गण्डकी प्रदेश सरकारले पनि यातायातको भाडादर तोक्ने
०५ कार्तिक २०७८
•
२ मिनेट पाठ
गण्डकी प्रदेश सरकारले पनि यातायातको भाडादर तोक्ने
गण्डकी प्रदेश सरकारले पनि सार्वजनिक यातायातको भाडादर तोक्ने भएको छ। यसअघि संघ सरकारले मात्रै सार्वजनिक यातायातको भाडादर तोक्ने गरे पनि गण्डकी प्रदेशले आफैले भाडादर तोक्ने तयारी गरेको हो।




प्रदेश स्तरबाट भाडादर तोक्न प्रदेश सरकारले भौतिक पूर्वाधार मन्त्रालयका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा भाडादर सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जानकारी दिए।

प्रदेश सरकारको मन्त्री परिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा बोल्दै सरकारका प्रवक्ता तथा मन्त्री खड्काले प्रदेशलाई यातायातसम्बन्धी अधिकारसमेत रहेकाले सो अधिकारलाई प्रयोग गर्दै प्रदेश स्तरबाट भाडादर तोक्न लागेको बताए। सिफारिस समितिमा दश सदस्य रहेको उनले जानकारी दिए।

प्रदेशस्तरमा पहिलोपटक भाडादर तोक्न लागिएको हो। यसअघि संघ सरकारले मात्रै भाडादर तोक्दै आएको थियो। पछिल्लो पटक संघ सरकारले सार्वजनिक यातायातको भाडामा २८ प्रतिशत सम्मले वृद्धि गरेको थियो।

प्रदेश सरकारले हेलिकप्टर प्रयोगसम्बन्धी सिफारिस गर्न समिति गठन गरेको छ। प्रदेश स्तरबाट हेलिकोप्टर प्रयोग गर्दा कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने तय गर्न समिति बनाइएको मन्त्री खड्काले बताए। सो समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, अर्थ मन्त्रालयका सचिव, स्वास्थ्य सचिव र सम्बन्धित मन्त्रालयको सचिव आमन्त्रित सदस्य रहेका छन्।

प्रदेश सरकारले जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गर्न सुरु गरे पनि त्यसको पनि कार्यविधि बनेको छैन। त्यसैले मन्त्रीहरुले कस्तो अवस्थामा कसरी हेलिकप्टर प्रयोग गर्न सक्ने भन्ने निक्र्याेल गर्न समिति बनाइएको मन्त्री खड्काको भनाइ छ। अबदेखि हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएमा समितिको सिफारिस अनिवार्य हुनेछ भने मन्त्रीहरु आफूखुशी हेलिकप्टर प्रयोग गर्न पाउने छैनन्।

मन्त्रिपरिषद् बैठकले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यविधि संशोधन गरेको छ। बैठकले सो कार्यक्रमको बजेट बाँडफाँड र योजना छनौटमा सबै सांसदको समान हैसियत हुने निर्णय गरेको सरकारका प्रवक्ता तथा मन्त्री खड्काले जानकारी दिए। 

यसअघि प्रत्यक्ष निर्वाचित सांसदको अगुवाईमा योजना छनौट र बजेट बाँडफाँड हुने गरेको थियो। जसमा प्रत्यक्ष निर्वाचित सांसदले ६० प्रतिशत र बाँकी बजेट समानुपातिक सांसदले दामासाहीले बाँडफाँड गरेर योजना छनौट गर्ने गरिएको थियो। एमाले सरकारका पालामा भएको यो निर्णयको व्यापक विरोध हुँदै आएको थियो। प्रदेशमा प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड बजेट छुट्याइएको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको संगठन संरचना र कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको मन्त्री खड्काले बताए। त्यस्तै, प्रदेश र स्थानीय तहबीच विवाद समाधान र समन्वय गर्न बनाइएको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिए।

बैठकले मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्ने निर्णय गरेको उनले बताए।
अर्को समाचार
उजुरी नगर्दा आफैं ठगिँदै सार्वजनिक सवारीका यात्रु
०८ असोज २०७९
•
४ मिनेट पाठ
उजुरी नगर्दा आफैं ठगिँदै सार्वजनिक सवारीका यात्रु
इलामको बिब्ल्याँटेमा पार्किङ गरिएका भ्यान। तस्बिर: भीम/नागरिक
इलाममा चल्ने सार्वजनिक यातायातका साधनले कुनै पनि बहानामा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिन नपाउने भएका छन्। पेट्रोलियम पदार्थको भाउ बढेको वा अन्य कुनै निहुँमा यात्रुबाट आफूखुसी भाडा लिएको पाए कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ।  




