काठमाडौं-नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वमा रहेको मोर्चासँग एक-दुई दिन भित्रमा वार्ता गर्ने निर्णय भएको छ। संसद् सचिवालयमा शनिबार बसेको प्रमुख तीन दलको बैठकले वैद्य नेतृत्वको मोर्चासँग संविधान निर्माणमा सहमति जुटाउन एक-दुई दिन भित्रै वार्ता गर्ने निर्णय गरेको हो।
तीन दलको बैठकका नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष रामचन्द्र पौडेल र नेता महेश आचार्य, नेकपा एमालेको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय विद्या भण्डारी र भिम रावललगायत नेता सहभागी थिए। त्यस्तै, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नाराणकाजी श्रेष्ठ उपस्थित थिए।
बैठकमा सभामुख सुवासचन्द्र नेवाङले भदै २१ भित्र संविधानका सबै विषयमा सहमति गर्न आग्रह गरेको जानकारी दिए।