काठमाडौं– एकीकृत माओवादीले भदौ १० गते हुने भनिएको केन्द्रीय परिषद् स्थगित गरी असोज १ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच शुक्रबार साँझ भएको भेटवार्तामा परिषद् स्थगित गर्ने निर्णय भएको हो।
यसैगरी समानान्तर समिति बनेका जिल्लाहरूमा वर्षमान पुनले नेतृत्व गरेको वैचारिक व्यवस्थापन समिति आफैं गएर अध्ययन गर्ने र त्यसले रिपोर्ट बुझाउने सहमति भएको छ। विवाद देखिएका जिल्लाहरूमा पार्टीको प्रशिक्षण कार्यक्रमसमेत स्थगित भएको छ। 'यो १० गतेको केन्द्रीय परिषद् स्थगित गरी असोज १ गते केन्द्रीय समिति बैठक बोलाइएको छ,' दाहालका प्रमुख सचिव तथा केन्द्रीय सदस्य चुडामणि खड्काले भने।