काठमाडौं-संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितका सभापति बाबुराम भट्टराईले इच्छाशक्ति हुने हो भने विवादित विषयमा केहि घण्टामानै सहमित जुट्न सक्ने बताएका छन्।
समितिको कार्यालय सिंहदरवारमा पत्रकारहरुसँग नियमित भेट गर्दै एमाओवादीका बरिष्ठ नेता समेत रहेका भट्टराईले संविधानका विवादित विषय मिलाउन ८ दिन बाँकी रहेको बताउँदै यो प्रसस्त समय भएको बताए। थोरै समयमा पनि सहमति जुट्न सक्ने उनको भनाई थियो।
सहमतिको लागि शीर्ष नेतामा पहल भइरहेको उनले बताए। एक चरण वौद्य माओवादी सँग पनि छलफल गरेर सुझाव सहित विषयहरु टुंग्याउँदा राम्रो हुने उनले भनाई छ।
२१ गते सम्म सहमति नभए प्रक्रियामा जान्छ भन्ने प्रश्नमा भट्टराईले प्रक्रियामा गएर संविधान बनाउने अवस्था नभएको बताए। 'सहमति जुटाएर जानुपर्छ भन्ने नै हो' भट्टराईले भने।
अहिले सम्म सम्वाद समितिको ३५ वटा वैठक बसेको, सरोकारवालाहरुसँग छलफल जारी राखेको, संविधानसभमा भएका दलहरुसँग र वाहिर भएका दलहरुसँग छलफल गरेको भट्टराईले जानकारी गराए। राज्यको पुनसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति जुट्न बाँकी रहेको छ।