'संविधानसभामै पठाऊँ विमत्ति'
१५ भदौ २०७१
•
८ मिनेट पाठ
'संविधानसभामै पठाऊँ विमत्ति'
काठमाडौं- संविधानसभाअन्तर्गत समितिका सभापतिहरूले कार्यतालिका संशोधन गर्दा समस्या उत्पन्न हुने जनाउँदै विवादका विषयलाई जस्ताको त्यस्तै संविधानसभा पठाउन सुझाव दिएका छन्।संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका सभापतिसँग आइतबार गरेको छलफलमा उनीहरूले कार्यतालिका संशोधनतिर नजान जोड दिएका हुन्।




संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले भदौ २१ भित्र संविधानका अन्तर्वस्तुमा सहमति गरी संविधानसभामा प्रतिवेदन पेस गर्नुपर्ने कार्यतालिका छ। अहिलेसम्म मुख्य विषयमा विवाद थाती नै छ। विवादित विषयमा गम्भीर रूपमा बहससमेत हुन सकेको छैन।
'संवाद समितिले २१ गतेसम्म सहमति भएका विषयको आंशिक प्रतिवेदन र सहमति नभएका विषयको अर्को प्रतिवेदन संविधानसभामा पेस गर्छ,' स्रोतले भन्यो, 'त्यसपछि नियमावलीअनुसार प्रक्रिया अघि बढ्छ।' नियमावलीमा संवाद समितिमा सहमति कायम हुन नसके विवादका विषय संविधानसभामै पठाउन सकिने व्यवस्था छ।
अध्यक्ष नेम्वाङले दल र समितिका सभापतिहरूलाई अब छलफल मात्र गरेर नहुने, लेनदेन गरेर भए पनि निर्णयमा पुग्न आग्रह दोहोर्यााएका थिए। बैठकपछि नेम्वाङले सबै विषय संवाद समितिमा पुगेकाले सहमति जुटाउन सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए। 
'नियमावलीमा उल्लेख भएअनुसार काम गर्नुपर्छ। अन्तिम समयसम्म पनि काम गरेर निकास निकाल्नुपर्छ,' उनको सुझाव थियो। 
समितिको बैठकमा संवाद समितिका सभापति बाबुराम भट्टराईले शीर्ष नेताहरूले अहिले पनि विवादित विषयमा गम्भीर ध्यान दिन नसकेको गुनासो सुनाउँदै अब कार्यतालिका संशोधन गर्न नहुने बताएका थिए। 'कार्यतालिका बदल्नु हुन्न,' भट्टराईलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'अहिलेदेखि नै बदल्न थाल्ने हो भने संविधान निर्माण प्रक्रिया अर्कैतिर जान्छ। पार्टीका शीर्ष नेतृत्व जति गम्भीर हुनुपर्ने हो, हुन सकेका देखिँदैनन्।' भट्टराईले विवाद समाधान उपसमितिमा भएका सहमति पनि उल्टिन थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
'शीर्ष तहमा चार चरणको वार्ता भइसक्यो,' भट्टराईले भनेका थिए, 'उहाँहरू (शीर्ष नेता) ले त्यति ध्यान दिएको पाइएन। उपसमितिमा भएका सहमति पनि समितिमा आउँदा उल्टिन थाले। यो राम्रो होइन। अब जम्मा छ दिन बाँकी छ। तर, काम गराइ हेर्दा सहमति हुने सम्भव देखिएको छैन। मुख्य विषयमा सहमति भएकै छैन।' 
भट्टराईले संविधानसभा बाहिरका विभिन्न समूहसँग उपसमितिले वार्ता गरे पनि मोहन वैद्य नेतृत्वको मोर्चासँग वार्ता गर्न सरकारसँग पटक–पटक आग्रह गरेको, तर अहिलेसम्म हुन नसकेको बताएका थिए। 
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले पनि कार्यतालिका बदल्न नहुने धारणा राखेका थिए। 'अब कार्यतालिका बदल्नु हुँदैन,' सिटौलालाई उद्धृत गर्दै स्रोतले भन्यो, 'संविधानसभा अध्यक्षले पनि पहल लिनुपर्योय। हामीले आफ्नो काम फास्ट ट्र्याकमा जारी राखेका छौं। प्रयास गर्ने हो भने बाँकी दिनमा पनि सहमति जुट्न सक्छ। असम्भव भन्ने छैन।' उनले पाँचवटा उपसमितिले सहमति भएका विषयमा काम जारी राखेको जानकारी दिएका थिए।
निर्क्योल समितिका सभापति विष्णु पौडेलले पनि खतराको घन्टी बजिसकेकाले सतर्क रहनुपर्ने अवस्था आएको धारणा राखेका थिए। 'माघ ८ गतेभित्र संविधान जारी गर्न सहमतिका साथ अघि बढ्नुपर्छ भन्ने जोड हो,' उनले पत्रकारहरूसँग भने, 'सहमति नभएका विषय कसरी ल्याउने भन्ने सम्बन्धित समितिले नै जान्ने कुरा भयो। तर, कार्यतालिका परिवर्तन गर्नु हँुदैन भन्नेमा म दृढ छु। कार्यतालिका परिवर्तन गर्ने हो भने त्यसले उत्पन्न गर्ने समस्याको शृंखला बढ्दै जान्छ। पारित भएको कार्यतालिका फलो गरेर अघि बढ्नुपर्छ।' पौडेलले कार्यतालिका बनाउँदा नै कति समय बाँकी छ भन्ने हेक्का राखेर पारित गरिएको बताए। 'पहिले कार्यतालिका बनाउँदा नै हेक्का राखेका थियौं,' उनले भने, 'समय कति छ भन्ने कुरा सबैलाई थाहा थियो।'
नागरिक सम्बन्ध समितिकी सभापति प्रमिला राणाले संविधान मस्यौदा जिल्ला लैजान गरिने पूर्वतयारीका लागि पनि आर्थिक समस्या देखिएको बताएकी थिइन्। क्षमता अभिवृद्धि समितिकी सभापति लक्ष्मी चौधरीले तोकिएको समयमा संविधान आउँछ भन्नेमा जनता नै विश्वस्त हुन नसकेको जनाउँदै अब समितिले किन काम गर्न सकेन भन्ने प्रश्न उब्जने बताएकी थिइन्।
भट्टराईले आइतबार बेलुकी पनि छलफललाई निरन्तरता दिएका थिए। बेलुकाको छलफलमा उपसमितिमा भएको सहमतिका विषयमा छलफल भए पनि कुनै विषयको टुंगो लाग्न नसकेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए। 'कार्यतालिका भेट्टाइन्छ भन्ने कुरा पत्याउनै पर्दैन,' उनले नागरिकसँग भने, 'सधैं जे गफ हुन्थ्यो त्यही गफ नै गरेर बिताइयो। संविधान बनाउन कोही पनि गम्भीर भएर लागेकै छैनन्। जातीय र क्षेत्रीय राज्य नभई हुँदैन भन्नेहरूले पनि आफ्नो अडान छाडेका छैनन्। प्रक्रियामा जान पनि मानेका छैनन्। रूख चढ्न सक्दिनँ, भुइँको काफल खान्नँ भनेजस्तो अवस्था छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस