काठमाडौं-संविधानसभामा रहेका प्रमुख दलले संविधान निर्माण प्रक्रियामा सहभागी गराउन नेकपा–माओवादी नेतृत्वको मोर्चासँग आइतबार वार्ता गर्ने भएका छन्।संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले शनिबार बोलाएको अनौपचारिक बैठकमा प्रमुख तीन दलका नेताहरूले मोर्चासँग वार्ता गर्ने निर्णय गरेका हुन्।
साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको बैठकले पनि वैद्य नेतृत्वको मोर्चासँग वार्ता गर्ने निर्णयलाई अनुमोदन गरेको हो। तर, वैद्य नेतृत्वको मोर्चासँग वार्ता हुनुअघि आइतबार बिहान प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच छलफल हुनेछ। त्रिदलीय छलफलले मोडालिटी तय गरेपछि अपराह्न ३ बजे मोर्चासँग वार्ता हुनेछ।
शनिबार दिउँसो भएको संवाद समितिको बैठकमा सहभागी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भदौ २१ गतेसम्म विवादित सबै विषयमा सहमति कायम गर्न शीर्ष नेताको ध्यानाकर्षण गराएका थिए। उनले संविधानसभाबाहिर रहेका राजनीतिक दलहरूसँग पनि छिटो वार्ता गर्न आग्रह गरेपछि सकेसम्म चाँडै वार्ता गर्ने विषयमा छलफल भएको थियो।
‘संविधानसभाभन्दा बाहिर पनि दलहरू छन्,' नेम्वाङले भने, ‘ती दललाई संविधान निर्माण प्रक्रियामा सहभागी गराई बढीभन्दा बढी स्वामित्व ग्रहण गरेर संविधान जारी गर्नु अहिलेको आवश्यकता हो। त्यसका लागि अघि बढेर भदौ २१ भित्र सबै विषयमा सहमति कायम गर्न भनेको छु।'
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि नेकपा–माओवादीसँग वार्ता गरेर सर्वपक्षीयसभा आयोजना गर्न सकिने विषयमा छलफल भएको जानकारी गराए। ‘नेकपा–माओवादीसँग छलफल गरेर सर्वपक्षीय वा सर्वदलीयसभाको मोडालिटी तय गर्ने विषयमा आइतबार बिहान बैठक गर्ने कुरा भएको छ,' पौडेलले भने। उनका अनुसार वैद्यसँग सकेसम्म सोमबार नभए यो साताभित्रै छलफल गर्ने विषयमा कुराकानी भएको छ।
त्यस्तै, बैठकमा संवाद समितिअन्तर्गत विवाद समाधान उपसमितिको बैठकमा भएको सहमति र पछि भएको विवादका विषयमा पनि शीर्ष तहमै बसेर टुंगो लगाउने सहमति भएको छ। न्यायप्रणालीसम्बन्धी प्रतिवेदनमा रहेका असहमतिका विषयमा उपसमितिले टुंगो लगाएको भए पनि समितिको बैठकमा केही नेताले विरोध जनाएका थिए।
न्यायप्रणाली समितिको प्रतिवेदनमा रहेका विषयमध्ये संघीय न्यायिक आयोग र संवैधानिक अदालत गठनसम्बन्धी उपसमितिले गरेको सहमतिमा प्रमुख दलका नेताहरू रामचन्द्र पौडेल, वामदेव गौतमलगायतका नेताले असहमति जनाएका थिए। यस्तै, समावेशीसम्बन्धी विषयमा एमाले नेता माधवकुमार नेपालले असहमति प्रकट गरेका थिए। केही दिनअघि बसेको समितिको बैठकमा उनले हरेक क्षेत्रमा समावेशीभन्दा पनि क्षमतावान बनाउने विषयमा सोच्नुपर्ने धारणा राखेका थिए।
एमाले उपाध्यक्ष भीम रावलले पनि द्विपक्षीय छलफललाई तीव्रता दिएर आइतबार पुनः बैठक गर्ने गरी सकिएको जानकारी दिए। उनले संविधान निर्माणका विवादित विषयमा छलफल केन्द्रित रहेको बताए। एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा–माओवादीलाई पनि संविधान निर्माण प्रक्रियामा ल्याउनुपर्ने भएकाले त्यही विषयमा छलफल भएको जानकारी गराए।
‘यो प्रक्रियामा वैद्यजीलाई पनि ल्याउनु छ,' श्रेष्ठले भने, ‘संविधानसभाको औपचारिक अंगले बोलाएको कार्यक्रममा उहाँहरू आउनुहुन्न। त्यसकारणले तीन पार्टीले तुरुन्त वार्ता गर्ने भनिएको छ। आइतबारको बैठकबाट प्रक्रिया अघि बढाइनेछ।'
बैठकमा सत्यनिरूपण तथा मेलमिलाप आयोगका लागि अल्भि्कएको प्रक्रियालाई तत्काल अघि बढाउने विषयमा पनि कुराकानी भएको नेताहरूले बताएका छन्। आयोगका लागि गठन गरिएको सिफारिस समितिले समेत अहिलेसम्म पूर्णता पाउन सकेको छैन।