काठमाडौं—एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच भएको चार बुँदे सहमति कार्यान्वयन नभए संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्। मंगलबार संसदमा बोल्दै उनले चार बुँदे सहमति कार्यान्वयन, संविधान निर्माणको भरपर्दो पहल कदमी, २६ जना सभासद मनोनयन एवं बाढी पीडितलाई राहत व्यवस्था नगरिए संसदको आगामी बैठक चल्न नसक्ने चेतावनी दिए।
'सरकारका कारण देश दुर्घटनातर्फ उन्मुख भएको देखिरहेको छु', संसदमा बोल्दै अध्यक्ष दाहालले भने, 'अहिले पनि शान्ति प्रक्रिया र संविधान निर्माणमा चलखेल भइरहेको छ। चलखेलमा लाग्यौं भने शान्ति र संविधान सफल हुँदैन।' कांग्रेस एमालेले परिवर्तनलाई स्वीकार गर्न नसकेको उनले आरोप लगाए।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि ४ बुँदे सहमति कार्यान्वयन नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिए। उनले २६ सभासद मनोनयनमा ठूला दलले मात्रै भागबन्डा गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिए।