काठमाडौं- संसदीय समितिको सभापतिहरुको निर्वाचन भदौ ११ गते बुधबार हुने भएको छ। ब्यवस्थापिका संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको निर्वाचनसम्बन्धी कार्यक्रममा बुधबार बेलुकी ५ बजेदेखि निर्वाचन सुरु हुने उल्लेख छ।
कार्यक्रमअन्तर्गत भदौ १० गते (मंगलबार) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता गर्ने र साढे ५ बजे प्रस्तावकको दर्ताक्रमअनुसार सूचना प्रकाशित गर्ने कार्यक्रम सार्वजनिक भएको हो।