काठमाडौं- एमाओवादी नेता बाबुराम भट्टराईले पहिलो संविधान सभाको राज्य पुनःसंरचना आयोग र राज्य पुनःसंरचना तथा राज्य शक्ति बाँडफाड समितिले प्रस्ताव गरेको प्रदेशअन्तर्गत नै रहेर राज्यपुनःसंरचना गर्नुपर्ने बताएका छन्। राजधानीमा आयोजित संघीय गन्तान्त्रिक मोर्चाको अन्तर्क्रियामा बोल्दै नेता भट्टराईले त्योभन्दा बाहिर गएर राज्यपुनःसंरचना गरे स्वीकार्य नहुने बताए।'पहिलो संविधान सभामा आयोग र समितिले प्रस्ताव गरेअनुसारै प्रदेश निमार्ण हुनुपर्छ,' संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितका अध्यक्षसमेत रहेका भट्टराईले भने, 'त्यसविपरीतको निर्णय स्वीकार्य हुँदैन।'
नेपाली कांग्रेस र नेकपा एमालले कम प्रदेश हुनुपर्ने भनिरहेका बेल भट्टराईले आयोग र समसतिले प्रस्ताव गरेअनुरुप प्रदेशको निर्माण हुनुपर्नेमा जोड दिएका थिए।
पहिलो संविधान सभामा बनेको आयोगले १० प्रदेश र समितिले १४ प्रदेशको प्रस्ताव गरेको थियो।