काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौभित्र संविधानको सहमतिको खाका नआए असोजदेखि आन्दोलनमा जाने बताएका छन्। राजधानीमा आयोजित संघीय गणतान्त्रि मोर्चाको अन्तर्क्रियमा बोल्दै दाहालले त्यस्तो नभए सडकबाटै संवाधान बनाउने चेतावनी दिए।
'भदौभित्र विगतको संविधान सभामा भएको सहमतिको स्वामित्व ग्रहण गर्दै यसैको आधारमा टेकेर संविधान बनाउने काम भएन भने असोदेखि शान्तिपूर्ण जनविद्रोमा जान्छौं,' दाहालले भने, 'सडकबाटै जनताको संविधान बनाउँछौं।'
उनले भदौभित्रै विवादित विषयमा सहमति गरिसक्नुपर्ने बताए। भदौभित्र सहमति नभए कार्यतालिका अनुसार प्रकृयामा जाने उनले बताए।
अन्तर्क्रियमा सहभागी मोर्चाका सहभागी सबै नेताहरुले अंकगणितीय हिसाबले सहमतिलाई उल्लघंन गरेर प्रकृयामा जान खोजिए प्रत्युत्पादक हुने चेतावनी दिएका थिए।
कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालका साथै नेता बुराम भट्टराई, मधेसी दलका नेताहरु विजयकुमार गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत सहभागी थिए।
यो पनि पढ्नुस्:
आयोग र समसतिले प्रस्ताव गरेअनुसारै प्रदेश बन्नुपर्छ : भट्टराई