कर्मचारी समायोजन अदालतबाट धमाधम उल्टिँदै
१२ कार्तिक २०७८
•
३ मिनेट पाठ
कर्मचारी समायोजन अदालतबाट धमाधम उल्टिँदै
३ वर्ष अघि तत्कालिन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको समायोजनलाई सर्वोच्च अदालतले धमाधम उल्ट्याउन थालेको छ।




समायोजन उल्टयाउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका कर्मचारीको हकमा अदालतले समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ। ३४ जना कर्मचारीको हकमा भने अदातलले अन्तिम फैसला हुँदा सोही बमोजिम हुने गरी तत्काल संघमा समायोज गर्न अदालतले आदेश दिएको छ।

संघीय मामिला मन्त्रालयका सहसचिव नारायण अर्यालले अहिलेसम्म एक सय ९८ कर्मचारीको हकम समायोजन कार्यान्वयन तत्काल नगर्न अदालतबाट अन्तरिम आदेश आएको बताए।

तीमध्ये ३४ जना कर्मचारीलाई संघमा हाजिरी गर्न लगाइएको र बाँकि कर्मचारीहरूलाई संघमा हाजिरी गराउने प्रक्रिया सुरु गरिएको उनले बताए। उनका अनुसार समायोजन उल्ट्याउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका ४ सय ८७ जना कर्मचारीको मुद्दा अहिले विचाराधीन अवस्थामा छ।

समायोजन उल्ट्याइएका एक सय ९८ जना कर्मचारीमध्ये २ जनाको समायोजन पुनारावेदन र बाँकी एक सय ९६ वटा मुद्दा सर्वोच्चबाट उल्ट्एिका छन्।

केन्द्रमा दरबन्दी हुँदा हुँदाहुँदै दरबन्दी लुकाएर आफूलाई अन्यायपूर्वक प्रदेश/स्थानीय तहमा समायोजन गरिएको भन्दै समायोजन तत्काल कार्यान्वयन गर्न रोकिपाउ भनी प्रशासन सेवाका करिब एक हजार कर्मचारीहरूले अदालतमा मुद्दा दायर गरेका छन्।

अदालतमा मुद्दा दायर गरेका कर्मचारीको हकमा अदालतले तत्काल समायोजनको कार्यान्वयन नगर्न भन्दै धमाधम अन्तरिम आदेश दिएको हो। यस्तो आदेश अदालतबाट हप्ताजसो सरकार/लोकसेवा आयोगको नाममा आउने गरेको छ।

अदातलको आदेशबाट लोकसेवा आयोगका विज्ञापन पनि प्रभावित भएको छ। अदालतमा मुद्दा दायर गरेका व्यक्तिको हकमा दरबन्दी मिल्ने पदमा तत्काल पदपूर्ती नगर्न अदालतले आयोगको नाममा अन्तरिम आदेश दिएको छ। यसबाट मुद्दा दायर गरिएका कर्मचारीको मिल्ने पदमा भर्ना प्रक्रिया तत्काल स्थगित गरिएको छ।

प्रदेश तथा स्थानीय तहमा ठूलो संख्यामा कर्मचारीको अभाव भइरहेको बेला अदालतको यस्तो आदेशबाट प्रदेश तथा स्थानीय तहमा कर्मचारीको अभाब थपिएको संघीय मामिला मन्त्रालयका एक उच्च कर्मचारी बताउछन। त्यसमा पनि लोकसेवा आयोगले भर्ना प्रक्रिया अघि नबढाउदा कर्मचारी अभावको समस्या अरू चर्किने उनको भनाइ छ।

३ वर्ष अघि सरकारले संघ, प्रदेश र स्थानीय तहमा १ लाख ३१ जना कर्मचारी समायोजन गरेको थियो। कर्मचारी समायोजन गर्नुअघि सरकारले कर्मचारीहरूलाई समायोजन फाराम भर्न लगाएको थियो। समायोजन फाराममा धेरैजसो कर्मचारीहरूले संघ रोजेका थिए।

आवश्यक भन्दा धेरै कर्मचारीहरूले संघ रोजेपछि सरकारले सफ्टवयर बनाएर संघमा रोजेकामध्ये केही कर्मचारीहरूलाई प्रदेश तथा स्थानीय तहमा समायोजन गरेको थियो।

कर्मचारीहरूको इच्छा विपरित समायोजन गर्दा पनि त्यसबेला नै प्रदेश तथा स्थानीय तहमा ठूलो संख्यामा कर्मचारीको अभाव रह्यो।

२ वर्ष अघि संघीय लोकसेवा आयोगले स्थानीय तहकोलागि करिब ९ हजार कर्मचारीको भर्ना लिएको थियो। त्यो संख्याले पनि स्थानीय तहमा कर्मचारीको अभाव पूर्ती गर्न नसकेको संघीय मन्त्रालयका कर्मचारीहरू बताउछन्।

‘यसबाट समायोजन त्रुटीपूर्ण देखिएको पुष्टि हुन्छ,’ अदालतमा मुद्दा दायर गरेका एक कर्मचारीले भने।

मन्त्रालयका सचिव अर्यालले २ सय जना कर्मचारीको समायोजन उल्टियो भन्दैमा समायोजनको प्रक्रिया त्रुटीपूर्ण रहेको भन्न नमिल्ने बताए। ‘१ लाख ३१ जना कर्मचारीको समायोजन पूरा भएको छ। हामीले २ सय जनालाई मात्र हेर्नु हुँदैन,’ उनले भने।
अर्को समाचार
कर्मचारी समायोजन अदालतबाट धमाधम उल्टिँदै
१२ कार्तिक २०७८
•
३ मिनेट पाठ
कर्मचारी समायोजन अदालतबाट धमाधम उल्टिँदै
३ वर्ष अघि तत्कालिन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको समायोजनलाई सर्वोच्च अदालतले धमाधम उल्ट्याउन थालेको छ।




समायोजन उल्टयाउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका कर्मचारीको हकमा अदालतले समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ। ३४ जना कर्मचारीको हकमा भने अदातलले अन्तिम फैसला हुँदा सोही बमोजिम हुने गरी तत्काल संघमा समायोज गर्न अदालतले आदेश दिएको छ।

संघीय मामिला मन्त्रालयका सहसचिव नारायण अर्यालले अहिलेसम्म एक सय ९८ कर्मचारीको हकम समायोजन कार्यान्वयन तत्काल नगर्न अदालतबाट अन्तरिम आदेश आएको बताए। तीमध्ये ३४ जना कर्मचारीलाई संघमा हाजिरी गर्न लगाइएको र बाँकि कर्मचारीहरूलाई संघमा हाजिरी गराउने प्रक्रिया सुरु गरिएको उनले बताए।

उनका अनुसार समायोजन उल्ट्याउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका ४ सय ८७ जना कर्मचारीको मुद्दा अहिले विचाराधीन अवस्थामा छ। समायोजन उल्ट्याइएका एक सय ९८ जना कर्मचारीमध्ये २ जनाको समायोजन पुनारावेदन र बाँकी एक सय ९६ वटा मुद्दा सर्वोच्चबाट उल्ट्एिका छन्।

केन्द्रमा दरबन्दी हुँदाहुँदै दरबन्दी लुकाएर आफूलाई अन्यायपूर्वक प्रदेश/स्थानीय तहमा समायोजन गरिएको भन्दै समायोजन तत्काल कार्यान्वयन गर्न रोकिपाउ भनी प्रशासन सेवाका करिब एक हजार कर्मचारीहरूले अदालतमा मुद्दा दायर गरेका छन्।

अदालतमा मुद्दा दायर गरेका कर्मचारीको हकमा अदालतले तत्काल समायोजनको कार्यान्वयन नगर्न भन्दै धमाधम अन्तरिम आदेश दिएको हो। यस्तो आदेश अदालतबाट हप्ताजसो सरकार/लोकसेवा आयोगको नाममा आउने गरेको छ।

अदातलको आदेशबाट लोकसेवा आयोगका विज्ञापन पनि प्रभावित भएको छ। अदालतमा मुद्दा दायर गरेका व्यक्तिको हकमा दरबन्दी मिल्ने पदमा तत्काल पदपूर्ती नगर्न अदालतले आयोगको नाममा अन्तरिम आदेश दिएको छ।

यसबाट मुद्दा दायर गरिएका कर्मचारीको मिल्ने पदमा भर्ना प्रक्रिया तत्काल स्थगित गरिएको छ। प्रदेश तथा स्थानीय तहमा ठूलो संख्यामा कर्मचारीको अभाव भइरहेको बेला अदालतको यस्तो आदेशबाट प्रदेश तथा स्थानीय तहमा कर्मचारीको अभाब थपिएको संघीय मामिला मन्त्रालयका एक उच्च कर्मचारी बताउछन। त्यसमा पनि लोकसेवा आयोगले भर्ना प्रक्रिया अघि नबढाउदा कर्मचारी अभावको समस्या अरू चर्किने उनको भनाइ छ।

३ वर्ष अघि सरकारले संघ, प्रदेश र स्थानीय तहमा १ लाख ३१ जना कर्मचारी समायोजन गरेको थियो। कर्मचारी समायोजन गर्नुअघि सरकारले कर्मचारीहरूलाई समायोजन फाराम भर्न लगाएको थियो। समायोजन फाराममा धेरैजसो कर्मचारीहरूले संघ रोजेका थिए। आवश्यक भन्दा धेरै कर्मचारीहरूले संघ रोजेपछि सरकारले सफ्टवयर बनाएर संघमा रोजेकामध्ये केही कर्मचारीहरूलाई प्रदेश तथा स्थानीय तहमा समायोजन गरेको थियो।

कर्मचारीहरूको इच्छा विपरित समायोजन गर्दा पनि त्यसबेला नै प्रदेश तथा स्थानीय तहमा ठूलो संख्यामा कर्मचारीको अभाव रह्यो। २ वर्ष अघि संघीय लोकसेवा आयोगले स्थानीय तहकोलागि करिब ९ हजार कर्मचारीको भर्ना लिएको थियो। त्यो संख्याले पनि स्थानीय तहमा कर्मचारीको अभाव पूर्ती गर्न नसकेको संघीय मन्त्रालयका कर्मचारीहरू बताउछन्।

‘यसबाट समायोजन त्रुटीपूर्ण देखिएको पुष्टि हुन्छ,’अदालतमा मुद्दा दायर गरेका एक कर्मचारीले भने। मन्त्रालयका सचिव अर्यालले २ सय जना कर्मचारीको समायोजन उल्टियो भन्दैमा समायोजनको प्रक्रिया त्रुटीपूर्ण रहेको भन्न नमिल्ने बताए।‘१ लाख ३१ जना कर्मचारीको समायोजन पूरा भएको छ। हामीले २ सय जनालाई मात्र हेर्नु हुँदैन,’ उनले भने।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस