काठमाडौं- प्रमुख दलहरूले 'नेपालको स्वाधीन सार्वभौमिकता, भौगोलिक अखण्डता र जनतामा निहीत सार्वभौमसत्ता' बाहेक अन्य सबै विषयमा संविधान संशोधन गर्न सकिने सहमति कायम गरेका छन्। प्रमुख दलहरूबीच भएको उक्त सहमति संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा भने प्रवेश भएको छैन।विधिको शासन, स्वतन्त्र न्यायपालिका, मौलिक अधिकार, मानवअधिकार, प्रेस स्वतन्त्रता, बहुलवाद, बहुदलीय प्रतिस्पर्धा, बालिग मताधिकार र आवधिक निर्वाचनसम्बन्धी मूल्य र मान्यता पनि परिवर्तनीय धारामा राख्न प्रमुख दलहरू सहमत भएका छन्। तर, यी विषय संशोधन गर्नुपरे जनमत संग्रहमा गएर अनुमोदन गराउनुपर्नेछ।
'गणतन्त्रात्मक व्यवस्था' सम्बन्धी विषय संविधानको प्रस्तावनामा रहेकाले त्यस विषयमा टुंगो लागेको छैन। राप्रपा नेपालले 'गणतन्त्रात्मक व्यवस्था' अपरिवर्तनीय राख्ने विषयमा असहमति जनाएको थियो। यो विषय प्रस्तावनामा पर्ने भएकाले संविधानका सबै विषय टुंगो लगाउँदा नै टुंग्याउने गरी पन्छाइएको छ।
स्वाधीन सार्वभौमिकता, भौगोलिक अखण्डता, जनतामा निहीत सार्वभौमसत्ता बाहेकका विषय संशोधन गर्ने बेला संसदको दुईतिहाइको निर्णयपछि जनमत संग्रहमा गएर संशोधन गर्न सकिने सहमति भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी गराए।
संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको उपसमितिले भने नेपालको स्वाधीन सार्वभौमिकता, भौगोलिक अखण्डता, जनतामा निहीत सार्वभौमसत्ता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मौलिक अधिकार, मानवअधिकार, प्रेस स्वतन्त्रता, बहुलवाद, बहुदलीय प्रतिस्पर्धा, बालिग मताधिकार र आवधिक निर्वाचनसम्बन्धी मूल्य र मान्यता पनि परिवर्तन गर्न नसकिने धारामा समावेश गर्ने गरी प्रतिवेदन तयार पारेको थियो।
बिहीबार संवाद समितिका सभापति बाबुराम भट्टराईले शीर्ष नेताहरूसँग गरेको छलफल क्रममा एकीकृत माओवादीले बहुलवाद, बहुदलीय प्रतिस्पर्धा, बालिग मताधिकारलगायत विषय परिवर्तनीय हुनुपर्ने धारणा राखेपछि अन्यलाई पनि परिवर्तनीय विषयमा थप गरिएको थियो। तर, संविधान संशोधनको निर्णयपछि जनमत संग्रहमा जानुपर्ने निष्कर्षमा दलहरू पुगेका हुन्।
कांग्रेस, एमाले, एकीकृत माओवादीसँगको सहमतिपछि समितिका सभापति भट्टराईले राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चालगायत केही साना दलसँग छलफल गरेका थिए। यस विषयमा मधेसवादी दलका नेताहरूसँग भने शुक्रबार बिहान छलफल गरिने समितिले जनाएको छ।
'उपसमितिबाट आएका विषयमा हामीले छलफल गरी केही परिमार्जन गर्यौं ,' पौडेलले भने, 'यसमा प्रमुख दलको सहमति छ।' राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र जनतामा निहीत सार्वभौमसत्ताका विषयमा संविधान संशोधन गर्न नपाइने, तर संविधानका आधारभूत सिद्धान्तमा रहेका केही व्यवस्था संशोधन गर्नुपर्ने भए संसदको निर्णयपछि जनमतसंग्रहमा गएर अनुमोदन गर्नुपर्ने उनले बताए।
यसैगरी, प्रदेशको सीमा र उसको अधिकारका विषयलाई लिएर संशोधन गर्नुपरे प्रदेशको अनुमतिमा संसदको दुईतिहाइले संशोधन गर्न सक्नेछ। धेरै प्रदेश वा सबै प्रदेशसँग सम्बन्धित विषय भने बहुमत प्रदेशसहित संसदको दुईतिहाइले संशोधन गर्न सक्ने व्यवस्थामा दलहरू सहमत भएका छन्।
'संविधानका आधारभूत कुरालाई त्यसबखतको संसदले दुईतिहाइबाट संशोधन गर्नुपर्ने प्रस्ताव पारित गरेर जनमत संग्रहले मात्र अनुमोदन गर्ने विषयमा सहमति भएको छ,' विवाद समाधान उपसमितिका संयोजक लक्ष्मणलाल कर्णले भने, 'प्रदेशको सीमा र उसको अधिकारका विषयसँग सम्बन्धित धारा संशोधन गर्नुपर्ने प्रान्तको पनि सहमति अनिवार्य छ।' प्रमुख दलका शीर्ष नेतासहितको बैठकले संविधानको नाम 'नेपालको संविधान' मात्र राख्न सहमति गरेको छ।
बैठकले संक्रमणकालीन व्यवस्थाको पनि टुंगो लगाएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको समयावधि शासकीय स्वरूपसम्बन्धी विवाद टुंगो लगाउँदा एकैपटक लगाउने निष्कर्ष निकालेको छ भने न्यायपालिका नयाँ संविधानको ढाँचा तयार नभएसम्म अहिलेकै अवस्थामा राख्ने, संवैधानिक अंगका पदाधिकारी पनि नयाँ संविधानबमोजिम अर्को नियुक्ति नभएसम्म राख्ने विषयमा सहमति जुटेको छ। त्यस्तै, संसदको शून्यताको परिकल्पना गरिएको छैन।
'संविधानबमोजिमको ढाँचा तयार नभएसम्म न्यायपालिकाको ढाँचा अहिलेकै हुन्छ,' कर्णले भने, 'संवैधानिक अंगका पदाधिकारी पनि अर्को नियुक्ति नभएसम्म संविधानबमोजिम नै रहन्छ। संसदको शून्यताको अवस्था हुँदैन। संविधान बनेपछि यो व्यवस्थापिका संसदमा परिणत हुन्छ। अर्को संसदको निर्वाचन भएर पहिलो अधिवेशनसम्म यो कायमै रहन्छ।'
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिहीबार भएको सहमतिलाई महत्वपूर्ण भनेका छन्। 'संविधान संशोधन प्रक्रियाका विषयमा महत्वपूर्ण सहमति भयो,' थापाले भने, 'राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताजस्ता विषयबाहेक अरू सबै परिवर्तन हुन सक्ने सहमति भएको छ।' असंशोधनीय सूची लामै भए पनि सबैमा सहमति हुन नसकेको उनको भनाइ थियो।
यसैबीच, राष्ट्रिय गान र निशाना छापको सम्बन्धमा राष्ट्रको सम्मान र भावनामा प्रतिकूल नहुने गरी प्रदेशले आफ्नो निशाना छाप बनाउने वा नबनाउने भन्ने विषयमा विवाद भएकाले संघीयताको विषयसँग एकैपटक टुंगो लगाउने सहमति भएको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रप्रमुखले समानुपातिक समावेशी सिद्धान्तका आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्त गर्न सक्ने विषयमा पनि सहमति भएको छ।