काठमाडौं- राजनीतिक दलकै सिफारिसमा मन्त्रिपरिषदले शुक्रबार गरेको १७ सभासद मनोनयन निर्णयप्रति सत्तारुढ दलमै तीव्र असन्तुष्टि देखिएको छ। नेपाली कांग्रेस र नेकपा एमाले नेताहरुले संस्थागत निर्णय नभई पार्टी प्रमुखको चाहनामा मनोनयन गरिएको भन्दै नेताहरुले आपत्ति जनाएका छन्। राप्रपा नेपालमा पनि असन्तुष्टि पोखिएको छ।'केन्द्रीय कार्यसम्पादन समिति र बोर्ड कतै छलफल र अनुमोदनसमेत नगराई पार्टीको सिफारिसमा सरकारले सभासद मनोनयन गरेको खबर सञ्चार माध्यमबाट पाएँ,' नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले नागरिकसँग भने, 'यसले आश्चर्यचकित र स्तब्ध पारेको छ।' उनले मनोनीत नामका बारेमा कुनै टिप्पणी नभए पनि प्रक्रियाप्रति आफ्नो तीव्र विरोध जनाएको बताए। कांग्रेसमा कार्यसमिति वा संसदीय बोर्डमा पार्टी सभापतिले व्यक्तिको नाम सिफारिस गर्ने र त्यसैले अनुमोदन गर्ने प्रक्रिया भएको उनले बताए। खड्का कार्यसमिति र बोर्ड दुवैमा सदस्य छन्।
मनोनयन सिफारिस गर्दा अध्यक्ष केपी शर्मा ओलीले पार्टी पद्धति मिचेको आरोप एमाले नेताहरुले लगाएका छन्।
'संस्थागत निर्णय भएको छैन, पदाधिकारी बैठकमा सबैले कस–कसलाई पठाउने हो भनेर नाम माग्नुभयो। ओलीले नाम प्रस्तुत गरेर छलफल गर्ने निर्णय भएको थियो,' सचिव योगेश भट्टराईले नागरिकसँग भने, 'महाधिवेशनमा पार्टीभित्र लोकतान्त्रिक पद्धति कायम गर्छु र संस्थागत निर्णय गर्छु भन्ने अध्यक्षले एकलौटी नाम पठाउन भयो।' मनोनीत नाममा नभई पद्धतिमै समस्या देखिएको भट्टराईले बताए। 'यसअघि कमिटीमा नामहरु आउँथे। नेताहरुबीच लेनदेन कुराहरु हुन्थ्यो। पारित पनि हुन्थ्यो,' भट्टराईले भने, 'कुनै वरिष्ठ नेताहरुसँग परामर्शसमेत नगरी नाम पठाइयो। यो एमाले र अध्यक्ष दुवैका लागि दुर्भाग्यपूर्ण अवस्था हो।'
ओलीले सिफारिस गरिएको नाममा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम निकट कुनै पनि व्यक्ति परेका छैनन्।
'अध्यक्षले खोला तर्योे, लौरो बिर्स्यो भनेझैं गर्नुभयो,' उपाध्यक्ष गौतम निकट एक केन्द्रीय सदस्यले नागरिकसँग भने, 'यस्तो प्रवृत्तिले उहाँले गुट चलाउनु होला, तर पार्टी चलाउन सक्नु हुन्न।'
मनोनयनमा क्षेत्रीय सन्तुलनलाई समेत ध्यान नदिइएको आरोप उनले लगाए। '८ मा ७ नारायणीपूर्वका छन्,' ती केन्द्रीय सदस्यले भने, 'ओलीलाई चुनाव जिताएको नारायणी पश्चिमले हो नि, त्यसलाई समेत ख्याल गर्नुभएन।'
अध्यक्ष ओलीले आफूनिकट ५ र महासचिव ईश्वर पोखरेल निकट ३ गरी ८ जनाको नाम सिफारिस गरेका थिए। महासचिवले त पत्नी मीरा ध्वंजुलाई नै सभासद बनाएका छन्। ध्वंजु अखिल नेपाल महिला संघकी सचिव हुन्।
एमालेमा सरकारी नियुक्तबारे पनि असन्तुष्टि देखिएको थियो। सुकुम्वासी आयोग र संसदको सभापति नियुक्त गर्दा पनि ओलीले एकलौटी गरेको असन्तुष्ट पार्टी नेताको आरोप छ। 'ओलीको अहिलेसम्मको पार्टी सञ्चालन हेर्दा संस्थागत गर्ने नभई गुटलाई टेवा दिने देखिएको छ,' भुसालले नागरिकसँग भने।
राप्रपा नेपालमा असन्तुष्ट पक्षका नेता पद्मसुन्दर लावतीले गणेश थापालाई सभासद बनाइएकोमा विरोध गरेका छन्।