काठमाडौं-प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका पाँच वरिष्ठ न्यायाधीशले नयाँ बन्ने संविधानमा संवैधानिक अदालतको व्यवस्था नगर्न सुझाव दिएका छन्।संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको उपसमितिले तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाउँदै उनीहरूले त्रुटिसमेत औंल्याएका छन्।
उपसमितिले सर्वोच्च र संवैधानिक अदालत राख्ने, त्यसको अधिकार क्षेत्र स्पष्टसँग छुट्ट्याउने, दुवै अदालतमा रहने न्यायाधीशको संख्या र पदावधि, दुवै अदालतका न्यायाधीशको योग्यता, प्रधानन्यायाधीशको योग्यता, संघीय न्यायिक आयोगलगायतका व्यवस्था गरेको थियो।
तर, संवैधानिक अदालत राख्दा सर्वोच्च अदालत कमजोर हुने, न्यायसम्पादनमा समस्या पर्ने, उमेर हद राख्न नहुने, संघीय न्यायिक आयोगको सट्टा परिषद राखिनुपर्ने, त्यसमा राजनीतिक नियुक्ति हुन नहुने न्यायाधीशहरूले धारणा राखेका थिए। प्रमुख दलका शीर्ष नेतासहित संवाद समितिले मंगलबार उनीहरूको धारणा मागेको थियो।
‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा उपसमितिबाट आएको प्रतिवेदनलाई लिएर उहाँहरूले टिप्पणी गर्नुभयो,' समिति सदस्य एवं कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘उहाँहरूको रिजर्भेसन देखियो।'
प्रधानन्यायाधीश दामोदर शर्मा, न्यायाधीशहरू रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्की सुझावका लागि समितिको कार्यालय सिंहदरबार पुगेका थिए। उनीहरूले न्यायाधीशको हकमा पुनर्नियुक्ति पनि आवश्यक नरहेको जनाउँदै संवैधानिक अदालत र सर्वोच्चको क्षेत्राधिकारमा विवाद आउने भएकाले त्यस्तो व्यवस्था नगर्न सुझाव दिएका थिए। न्यायाधीशहरूले सर्वोच्चको स्वतन्त्रतामा व्यवधान पुग्नेसमेत धारणा राखेका थिए। ‘उहाँहरूको कुरा सुन्यौं,' पौडेलले भने, ‘उहाँहरूले संवैधानिक अदालत समस्याग्रस्त हुन सक्छ भनेर भन्नुभयो। अब बाँकी निर्णय हामी गर्छौं।'
सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि न्यायाधीशहरूले सर्वोच्चलाई नै बलियो बनाउन सुझाव दिएको जानकारी दिए। ‘संवैधानिक अदालत अहिले नराखे पनि हुन्छ,' उनले न्यायाधीशहरूको भनाइ उद्धृत गर्दै भने, ‘किन राख्न खोज्नुभएको हो? सर्वोच्चलाई आर्थिक रूपबाट सबल बनाउने र प्रशासनिक अधिकार पनि दिनुपर्छ। त्यसो भयो भने न्याय गर्न सुलभ हुन्छ।'
न्यायाधीशहरूले संवैधानिक अदालतले खर्च बढाउने र नजिरमा पनि विवाद हुने बताएका थिए। ‘सम्पूर्ण काम सर्वोच्चबाट हुन्छ भने छुट्टै अदालत किन चाहियो? न्यायिक आयोगको सट्टा परिषद राखेर संख्या सानो बनाउनुपर्छ,' उनीहरूले भनेका थिए।
न्यायाधीशहरूले राजनीतिक प्रभाव बढी पर्ने भएकाले आयोगमा धेरै सदस्य राख्ने व्यवस्था पनि नगर्न आग्रह गरेका थिए। उपसमितिले तयार पारेको प्रतिवेदनमा संविधानसँग संघीय व्यवस्थापिकाबाट निर्मित ऐन र प्रदेश व्यवस्थापिकाबाट निर्मित ऐन बाझिए, संघीय ऐनसँग प्रादेशिक ऐन बाझिए, आधारभूत संरचनाका रूपमा संविधानमा कुनै विषय राखिए, प्रतिनिधिसभाको विघटनको संवैधानिकता सम्बन्धी विवाद, संघ र प्रदेशबीचको विवाद, सीमासम्बन्धी विवाद, राजनीतिक दलहरूको मान्यतासम्बन्धी विवाद, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र संघीय व्यवस्थापिकाको निर्वाचन बदरसम्बन्धी उजुरी, संवैधानिक अदालतको अन्य अधिकार र कार्यविधि कानुनबमोजिम हुने प्रस्ताव गरिएको छ। समितिको बैठकमा पनि यस विषयमा विवाद देखिएको छ।
कांग्रेस र एमालेका नेताहरू संवैधानिक अदालत राख्न नहुने पक्षमा देखिएका छन्। त्यस्तै, उपसमितिले तयार गरेको प्रस्तावमा सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अदालतका न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाही र बर्खास्तगीसम्बन्धी विषयमा सिफारिस गर्न वा परामर्श दिन संघीय न्यायिक आयोगको प्रस्ताव गरिएको छ।
त्यसको अध्यक्ष प्रधानन्यायाधीश रहने भए पनि राष्ट्रपतिको सिफारिसमा प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, कानुनविद, अधिवक्तालगायत रहने व्यवस्था गरिएको छ। आयोग ११ सदस्यीय रहने व्यवस्था गरिएको छ। यस विषयमा पनि न्यायाधीशहरूको आपत्ति रहेको थियो। यसले गर्दा राजनीतिक दबाबका आधारमा न्यायाधीशहरूको नियुक्ति भए अदालतमा राजनीति हाबी हुने धारणा राखेका थिए।