कांग्रेस–एमाले सहमति : संविधान विवादमा साझा मत र रणनीति
०७ भदौ २०७१
•
६ मिनेट पाठ
कांग्रेस–एमाले सहमति : संविधान विवादमा साझा मत र रणनीति
काठमाडौं-सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच संविधान निर्माणका थाती विवादमा साझा धारणा बनाई अन्य पक्षलाई सहमतिमा ल्याउन दबाब दिने समझदारी बनेको छ।शनिबार दुई चरणमा भएका दुई दलीय बैठकले संविधानका विवाद र सरकार सञ्चालनका चुनौतीसम्बन्धी एजेन्डा तय गर्दै साझा धारणा र रणनीति निर्माणमा जुट्ने सहमति गरेको हो।
साझा रणनीति बनाउन द्विपक्षीय वार्ता जारी राख्ने दुई दलको समझदारी छ। संविधानसभाबाहिर र भित्रका राजनीतिक शक्तिलाई संविधान निर्माण प्रक्रियामा समेट्न उनीहरुसँग पनि वार्ता अघि बढाउन दुई दल तयार देखिएका छन्।
शनिबार बिहानको बैठकले विवादित विषयमा साझा धारणा निर्माणका लागि एजेन्डा र मोडालिटी तय गरेको थियो भने साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा भएको अर्काे बैठकले विवादित एजेन्डामा छलफल भएको नेताहरुले जनाएका छन्।
साझा धारणामा कुनै सहमति भने भइसकेको छैन। दुई दल आइतबार फेरि वार्तामा बस्दैछन्। उनीहरुले प्रमुख विपक्षी एकीकृत नेकपा माओवादी र संविधानसभा बाहिर रहेका दलहरुको नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको मोर्चासँग पनि वार्ता तय गरेका छन्। 
‘दुई दलबीच संविधानको अन्तर्वस्तुमा छलफल सुरु भएको छ। कुनै ठोस निष्कर्ष आइसकेको छैन,एमाले केन्द्रीय सदस्य अग्नि खरेलले नागरिकसँग भने, ‘यही विषयमा एकीकृत माओवादीसहित तीन दल र नेकपा–माओवादीसहित चार दलको छुट्टाछुट्टै बैठक आइतबार बस्नेछ।
आइतबार बिहान ९ बजे एकीकृत नेकपा माओवादीसहित तीन दल र दिउँसो ३ बजे नेकपा–माओवादीसहित ४ दलको बैठक डाकिएको छ। बहुपक्षीय छलफलपछि साँझ फेरि कांग्रेस र एमाले वार्ता तय गरिएको छ। 
संविधान निर्माण प्रक्रियाबाट बाहिर रहेको नेकपा–माओवादीले प्रधानमन्त्री सुशील कोइरालासँग वार्ता गर्ने इच्छा देखाएपछि आइतबार उनीहरुसँग वार्ता गर्ने तयारी भएको हो। 
‘मोहन वैद्यजीले प्रधानमन्त्रीसँग वार्ता गर्ने इच्छा देखाउनुभएको छ, कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले नागरिकसँग भने, ‘प्रधानमन्त्री पनि यसमा अग्रसर हुनुहुन्छ।
आचार्यले दलहरुबीच संविधान निर्माण कार्यतालिकाअनुसार सहमतिमा पुग्ने आधार देखिएको बताए। त्यस्तो आधार के हो भन्ने उनले खुलाउन चाहेनन्। 
दुई दलले सत्ता साझेदारी र संविधानका अन्तर्वस्तुसम्बन्धी एजेन्डा तय गरेका छन्। सविधान निर्माणसम्बन्धी एजेन्डामा संघीय संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली तय गरिएको छ। त्यसैगरी, सरकार सञ्चालन सम्बन्धमा प्रमुख नियुक्ति, दुई दलीय सहमति, समन्वय, विपक्षीहरुसँगको समन्वय, स्थानीय निकायको निर्वाचन र राजनीतिक अवस्थाबारे साझा धारणा बनाउने सहमति भएको छ।
प्रदेश निर्माण गरिँदा बढीमा सात प्रदेशका पक्षमा दुवै दल छन्। नेपाली कांग्रेसले साझा पहिचानका सात प्रदेश र एमालेले बहुजातीय र साझा पहिचानका गरी सात प्रदेश निर्माणका पक्षमा छन्। शासकीय स्वरुपमा भने सत्ता साझेदार दलबीच नै ठूलो मतभेद छ। कांग्रेस संसदीय व्यवस्थाको पक्षमा छ भने एमालेले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा छ। 
एमालेले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपतिको धारणा अघि सारिसकेको छ। शासकीय स्वरुपमा एमाले र एकीकृत नेकपा माओवादी धारणा नजिक छ। माओवादी जनताबाट प्रत्यक्ष रुपमा निर्वाचित कार्यकारी राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा छ। 
शनिबार बिहानको वार्तामा छलफलका विषय तय गरिएका थिए। त्यसमा संविधान निर्माण, सरकार सञ्चालनको चुनौती र सहमति कार्यान्वयनका विषय उठेका थिए। 
बैठकमा एमाले नेताले राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन गर्नुपर्ने विषयलाई उठाएका थिए। प्रधानमन्त्री कोइरालाले भने संविधान निर्माण प्रमुख विषय भएकाले राष्ट्रपति र उपराष्ट्रपति अनुमोदनको विषयमा अल्झन नहुने बताएका थिए।
आगामी माघ ८ गते संविधान जारी भएपछि आफू, राष्ट्रपति र उपराष्ट्रपति सबैले छाड्ने भन्दै कोइरालाले त्यसलाई विवादको विषय नबनाउन आग्रह गरेका थिए। एमाले नेताले भने त्यो विषयमा पनि छलफल गर्नुपर्ने अडान राखेपछि अनुमोदन विषयलाई आन्तरिक छलफलबाट समाधान गरिने समझदारी बनेको छ।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस