काठमाडौं- संविधान सभाअन्तर्गतको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक प्रत्येक दिन गरिने भएको छ। भदौ २१ गतेभित्र नयाँ संविधान निमार्णका विवादित विषयमा सहमति खोज्न अनिवार्य कार्यतालिका भएकाका कारण सभापति बाबुराम भट्टराईले नियमित बैठक गर्न लागेको हुन्।राज्यको पुर्नसंरचना (संघीयतासहित), शासकीय प्रणाली, निर्वाचन प्रणाली र न्याय प्रणालीलगायतका विषयमा दलहरुबीच सहमति हुन अझै सकेको छैन।
विवादित वषयमा सहमति गर्न अब ५ दिनमात्रै बाँकी रहेकाले सभापति भट्टराईले बैठक नियमित गर्न लागेको हुन्। 'समितिमा रहेका सबै सभासद्को अनिवार्य उपस्थिति तथा पार्टीका शीर्ष नेतालाई पनि बैठकमा उपस्थित हुन अनुरोध गरेको छु,' भट्टराईले भने। समितिका आगामी बैठकहरुमा सभासद् तथा शीर्ष नेताले ब्यक्तिगत धारणा नराखी पार्टी धारणा राख्नम पनि भट्टराईले आग्रह छ।
भदौ २१ भित्रै सहमतिका लागि समितिले अधिकत्तम प्रयास गर्ने भट्टराईको भनाइ छ। सो दिनभित्र सहमति हुन नसकेमा विवादित विषय संविधान सभाको पूर्ण बैठकमा लगेर प्रक्रिया (मतदान)मार्फत् टुंग्याउने कार्यतालिका यस अघि नै बनिसकेको छ।
यो पनि पढ्नुस्:
अघिल्लो संविधान सभाका अधिकांश विषयमा सहमति