नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिपलाइन खेलको रोमान्चक अनुभव लिएका छन्। नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले त्यहाँको क्लासिक जिपलाइनमा सयर गरेका हुन्।
जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ। ७० किलोमिटर प्रतिघन्टाको औसत गतिमा यात्रा गरेका प्रचण्डले यात्रा रमाइलो रहेको सुनाए।
सो क्रममा खिचिएका फोटोहरुमा उनी यसरी खुलेका थिए। हेरौं केही तस्बिरहरु:
प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ। पर्यटकीय स्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो।
जिल्लाको सदरमुकाम खलंगा संघीयतापछि सुस्ताउँदै गइरहेको थियो। ख्लंगासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीयले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार ‘जिपलाइन’ मल्लरानी टुरिजम इन्भेस्टमेन्ट प्रालिले एक करोड लागतमा निर्माण गरेको अध्यक्ष इमानसिंह भारतीले जानकारी दिए।
मल्लरानी गाउँपालिका ४ का धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा जिपलाइन निर्माण गरिएको छ। वनले पर्यापर्यटन विकास कार्यक्रम सञ्चालनको कार्ययोजनाअन्तर्गत जिपलाइन निर्माण गरेको छ भने समन्वय प्रालिले गरेको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका भारतीले बताए।
‘जिपलाइन’ को चलान विन्दुबाट अवतरण विन्दुसम्मको दूरी ६ सय ५० मिटरको छ। भारतीले भने, ‘जिपलाइनको निर्माणले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धिको विश्वास छ।’ जिपलाइनमा दैनिक दुई सयजना बढीले खेल्न सकिने छ। जिपलाइनको औपचारिक उद्घाटन तयारी भइरहेको छ।
पछिल्लो समय मल्लरानी पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ। पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तव्य हो। प्यूठानको सदरमुकाम खलंगाबाट दुई किमी नजिक रहेको मल्लरानीबाट धवलागिरि, माछापुच्छे«लगायतका थुप्रै हिमाल देख्न सकिन्छ।
यहाँबाट बिजुलीकोटसँगै सदरमुकाम खलंगा, बाग्दुला, बिजुवार, जुम्री, माझकोट, खैरा, कसेरी, सानीलेख, मुनडाँडालगायत दर्जनौँ स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केही स्थानसमेत अवलोकन गर्न सकिन्छ।
मल्लरानीमा गाउँपालिकाले चिल्डेन पार्क, वनभोजस्थल निर्माण थालेको छ। आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मल्लरानीबाट यसअघि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो। त्यसले भने निरन्तरता पाउन सकेन। नयाँ वर्ष, फागुपूर्णिमा, लालीगुराँस फुल्ने समय र बिदाका दिनमा आन्तरिक पर्यटक बढी घुम्न आउने गरेको स्थानीयवासी बताउँछन्। –रासस
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...