काठमाडौं- संविधानसभा संवाद समिति सभापति बाबुराम भट्टराईले संविधानका अन्तर्वस्तुमा सहमति हुन नसके प्रक्रियामा लगेर मात्रै संविधान नबन्ने बताएका छन्। 'प्रक्रियाबाट टुंगो लगाउँदा शान्ति र संविधानको काम पूरा हुँदैन,' शुक्रबार नियमित पत्रकार सम्मेलन गरी भट्टराईले भने, 'सहमतिबाटै संविधान बन्नुपर्छ। १२ बुँदेपछिको यात्रा पनि यही हो। एउटा सानो पक्षले संविधान जलायो भने थप समस्या उत्पन्न हुन्छ। उपेन्द्र यादवको एउटा समूहले अन्तरिम संविधान जलाएपछि त्यो पछि आगोझैं फैलियो। सबै दल अडानबाट पछि हटेर पनि सहमतिमा मात्रै संविधान निर्माण गर्नुपर्छ।'
संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्न अब ८ दिनमात्र बाँकी छ। यो समयमा सहमति कायम हुन नसके संविधानको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने हुन्छ।
भट्टराईले आउँदा हप्ता निकै महŒवपूर्ण भएको बताए। 'आउँदो हप्ता निकै महŒवपूर्ण छ,' भट्टराईले भने, 'अहोरात्र खटिनुपर्छ। दिनभर र रातभर नै लाग्यौं भने सहमति हुन्छ। अन्त्यमा सहमति हुने पहिलेदेखिकै प्रचलन हो। विवाद मिलाउने केहीघन्टाको मात्र काम हो। दिन, हप्ता त लामो समय भइहाल्यो। म अझै पनि आशावादी छु।'
नेकपा–माओवादीको नेतृत्वमा रहेको मोर्चासँग वार्ता नगरी संविधानका अन्तर्वस्तुमा सहमति कायम भए पनि समस्या उत्पन्न हुने उनले बताए। 'मैले पनि उहाँहरु (वैद्य नेतृत्वको मोर्चा) सँग सहमति नभई यता टुंगो नलागोस् भन्ने चाहेको छु,' भट्टराईले भने, 'वार्ताको प्रक्रिया र राष्ट्रिय सम्मेलनको मोडालिटीबारे छलफल हुँदा ढिलाइ भयो।'
भट्टराईले संविधानले सबैको भावना समेट्नुपर्ने भएकाले आफूले सरोकारवाला निकायसँगको छलफल निरन्तर जारी राखेको जनाए। उनले अहिलेसम्म १७ वटा समूहसँग छलफल गरेको बताए।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सत्तापक्षकै कारण कार्यतालिका भेट्टाउन समस्या पर्ने स्पष्ट पारेका छन्। व्यवस्थापिका संसद्को बैठकमा शुक्रबार धारणा राख्दै संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन पहल गर्ने काम सरकारको भए पनि उल्टै विपक्षीले पहल गर्नुपरेकाले कार्यतालिका भेट्टाउन समस्या पर्ने धारणा राखे।
'कार्यतालिका नभेट्टाउने खतरा पैदा भएको छ,' दाहालले भने, 'अहिले यहाँ विचित्रको स्थिति बनेको छ। लगातार सत्तापक्षसँग वार्ताका लागि तिव्रता दिनुपर्योक भन्दा पनि वास्तै छैन। हामीलाई अनौठो लागेको छ। सत्तापक्षभन्दा प्रतिपक्षी नै बढी दौडधुप गर्नुपर्ने।'
उनले सरकार नै कार्यतालिका भेट्टाउन तयार छैन भन्ने उसका व्यवहारले पुष्टि गरेको दाहालको जिकिर थियो। उनले शान्ति प्रक्रिया र संविधान निर्माण फरक तरिकाले अघि बढ्न नसक्ने धारणासमेत राखे। 'शान्ति प्रक्रियालाई बाहिर राखेर संविधान र संविधान निर्माण प्रक्रियालाई बाहिर राखेर शान्ति प्रक्रिया पूरा हुनै सक्दैन, यी सँगसँगै अघि बढ्ने कुरा हुन्।'
दाहालको यो भनाइलाई लिएर सत्तारुढ दलका केही नेता थप सशंकित बनेका छन्। 'शान्ति प्रक्रियाका काम पूरा हुने भनेको सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरेर त्यसले काम पूरा गरेपछि मात्र हो,' एक नेताले भने, 'तर संविधान अहिले नै बनाउनुपर्छ। दाहालको भनाइ नै शंकास्पद छ।'
संविधान निर्माणका विवादित विषय राज्यको पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा दलबीच विवाद कायमै छ।