लबिङले राजदूति नियुक्ति टर्‍यो
०९ भदौ २०७१
•
१० मिनेट पाठ
लबिङले राजदूति नियुक्ति टर्‍यो
काठमाडौं-परराष्ट्र मन्त्रालयका सहसचिवले आफूलाई राजदूत बनाउन राजनीतिक दलमार्फत लबिङ गरेपछि राजदूत नियुक्ति प्रक्रिया नै तत्कालका लागि रोकिएको छ।वरिष्ठदेखि कनिष्ठ सहसचिवहरू राजदूत हुने दौडमा होमिँदा प्रधानमन्त्रीसँगको सम्बन्ध नै बिग्रने अवस्थामा पुगेपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डले नियुक्ति प्रक्रियालाई मंसिरमा हुने सार्क शिखर सम्मेलनसम्म थाती राख्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ। आफूलाई राजदूत बनाइदिन भन्दै सहसचिवहरू राजनीतिक दलका शीर्ष नेताको घर–घरमा पुगेको सूचना पाएपछि मन्त्री पाण्डले केही दिनअघि मन्त्रालयमा बैठक बोलाई उनीहरूलाई हप्काएका थिए। 
‘तपाईंहरू धेरैतिर कुद्नुभयो। धेरै नेताको घर पुग्नुभयो। नेताको घर धाउँदैमा राजदूत भइँदैन,' बैठकमा मन्त्री पाण्डेको भनाइ उद्धृत गर्दै एक सहसचिवले भने, ‘मैले जुन नाम लगेको छु त्यही ठिक छ।' 
स्रोतका अनुसार मन्त्री पाण्डेले राजदूत नियुक्तिको मापदण्डअनुसार भन्दै परराष्ट्रका सहसचिवहरू खगनाथ अधिकारी, दीपक धिताल, अम्बिका लुइँटेल, अमृतबहादुर राई, अर्जुनकान्त मैनाली र कालीप्रसाद पोखरेलको सूची पटक–पटक मन्त्रिपरिषदमा लगेका थिए। एक साताअघि बसेको मन्त्रिपरिषद बैठकमा पनि उनले यिनै नाम लाँदा बैठक बस्नुअघि मन्त्री पाण्डे र सरकारमा सामेल नेपाली कांग्रेसका मन्त्रीहरू रामशरण महत (अर्थ) र मीनेन्द्र रिजाल (सूचना तथा सञ्चार) बीच छलफल भएको थियो। 

महत र रिजालले राजदूतको सूचीमा परराष्ट्रका अर्का सहसचिव दुर्गाबहादुर सुवेदीलाई पनि राखेर संख्या ७ पुर्यांउन दबाब दिएका थिए। कांग्रेसका मन्त्रीले सुवेदीको नाम लिएपछि परराष्ट्रमन्त्री पाण्डेले ८ जना राजदूत नियुक्ति गर्न सुझाए। त्यसपछि महत र रिजालले परराष्ट्रबाट ८ जनालाई राजदूतमा नियुक्त गर्नै नसकिने अड्डी कसेपछि छलफल त्यसै टुंगिएको थियो। ‘परराष्ट्रमन्त्री मापदण्डभित्र नपर्ने, तर नेकपा एमालेसँग आस्था राख्नेलाई प्राथमिकता दिनुहुन्छ। कांग्रेस नेताहरू आफ्नो दलनिकटलाई समावेश गर्नैपर्छ भन्नुहुन्छ। राजदूत नियुक्तिसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा अहिलेको समस्या आएको हो,' स्रोतले भन्यो। 
स्रोतअनुसार मन्त्री पाण्डेले अधिकारी, धिताल र लुइँटेललाई वरिष्ठता, राईलाई लोकसेवाको वरिष्ठता, पोखरेललाई बाँकी रहेकामध्ये पहिले हाजिर गरेको र मैनालीलाई नाम अवकाश हुने बेला भएको आधारमा राजदूत नियुक्तिको सूचीमा राखेका हुन्। सूचीमा नपरेका अन्य सहसचिवहरूले मापदण्डका आधार पेस गर्दै आफू नपर्नुको कारण बैठकमा मन्त्री पाण्डेसँग सोधेका थिए। ‘सहसचिवहरूले नामै किटेर आफूभन्दा कनिष्ठ व्यक्ति सूचीमा पर्दा आफू नपर्नुको कारण मन्त्रीसँग सोध्नुभएको थियो। तर, मन्त्रीले त्यसको स्पष्ट जवाफ दिनुभएन,' स्रोतले भन्यो। 
राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्र सेवा (करिअर डिप्लोमेट्स) र ५० प्रतिशत राजनीतिक नियुक्तिबाट गरिने पूर्वसहमतिलाई कार्यान्वयन गर्ने भन्दै पाण्डेले परराष्ट्रमन्त्री भएपछि राजदूत नियुक्तिसम्बन्धी केही आधार (मापदण्ड) बनाएका थिए। यसअघि पनि राजदूत नियुक्तिसम्बन्धी मापदण्ड पटक–पटक बनेको थियो। 
मापदण्ड बनाउने कार्यदलमा परराष्ट्रकै सहसचिव मात्र समावेश गरिँदा उनीहरूले आफू सुहाउँदो बनाई राजदूत हुने गरेको आरोप पनि लाग्दै आएको छ। मापदण्ड बनाउने कार्यदलमा जो जो सदस्य तोकिन्छन् उनीहरू नै सबैभन्दा पहिला राजदूत हुने गरेको उदाहरण परराष्ट्रमा प्रशस्त छन्। 

पछिल्लो पटक पाण्डे परराष्ट्रमन्त्री भएपछि राजदूत नियुक्तिका लागि प्रमुख पाँचवटा आधार तय गरिएको छ। मन्त्रालयमा पहिले हाजिर हुने, परराष्ट्र सेवामा अधिकृत तहमा प्रवेश गरेको मिति, अवकाश लिने अवस्थामा पुगेको, कार्यवाहक राजदूत भएर काम गरिसकेको व्यक्ति र मन्त्रालयअन्तर्गतका कुनै विभागमा प्रमुख भई कुनै जिम्मेवारी सम्हालेको सहसचिवलाई प्राथमिकता दिने आधार बनाइएको हो। 
देशबाहिर रहेका विभिन्न नियोगमा बाहेक परराष्ट्रमन्त्रालयमा मात्र अहिले १३ सहसचिव छन्। लोकसेवा आयोगले निर्धारण गरेको वरिष्ठता क्रममा खगनाथ अधिकारी, दीपक धिताल, अम्बिका लुइँटेल, अमृत राई, ताराप्रसाद पोखरेल, अर्जुनकान्त मैनाली, प्रकाशकुमार सुवेदी, रमेशप्रसाद खनाल, कालीप्रसाद पोखरेल, यज्ञबहादुर हमाल, दुर्गाबहादुर सुवेदी, निर्मलराज काफ्ले र लोकबहादुर थापा पर्छन्। 
अधिकारी २०६६, धिताल २०६७ र लुइँटेल २०६८ सालमा सहसचिव भएका हुन्। राई, पोखरेल, मैनाली, सुवेदी र खनाल २०६९ मा सहसचिव (फाइल बढुवा) भएका थिए। त्यस्तै, सोही वर्ष आन्तरिक परीक्षामार्फत कालीप्रसाद पोखरेल र यज्ञबहादुर हमाल सहसचिवमा बढुवा भएका थिए। दुर्गाबहादुर सुवेदी, काफ्ले र थापा २०७० चैत महिनामा सहसचिव भएका हुन्। 
अन्तिम पोस्टिङपछि मन्त्रालयमा हाजिर हुनेमा धिताल र कालीप्रसाद पोखरेल अगाडि छन्। त्यसपछि क्रमशः काफ्ले, हमाल, लुइँटेल, राई, खनाल, प्रकाशकुमार सुवेदी, ताराप्रसाद पोखरेल, मैनाली, थापा, दुर्गाबहादुर सुवेदी र अधिकारी छन्। 
परराष्ट्र सेवामा अधिकृत तहमा प्रवेश गरेको मितिअनुसार लुइँटेल, अधिकारी, ताराप्रसाद पोखरेल, मैनाली, प्रकाशकुमार सुवेदी र खनाल सूचीमा पर्छन्। लुइँटेल २०४३ र अधिकारी, पोखरेल, मैनाली, सुवेदी र खनाल २०४५ सालमा परराष्ट्र अधिकृत भएका थिए। कालीप्रसाद पोखरेल र दुर्गाबहादुर सुवेदी २०४७, हमाल र थापा २०५२, राई २०६२, काफ्ले २०६३ मा परराष्ट्र अधिकृतमा प्रवेश गरेका हुन्। धिताल भने २०५६ सालमा सीधै परराष्ट्र उपसचिवमा प्रवेश गरेका थिए। 
‘अवकाश लिने अवस्थामा पुगेकालाई अवसर दिने' आधारमा मैनाली सबैभन्दा अघि छन्। उनको सेवाअवधि अब दुई वर्ष बाँकी छ। चौथौ आधार ‘कार्यवाहक राजदूत भएर काम गरिसकेको व्यक्ति' हेर्दा अधिकारी, खनाल, दुर्गाबहादुर सुवेदी, मैनाली, ताराप्रसाद पोखरेल, थापासँग मात्र लामो समय कार्यवाहक राजदूत भएर काम गरेको अनुभव छ। अन्यसँग थोरै समयको मात्र अनुभव छ।
मापदण्डको पाँचौं ‘मन्त्रालयअन्तगैतका कुनै विभागमा प्रमुख भई कुनै जिम्मेवारी सम्हालेको' आधारमा विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव धिताल र खनालसँग मात्र छ। धितालले राहदानी विभाग प्रमुख भएर काम गरेका भने खनाल अहिले पनि राहदानी विभागमा महानिर्देशक छन्। 
मापदण्डमा धेरै आधार समेटिँदा सबैले आ–आफ्नो अनुकूलअनुसारको व्याख्या गर्ने गरेका छन्। ‘स्पष्ट मापदण्ड नहुँदा सबै सहसचिवलाई आ–आफ्नो डम्फु बजाउँदैमा ठिक्क छ। कम्तीमा ५/१० वर्ष टिकाउन हुने मापदण्ड तयार पार्नुपर्छ। अनि मात्र राजदूत नियुक्ति निर्विवाद हुन सक्छ,' स्रोतले भन्यो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस