काठमाडौं-सरकारले इबोला भाइरसको सम्भावित जोखिमको पूर्व तयारी गर्न देशभरका अस्पताललाई सरुवा रोगका बिरामी छुट्टै राखेर उपचार गर्न मिल्ने (आइसोलेसन) सुविधायुक्त वार्डको व्यवस्था गर्न निर्देशन दिएको छ।स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले ५० शय्या माथिका सबै सरकारी अस्पताल र २ सय शऒ्ढयामाथिका निजी अस्पताल समेतलाई पत्राचार गरी तत्कालै आइसोलेसन वार्ड व्यवस्था गर्न निर्देशन दिएको हो।
विश्वव्यापी आवतजावतले विभिन्न खालका सरुवा रोगको जोखिम बढिरहेको अवस्थामा सम्भावित महामारीविरुद्ध लड्ने पूर्व तयारीस्वरूप सरकारले यस्तो निर्देशन दिएको हो।
सरकारले पछिल्लो समय विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी' घोषणा गरेको इबोलाको शंकास्पद लक्षण देखिए वीर र टेकु अस्पतालमा आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले अस्पतालको सूची हेरेर निर्देशन पठाउन थालेको बताए। उनले बढीमा दुई साताभित्र अस्पतालहरूले त्यस्तो वार्ड नबनाए अनुगमन गरी जिल्ला प्रशासनमार्फत् कारबाही थाल्ने चेतावनी दिए।
मरासिनीले सरुवा रोग नियन्त्रण ऐनको दफा २० अनुसार अस्पतालले यस्ता निर्देशन अटेरी गरेको अवस्थामा निर्देशकलाई ६ महिनासम्म जेल सजाय तोक्नसक्ने जानकारी दिए। उनले यसका लागि अदालतसमेत जान नपर्ने बताए। ‘कम्तीमा केही दिनभित्रै भएकै आइसियु वा वार्डलाई छुट्टै बनाउनुपर्छ,' उनले भने, ‘अन्यथा सरकार कडा रूपमा प्रस्तुत हुन्छ।'
सरकारी तथ्यांकअनुसार ५० शय्या माथिका सरकारी अस्पतालमा केन्द्रीय, क्षेत्रीय र अञ्चल अस्पताल र सामुदायिक समेत गरी ३५ भन्दा बढी छन्। निजीतर्फ पनि २ सय शऒ्ढयामाथिका अस्पताल यही हाराहारी छन्।
विश्वव्यापी रूपमा कुनै पनि अस्पतालमा सर्ने र नसर्ने रोगका बिरामी एकै ठाउँमा राखेर उपचार नगरिने, तर नेपालमा त्यस्तो अभ्यास भइरहेको उनले बताए।
‘मुटु, मिर्गौला क्यान्सरका बिरामीसँग सर्ने खालका म्यानेनजाइटिस र भाइरल रोगका बिरामी राख्दा अन्य बिरामीलाई पनि रोग सर्ने सम्भावना बढी हुन्छ,' उनले भने, ‘हामीले वर्षौंदेखि अस्पतालले यस्तै अभ्यास गर्दा पनि चुप बसेका छौं।'
मरासैनीले अब अस्पतालहरूले पनि यसलाई दायित्व सम्झेर कार्यान्वयन गर्ने आसा व्यक्त गरे।
उनले त्यस्ता वार्डमा काम गर्ने चिकित्सक एवं नर्सका लागि पनि व्यक्तिगत सुरक्षाका उपकरण व्यवस्था गर्नुपर्ने बताए। ‘अब जुनसुकै खालका सर्ने बिरामी आउँदा पनि अस्पतालहरूले आफूलाई तयारी अवस्थामा राख्नुपर्छ,' उनले भने, ‘कार्यरत जनशक्तिलाई तालिम चाहिए हामी तयार छौं।'
यसबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्क संयोजक जनस्वास्थ्य निरीक्षक कुमार दाहालका अनुसार बिहीबार साँझसम्म विभिन्न अफ्रिकी देशबाट ३१ जना नेपाल आएका छन्। यसमध्ये इबोला बढी फैलिएको लाइबेरियाका पाँच जना छन्। अन्यमा दक्षिण अफ्रिकाका १०, केन्या ४, तान्जेनिया ३, युगान्डा ३ जना छन्। आइभरी कोस्ट, इथियोपिया, पोर्चुगल, जिम्बाबे, सुडान, सेनेगलबाट एक/एक जना नेपाल भित्रिएका छन्। उनीहरू सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्। निरीक्षक दाहालले हालसम्म नेपाल भित्रिएका कसैमा रोगको लक्षण नदेखिएको बताए।
महाशाखा प्रमुख डा. मरासिनीले उपत्यकाबाहिर काँकरभिट्टा, भैरहवा र वीरगन्जमा हेल्थ डेस्क स्थापना अन्तिम चरणमा पुगेको जानकारी दिए।