काठमाडौं-अर्थमन्त्री रामशरण महतले भारतसँग विद्युत व्यापार सम्झौता (पीटीए) नगरे विदेशी लगानी नआउने बताएका छन्। नेपालबाट बिजुली बेच्न सकिन्छ भन्नेमा लगानीकर्ता विश्वस्त नभएसम्म जलविद्युतमा लगानी नभित्रिने बताएका हुन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १५ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री महतले सो कुरा बताएका हुन्।
देश विकासमा व्यवधानकारी प्रवृत्ति देखा परेको भन्दै अर्थमन्त्री महतले त्यसलाई समाधान नगरेसम्म नेपालको प्रगति हुन नसक्नेमा जोड दिए। 'नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउनु पर्छ भन्दा त्यसलाई निषेध गर्ने प्रवृत्ति देखा परेको छ,' अर्थमन्त्री महतले भने, 'भारतसँग पिटिए गर्नुपर्छ भन्दा विद्युतमा भारतको एकाधिकार रहने भो भनेर 'ब्याङकरप्ट' हल्ला चलाइयो, यस्तो सोचले देशलाई फेरि पश्चगमनतर्फ लैजान्छ।'
देशलाई समृद्धिको बाटोमा लैजान खुला बजार अर्थतन्त्रको विकल्प नभएको भन्दै अर्थमन्त्री महतले त्यसका लागि नियमन जरुरी भएको बताए। 'संसारलाई आर्थिक रुपमा सबल बनाउने हो भने नियमन भित्रको उदार अर्थतन्त्र चाहिन्छ,' अर्थमन्त्री महतले भने, 'त्यसका लागि सबैभन्दा पहिले सरकार बलियो हुनुपर्छ ।'
राज्य संयन्त्र बलियो भए मात्रै अन्य क्षेत्र सबल हुने भन्दै अर्थमन्त्री महतले विधिको शासन कायम गर्न सक्ने क्षमता सरकारमा हुनुपर्नेमा जोड दिए। उनले सरकारले अवलम्बन गरेको खुला बजार अर्थ नीतिबाट निजी क्षेत्रको विकास भए पनि सरकार आफ्नो तर्फबाट भने कमजोर भएको बताए। 'खुला बजार नीतिपछि निजी क्षेत्रमा अस्पताल, शैक्षिक संस्था, सञ्चार क्षेत्रको विकास भयो,' उनले भने, 'तर सरकार भने कमजोर कर्मचारी प्रशासनका कारण नियमन गर्न असफल भएको छ।' उनले कर्मचारीतन्त्रमा राजनीतीकरण भएका कारण सरकार असफल भएको बताए। 'एउटा सरकार आउँदा कर्मचारी एक खालका हुन्छन् अर्को सरकार आएपछि कर्मचारी परिवर्तन भइसक्छन्,' उनले भने, 'जुन दुर्भाग्यपूर्ण हो ।'
महतले सुरुमा अन्य राजनीतिक दलले खुला अर्थनीतिको विरोध गरेपनि अन्तिममा सहमत भएको भन्दै सीमित राजनीतिक लाभका लागि विरोधको कुनै अर्थ नहुने बताए। 'बाँदरको हातमा नरिवल भनेजस्तो खाली पानीको मात्रै कुरा गरेर हुन्छ,' अर्थमन्त्री महतले प्रश्न गरे, 'बिजुलीमा नेपाललाई आत्मनिर्भर बनाउने कुरामा सबैले मिलेर काम गर्नुपर्छ।' सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले पत्रकारितामा विषयगत संस्थाहरु बन्दा कहिलेकाँही समाचार कार्टेलिङ हुने गरेको भन्दै यसतर्फ सचेत हुन आग्रह गरे ।
यस्तै अर्का पूर्वअध्यक्ष गोपाल तिवारीले नियमनकारी निकायहरुले प्रष्ट भिजनका साथ निर्देशनहरु ल्याउनुपर्नेमा जोड दिए । उनले नेपाल राष्ट्र बैंकले प्रष्ट उद्देश्यका साथ निर्देशन नल्याउँदा लगानीकर्ता हतोत्साही भएको र सेयर बजार ओरालो लागेको उनको भनाइ थियो ।