काठमाडौं-संविधानका मुख्य विवाद ‘संघीयता' र ‘शासकीय स्वरूप' मा प्रमुख तीन दल सहमतिनजिक पुगेका छन्। संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको पहलमा मंगलबार भएको छलफलमा तीन दलका शीर्ष नेता कति प्रदेशको संघीय संरचना बनाउने भन्नेमा अडान छाडेर मध्यमार्ग खोज्न लचिलो देखिएका हुन्।
कांग्रेस र एमालेले अहिलेसम्म पाँचदेखि सात प्रदेशबाट माथि जान नसकिने अडान लिँदै आएका छन्। एकीकृत माओवादीले भने प्रदेशको संख्या १० या १४ हुनुपर्ने अडान राख्दै आएको छ।
मंगलबारको छलफलमा दुवै पक्ष आफ्नो अडान त्यागेर बीचबाट निकास निकाल्न लचिलो ढंगले प्रस्तुत भएको र बिहीबार बस्ने बैठकमा निष्कर्ष निकाल्ने गरी दलहरूबीच छलफल हुने नेताहरुले दाबी गरेका छन्।
‘समितिले दिएको १४ प्रदेश र आयोगले दिएको १० प्रदेश हुनुपर्छ भन्ने (एमाओवादी) पक्ष र पाँच/सात प्रदेश मात्र हुनुपर्छ भन्ने (कांग्रेस–एमाले) पक्ष सबैको भावना सम्बोधन हुने गरी अघि बढ्ने विषयमा सहमतिनजिक आइपुगेका छन्,' संवाद समितिका सभापति भट्टराईले मंगलबार बेलुकी सिंहदरबारस्थित कार्यकक्षमा पत्रकारहरूसँग भने, ‘पहिचान र सामर्थ्यका आधारलाई सिद्धान्त मान्नुपर्छ भन्नेमा कसैको विमति छैन।'
भट्टराईका अनुसार अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना र राज्यशक्ति बाँडफाँट समितिको प्रतिवेदन, दलहरूको अडान र उच्चस्तरीय राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमा आधारित रहेर ‘लेनदेन' गरी सहमतिको बिन्दु खोजिनेछ।
शासकीय स्वरूपमा भने तीनै दल मिश्रित व्यवस्थामा जान नहुने निष्कर्षमा पुगेका छन्। ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाँडफाँट गरेर मिश्रित व्यवस्थामा जानुपर्छ भन्ने थियो,' भट्टराईले भने, ‘अहिले तीनवटै दल त्यसबाट पछि हटेका छन्।'
प्रत्यक्ष निर्वाचित कार्यकारीभन्दा स्थायित्वका लागि सही ढंगले समानुपातिक र समावेशी आधारलाई पनि ध्यान दिएर सहमति खोज्न सकिने गरी दलहरुबीच सहमति बनेको छ। यसको अर्थ ‘निश्चित अवधिका लागि सरकार ढाल्न नसक्ने गरी सुधारिएको संसदीय व्यवस्था हो?' भन्ने पत्रकारको प्रश्नमा भट्टराईले भने, ‘संसदीय व्यवस्था भन्नेले पनि हामी माथि उठिसक्यौं भन्नुभएको छ। निर्वाचन प्रणालीमा सन्तुलन मिलाउन सकिने बन्नुपर्छ भन्ने सबैको धारणा छ। समानुपातिक र समावेशी हुनुपर्छ, तर अधिकार बाँड्नु हुँदैन भन्नेमा तीन दलबीच मतैक्य छ।'
भट्टराईले तीन दलबीच मात्र सहमति भएर नहुने भन्दै समिति र संविधानसभाबाहिर रहेको नेकपा–माओवादीलाई पनि सहमतिमा ल्याएर सबै विषयमा छलफल हुने धारणा राखे। ‘संघीय ढाँचा र शासकीय स्वरूपमा तीनै दलका नेताले पहिले आ–आफ्नो अडान कायमै राखेको भए पनि पछि केही लचकताका संकेत देखिए,' भट्टराईले भने।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सकेसम्म सबै विषयमा मिलाउने र नमिले थाती विवाद संविधानसभामै पठाउनेबारे छलफल भएको बताए। तीन दलका शीर्ष नेताको बैठकपछि पौडेलले पत्रकारहरूसँग भने, ‘आ–आफ्नो पार्टीको धारणा राखेका छौं। छलफल सकारात्मक रूपमा अघि बढेको छ। गहन छलफल पर्सि (बिहीबार) बाट मात्र हुन्छ। सकेसम्म २१ गतेभित्रै मिलाउँछौं, नमिले संविधानसभामा पठाउँछौं। कति प्रदेश भन्ने आकार बनिसकेको छैन।'
एमाले उपाध्यक्ष भीम रावलले पनि राज्य पुनःसंरचना र शासकीय स्वरूपका मूल विषयमा सहमति गरेर मात्र अरू विषयमा अघि बढ्ने छलफल भएको बताए। ‘बैठकमा आ–आफ्ना मत राख्ने काम भयो,' रावलले भने, ‘बुधबार द्विपक्षीय छलफल गरेर बिहीबार बैठक गर्ने सहमति भएको छ।'