काठमाडौं- राज्य ब्यवस्था समितिको बैठकमा सभासद्हरुले राहत वितरणमा विभेद् गरेको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार बसेको बैठकमा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्री क्षेत्रमा राहत वितरण प्रभावकारी भए पनि अरु क्षेत्रमा विभेद् गरेको भन्दै विरोध गरेका हुन्।
विरोध गर्नेहरुमा कांग्रेसका सभासद् अमरेश कुमार सिंह, अर्जुनप्रसाद जोशी, सन्जयकुमार गौतम र एमालेका गंगालाल तुलाधर छन्। उनीहरुले यथिशघ्र विस्थापितहरुलाई राहत उपलब्ध गराउन मागसमेत गरेका थिए।
बैठकमा गृहमन्त्री बामदेव गौतमले मुलुकभरि बाढी पहिरफका कारण जेठदेखि अहिलसम्म २ सय ३१ जनाको मृत्यु भएको बताए। उनले १ सय ४६ जना घाइते र २ सय ४९ जना बेपत्ता भएको जानकारी गराए। गौतमले अहिलेसम्म ५ हजार घरपरिवार बिस्थापित भएको जानकारी गराए।