प्रमुख जिल्ला अधिकारी संयोजकत्वको सवारी भाडादर निर्धारण समितिले अबको केही दिनभित्रै नयाँ भाडादर कायम गर्ने तयारी पनि गरेको छ। नयाँ भाडादर नतोकिएसम्म कुनै पनि सवारीका साधनले छोटो दूरीमा गतवर्षको असोजमा तोकिएभन्दा बढी भाडा लिन नपाउने प्रशासनले जनाएको छ। त्यतिबेला समितिले इन्धनलगायत विभिन्न क्षेत्रमा भएको मूल्यवृद्धिलाई आधार बनाएर २२ प्रतिशत भाडा बढाएको थियो। लामो दूरीमा चल्ने सवारी साधनले पनि गत असारमा यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिएको पाए कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ।  

अहिले इलाम–बिर्तामोड एकोहोरो तोकिएको भाडादर तीन सय ५३ रुपैयाँ हो। समितिबाट गतवर्ष तोकिएको यो भाडादर अहिलेसम्म थपघट भएको छैन। तर, सवारी साधनले यात्रुबाट ५ सयदेखि ७ सय रुपैयाँसम्म लिइरहेका छन्। त्यतिमात्र होइन, इलाम–बिब्ल्याँटे ४ किलोमिटर पक्की रुटमा तोकिएको भाडादर २७ रुपैयाँ छ। तर, सवारी साधनले यात्रुबाट ५० रुपैयाँ लिइरहेका छन्। इलाम बजारबाट चढेर १ किलोमिटरमा रहेको धोविधारा ओर्लिंदा पनि ५० र २ किलोमिटरको चुरेघाँटी पुग्दा पनि ५० रुपैयाँ नै लिने गरिएको छ। इलाम बजारबाट गोलाखर्क भञ्ज्याङसम्मको पक्की सडकमा पनि तोकिएको भाडा ३० रुपैयाँ छ। तर, यो रुटमा चल्ने भ्यानले अहिले यात्रुबाट ५० रुपैयाँ नै लिइरहेका छन्।  

इलाम–मंगलबारेको तोकिएको भाडादर २ सय ७ रुपैयाँ हो। तर, सवारी साधनले यात्रुबाट ३ सय रुपैयाँ लिँदैछन्। इलाम–काठमाडौं सरकारले तोकेको भाडा १ हजार ९ सय ६७ रुपैयाँ छ। तर, यात्रुबाट दुई हजार ४ सय रुपैयाँ लिने गरिएको छ। अझ दसैंको मौका छोपेर सवारीका साधनले टिकट ‘बुक’ गर्दा एकोहोरो भाडा नै ४ हजार रुपैयाँसम्म लिइरहेको यात्रुको गुनासो छ। फिक्कल–पशुपतिनगर सडकमा पनि तोकिएभन्दा दोब्बर असुलिरहेका छन्। ११ किलोमिटरको यो पक्की सडकको भाडा ५० रुपैयाँ तोकिएको छ। तर, अहिले यहाँ सवारीले सय रुपैयाँ लिइरहेका छन्। यीसहित सबै रुटमा चल्ने सवारीका साधनले कोरोना महामारी र इन्धनको मूल्य बढेको निहुँमा यात्रुबाट अवैध रूपमा भाडा असुलिरहेको गुनासो जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ।  

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सार्वजनिक सवारी साधनले भाडादर निर्धारण समितिले तोकेभन्दा १ रुपैयाँ बढी पनि भाडा लिन नपाउने बताए। ‘कुनै पनि बाहनामा यातायात व्यवसायी वा मजदुरले आफ्नो गाडीको भाडा बढाउन पाउँदैनन्,’ उनले भने, ‘यदि कसैले तोकिएभन्दा बढी भाडा लिएको छ भने त्यो अवैध हो, यसलाई कारबाही गर्नुपर्छ।’ तर, प्रशासनले पनि यात्रुसँग सोधपुुछ नगर्नु, प्रभावकारी अनुगमन नगर्नु र उजुरी नआएको निहुँ गरी आँखा चिम्लिदिँदा भाडामा सर्वसाधारण ठगिनुपरेको हो। यात्रु आफैं पनि तोकिएको भाडादरबारे सचेत नहुनु, चालक वा सहचालकले जति माग्छन्, चुपचाप त्यति नै भाडा दिनुले पनि ठगीमा मलजल पुगिरहेको छ।  

सवारी साधनले आफूखुसी भाडा लिइरहेकोबारे स्थानीय प्रशासन सूचित नभएको होइन। तर, नियमन फितलो हुँदा यात्रुले सास्ती पाइरहेका छन्। सरकारले तोकेको भाडादरभन्दा झन्डै दोब्बर भाडा यात्रुबाट उठाउँदा पनि सवारीका साधनमाथि प्रभावकारी नियमन हुन सकेको छैन। यसको फाइदा उठाएर सबैजसो रुटको सरकारी भाडा कार्यान्वयन गर्नुको सट्टा सवारी चालक र व्यवसायी आफैंले ‘अघोषित’ भाडा तोकेर यात्रुबाट असुलिरहेका छन्।  

पूर्वेली जिप तथा ट्याक्सी प्रालिका अध्यक्ष गृष्म सुब्बा स्वयम् तोकिएभन्दा बढी भाडा लिनुलाई ‘ठगी’को संज्ञा दिन्छन्। व्यवसायीले तोकिएभन्दा बढी भाडा लिनै नहुने उनको भनाइ छ। ‘सवारी व्यवसायी आफैंले भाडा पनि तोक्ने होइन, सरकारले तोकेको भाडादर कार्यान्वयन गर्नेमात्र हो,’ उनले भने, ‘तर, विभिन्न बहानामा तोकिएभन्दा बढी भाडा उठाएको गुनासो यात्रुबाट आउँदा पनि नियमन गर्न नसक्नु चाहिँ प्रशासनको कमजोरी हो।’  

व्यवसायीले इन्धनको मूल्य बढेको वा अरू महँगीको निहुँमा आफैं भाडा बढाउन पाउँदैनन्। व्यवसायीलाई कुनै पनि कारणले घाटा हुने वा भाडादर हेरफेर गर्नुपर्ने अवस्था आएको लागेमा स्थानीय प्रशासनमा निवेदन दिनुपर्छ। प्रमुख जिल्ला अधिकारी ढुंगाना अहिलेसम्म कुनै पनि यातायात व्यवसायीले भाडादर हेरफेर वा समायोजन गर्न निवेदन नदिएको बताउँछन्। ‘व्यवसायीले सवारी भाडा बढाउनु आवश्यक देखेमा भाडादर निर्धारण समितिलाई भन्ने हो, यात्रुबाट आफूखुसी बढाएर उठाउने होइन,’ उनले भने, ‘तर, अहिलेसम्म कुनै पनि व्यवसायी वा व्यवसायीका कम्पनीले त्यस्तो गुनासो गरेका छैनन् र निवेदन पनि दिएका छैनन्।’  

जिल्ला प्रशासन, प्रहरी र ट्राफिक प्रहरीका जिल्ला कार्यालय सदरमुकाममै छन्। स्थानीय सरकारको मुख्य कार्यालयसमेत यहीं छ। तर, आफ्नै आँगनमा सवारी साधनले मच्चाइरहेको ‘लुट’ चाहिँ उनीहरू देखेको नदेख्यै गरिरहेको यात्रुको गुनासो छ। ‘न गाडीमा भाडादर टाँसेको छ, न सरकारले हामीलाई भाडादरबारे कुनै सूचना नै दिएको छ,’ इलाम–बिर्तामोड चल्ने जिपमा चढेका यात्रु निरोज भट्टराईले भने, ‘चालक र सहचालकले भाडा यति नै हो भन्दै मागेपछि जति माग्छन्, त्यति दिनुको विकल्प नै हुँदैन। प्रश्न गरे उल्टै धम्की खानुपर्छ।’

प्रजिअ ढुंगानाले केही दिनभित्रै जिल्लामा नयाँ भाडादर कायम गरिने बताए। ‘नयाँ भाडादर निर्धारण गर्न शुक्रबार भाडादर अध्ययन कार्यदल गठन भएको छ,’ उनले भने, ‘कार्यदलको सुुझावका आधारमा २÷३ तीनभित्र नयाँ भाडादर कायम हुनेछ।’
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस