काठमाडौं- संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले समग्र संविधानको खाका तयार भएपछि मात्र नयाँ संविधानको प्रस्तावनाबारे टुङ्गोमा पुग्न उचित हुने निष्कर्ष निकालेको छ। समितिको आज बसेको बैठकमा प्रस्तावित नयाँ संविधानको प्रस्तावना, राष्ट्रिय गान र निशानाका छापबारे सहमति खोज्ने प्रयास गरिएको थियो।
बैठकमा भाग लिने अधिकांश सभासद्हरुले निशाना छापको गरिमा, सम्मान एवम् भावनालाई प्रतिकूल नहुने गरी निशाना छाप बनाउनुपर्ने भएकाले राज्य पुनःसंरचनासँग जोडिएका यस्ता विषयहरुलाई सम्बन्धित समितिमै छलफल गरी टुङ्ग्याउनु बुद्धिमानी हुने सुझाव प्रस्तुत गरेका थिए।
ती विषयहरु तत्कालीन संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिमा छलफल भई केही हदसम्म सहमति नजिक पुगिएको थियो। बैठकपछि समितिका सचिव मुकुन्द शर्माले आजको बैठकमा राष्ट्रिय गान, निशाना छाप, संविधानको प्रस्तावनाबारे छलफल भएको जानकारी दिँदै संविधानको सम्पूर्ण प्रारुप तयार भएपछिमात्र प्रस्तावनालाई अन्तिम रुप दिन उपयुक्त हुनेमा समितिमा मतैक्यता भएको बताए। समितिको अर्को बैठक भदौ १३ गते बिहान ८ बजे बस्नेछ। रासस