प्रदेश १ को प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश
०५ कार्तिक २०७८
•
१ मिनेट पाठ
प्रदेश १ को प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश
प्रदेश १ को प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्दै मुख्यमन्त्री भीम आचार्य। तस्बिर: नागरिक
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेका हुन्।

आचार्यले आफूमाथि विश्वासको मत छ भन्ने स्पष्ट पार्न संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मतको प्रस्ताव पेश गरेको जानकारी दिए। मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव पेश गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले संसद बैठक कात्तिक ७ गते आइतबार सम्मका लागि स्थगित भएको जानकारी संसदमा गराए। 

भण्डारीले मुख्यमन्त्रीले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल र मत विभाजन मार्फत टुंगो लगाउन आइतबार सांढे १२ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। 

प्रदेश १ को प्रदेशसभाका कुल ९२ जना सांसद मध्ये  सत्तारुढ दल नेकपा एमालेका ४१ जना मात्रै सांसद छन्। नेपाली कांग्रेस, नेकपा एस्, माओवादी केन्द्रलगायतको ५ दलीय विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद छन्। प्रदेश १ मा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ।
अर्को समाचार
विश्वासको मतका लागि प्रदेशसभामा सूचना दर्ता
१२ असार २०८०
•
२ मिनेट पाठ
विश्वासको मतका लागि प्रदेशसभामा सूचना दर्ता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेश सभाको तेस्रो अधिवेशनमा पेश गर्ने बारेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्।

मंगलबार प्रदेशसभा सचिवालयमा प्रदेशसभाबाट विश्वासको मत लिने बारेको प्रस्ताव मुख्यमन्त्री कार्कीले दर्ता गरेको कोशी प्रदेशसभाका सचिव गोपाल पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार असार १४ गते बस्ने प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले दर्ता गरेको सूचनाका आधारमा विश्वासको मत लिने प्रस्तावलाई कार्यसूचीमा राखिने छ।

सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीलाई सत्तामा टिकिरहन प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ। सत्ता साझेदार दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ।

सरकार अल्पमतमा परेको र विपक्षी गठबन्धनले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको अवस्थामा मुख्यमन्त्री कार्की विश्वासको मत लिने तयारीमा जुटेका छन्। हाल एमालेको सरकारलाई राप्रपाले मात्रै साथ दिएको छ। सत्तारुढ दलको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद मात्रै छन्।

प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्दछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जसपाले साथ दिने आश गरेका छन्। जसपा नेतृत्वको मधेश प्रदेशको सरकारलाई एमालेले विश्वासको मत दिएका कारण कोशी प्रदेशमा जसपाले साथ दिने एमाले नेताहरू दाबी गर्दै आएका छन्। तर, जसपा विपक्षी गठबन्धनमा रहेको र सरकारलाई विश्वासको मत नदिने निर्णयमा पनि सहभागी भएका कारण तत्कालै जसपाले एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गरिहाल्ने स्थिति देखिएको छैन।

विश्वासको मत लिने प्रक्रिया अघि बढाउने, विश्वासको मत आउने अवस्था भए ठिकै छ नभए मुख्यमन्त्रीले राजीनामा दिने नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

‘अन्तिम सम्म बहुमत पुर्‍याएर विश्वासको मत लिने प्रयास गर्ने’ उनले भने‘ विश्वासको मत नपाउने अवस्था आए राजीनामा दिने।’ 
कोशी प्रदेशमा सत्ता पक्षमा ४६ र प्रतिपक्षी गठबन्धनमा सभामुखसहित ४७ जना सांसद छन्। सभामुखसहित बहुमत पुग्ने भएकाले प्रतिपक्षी गठबन्धनलाई पनि सरकार गठन र सञ्चालनका लागि त्यति सजिलो भने छैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस