काठमाडौं- संविधानसभाले पारित गरेको संविधान निर्माण कार्यतालिकाअनुसार भदौ २१ भित्र अन्तर्वस्तुमा सहमति जुटाउनु चुनौतीपूर्ण देखिएको छ। कार्यतालिकाअनुसार सहमति जुटाउन ६ दिन मात्र बाँकी छ, तर संविधान निर्माणका पेचिला मुद्दामा सहमति त परै, अघिल्लो संविधानसभाको कार्यकालमा सहमति जुटिसकेका कतिपय विषयमा समेत अहिले विवाद थपिएका छन्।अबको ६ दिनभित्र सहमति नभए मतदान प्रक्रियामा गएर विवादित विषय टुंगो लगाउने या कार्यतालिका संशोधन गर्ने भन्नेमा पनि दलहरू अन्योलमा छन्। कांग्रेस र एमालेका केही नेता मतदान प्रक्रियामा गएर भए पनि विवादलाई टुंगो लगाउनुपर्ने पक्षमा छन् भने एमाओवादी मतदान प्रक्रियामा जान नहुने पक्षमा छ। एमाओवादी नेताले मतदान प्रक्रियाबाट असहमतिका विषय टुंगो लगाइए संविधान मस्यौदा जलाउने चेतावनी दिइसकेका छन्।
भदौ २१ पछि मस्यौदाका लागि छुट्ट्याइएको समयमा पनि सहमति कायम गर्न सकिने पक्षमा भने सबै दल छन्। कांग्रेस–एमालेका नेताहरूले मतदान नै भए पनि त्यसपछि पनि सहमतिको प्रयास गर्न सकिने जनाएका छन्। तर, संविधान जारी गर्ने मिति माघ ८ भन्दा पछि लैजान नहुनेमा भने सबै दलको समान धारणा छ।
संविधानसभाबाट सहमति भएका विषयमा मस्यौदा निरन्तर गर्दै जाने र असोज मसान्तसम्म संविधानको पहिलो मस्यौदालाई अन्तिम रूप दिई जनताको राय–प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ। यो समयमा पनि सहमतिको प्रयास जारी राख्न सकिने नेताहरू बताउँछन्।
संविधानसभाले पारित गरेको कार्यतालिकाअनुसार सहमति हुने या नहुने र समितिले अहिलेसम्म गरेको कामसम्बन्धी विषयलाई लिएर संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार बिहान संविधानसभाअन्तर्गतका पाँचवटै समितिका सभापतिसँग छलफल गर्दैछन्। संविधानसभा भवन नयाँ बानेश्वरमा सबै समितिले अहिलेसम्म गरेका काम र बाँकी समयावधिका विषयमा छलफल गर्न सभापतिहरूलाई अध्यक्ष नेम्वाङले बोलाएका हुन्। उक्त बैठकमा कार्यतालिकाका विषयमा पनि छलफल हुनेछ।
अहिलेसम्म राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा दलहरूबीच सहमति कायम हुन सकेको छैन।
बाँकी ६ दिनमा संविधानसभा बाहिर रहेको नेकपा–माओवादी नेतृत्वको मोर्चासँग पनि सहमति कायम गर्नुपर्ने बाध्यात्मक अवस्था दलहरूसामु छ। नियमावलीमा तोकिएको समय अर्थात भदौको तेस्रो साताभित्र संविधानका अन्तर्वस्तुमा सहमति
'अब बाँकी दिनमा बिहानदेखि बेलुकासम्म सहमतिका लागि प्रयास जारी राख्छौं,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नागरिकसँग भने, 'हामी २१ गतेसम्म सहमति नै गरेर पठाउँछौं, तर कथंकदाचित हुन सकेन भने सहमति प्रयास पनि जारी राखेर प्रक्रियामा पनि अघि बढ्नुपर्छ।' पौडेलले धेरै विषय सहमतिनजिक आइसकेकाले संविधानका विवादित विषयमा पनि बाँकी अवधिमा सहमति जुट्ने दाबी गरे।
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले भने प्रक्रियामा लैजान पनि पहिले सहमति आवश्यक रहेको बताए। 'प्रक्रियामा लगेर मतदानमार्फत टुंगो लगाउन पनि विषयवस्तु तयार हुनुपर्छ,' रावलले नागरिकसँग भने, 'प्रक्रियामा लैजाने विषय अहिले संवाद समितिमै छन्।' तर, संवाद समितिका सभापति बाबुराम भट्टराईले भने विवादिन विषयलाई प्रक्रिया (मतदान) मा लगे संविधान नै नबन्ने ठोकुवा गरे। 'प्रक्रियाबाट टुंगो लगाउँदा शान्ति र संविधानको काम पूरा हुँदैन,' भट्टराईले भने, 'सहमतिबाटै संविधान बन्नुपर्छ। १२ बुँदेपछिको यात्रा पनि यही हो। एउटा सानो पक्षले संविधान जलायो भने थप समस्या उत्पन्न हुन्छ। सबै दल अडानबाट पछि हटेर सहमतिमा मात्रै संविधान निर्माण गर्नुपर्छ।'
शुक्रबार संवाद समितिका सभापति भट्टराईले नियमित पत्रकार सम्मेलनमा आगामी साता निकै महत्वपूर्ण रहेको बताएका थिए। 'आउँदो साता निकै महत्वपूर्ण छ,' भट्टराईले भने, 'अहोरात्र खटिनुपर्छ। दिनभर र रातभर नै लाग्यौं भने सहमति हुन्छ। अन्तिम समयमा गएर सहमति हुने पहिलेदेखिकै प्रचलन हो। विवाद मिलाउने हो भने केही घन्टाको मात्र काम हो। दिन, हप्ता त लामो समय भइहाल्यो।' उनले सहमति जुट्ने कुरामा आफू आशावादी भएको पनि बताए।
नेकपा–माओवादीको नेतृत्वमा रहेको मोर्चासँग वार्ता नगरी संविधानका अन्तर्वस्तुमा सहमति कायम भए पनि समस्या उत्पन्न हुने उनको धारणा छ। 'मैले पनि उहाँहरू (वैद्य नेतृत्वको मोर्चा) सँग सहमति नभई यता टुंगो नलागोस् भन्ने चाहेको छु,' भट्टराईले भने, 'वार्ता प्रक्रिया र राष्ट्रिय सम्मेलनको मोडालिटीका विषयमा छलफल हुँदा ढिलाइ भयो।'
भट्टराईले संविधानले सबैको भावना समेट्नुपर्ने भएकाले पनि आफूले सरोकारवाला निकायसँगको छलफल निरन्तर जारी राखेको जनाए। उनले अहिलेसम्म १७ वटा समूहसँग छलफल गरिसकेका छन्।