै हुनुपर्ने सुझाव दिएका थिए। यसरी सुझाव दिनेमा सिके लाल, सरेन्द्रकुमार महतो, विजयलाल कर्ण, उमा शंकरलगायत थिए। सिके राउतले भने राज्यले कुनै क्षेत्रमा बढी उपेक्षा गरे त्यो क्षेत्रको छुट्टिन पाउने अधिकार संविधानमै सुनिश्चित गर्न आग्रह गरेका थिए। 
यसअघि समिति सभापति बाबुराम भट्टराईले विश्वप्रकाश भण्डारी, श्याम श्रेष्ठ, सुन्दरमणि दिक्षित, सुबोध प्याकुरेल, केबी रोकाया, खिमलाल देवकोटालगायतसँग पनि छलफल गरेका थिए। विभिन्न पेसाकर्मीसँग भएको छलफलमा पनि सबैलाई स्वीकार्य हुने संविधान ल्याउनुपर्ने सुझाव आएको थियो। 
उद्योगी–व्यवसायीले आर्थिक नीति विश्व मान्यताअनुसार नै तय गर्न आग्रह गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले आगामी संविधान निजी क्षेत्रलाई सम्मान, समुन्नति र समृद्धितिर लैजाने हुनुपर्नेमा जोड दिएका थिए। 
समिति सभापति भट्टराईले पनि परिवर्तनलाई सबैले स्वीकार गरे पनि मात्रामा विवाद रहेको उल्लेख गर्दै त्यसको बीचबाट संविधान आउने बताएका थिए। ‘परिवर्तन सबैले स्वीकार गरेका छन्,' भट्टराईले भने, ‘परिवर्तनको मात्रामा असहमति छ। दुईथरी सोचको मिलनविन्दु खोजी भइरहेको छ।'
उनले अहिले शासकीय स्वरूपभन्दा पनि संघीयता नै बढी पेचिलो भएको जनाउँदै संघीयतामा जाँदा संख्या र नामभन्दा पनि आधार खोजिनुपर्ने बताए। ‘हामीले खोजेको प्रशासनिक विकेन्द्रीकरण मात्र होइन, पिछडिएकाको पहिचान र अधिकार खोजेका हौं,' उनले भने, ‘यी दुई दृष्टिकोणको बीचमा नै अहिले अन्तरविरोध देखिएको छ।'
समिति सभापति भट्टराईले एक सातादेखि संविधानमा समावेश गर्नुपर्ने विषयमाथि सुझाव लिइरहेका छन्। अब बन्ने संविधानमा कोही पनि बाहिर नहोऊन् भनेर छलफललाई निरन्तरता दिएको भट्टराईले बताए। ‘समाजमा रहेका विभिन्न पक्षसँगको छलफलबाट धारणा र सुझाव प्राप्त भइरहेको छ,' उनले भने।
भट्टराईका अनुसार अहिलेसम्म नागरिक समाज/मानवअधिकारकर्मी, विभिन्न पेसागत संगठन, उद्योग तथा व्यवसायी, संविधानविद, विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, सञ्चार क्षेत्रका प्रतिनिधि, महिला सभासद, दलका युवा नेतालगायतसँग छुट्टाछुट्टै छलफल भइसकेको छ। 
अहिलेसम्म महिलाका समस्या सम्बोधन हुने खालका विषय समावेश गर्नुपर्ने, प्रेस स्वतन्त्रता, व्यक्तिको सम्पत्ति राख्न पाउने अधिकारको ग्यारेन्टीलगायतका सुझाव आएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस