काठमाडौं— संविधान सभाको संवैधानिक तथा राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकले भ्रस्ट्राचारी भनेर अदालतले दोषी ठहर गरेका व्यक्तिले आजीवन चुनाव लड्न नपाउने विषयमा सहमति जुटाएको छ। विद्यमान कानुनी व्यवस्थाअनुसार भ्रस्ट्रचारी प्रमाणित भएको ६ वर्षसम्म चुनाव लड्न नपाउने र त्यसपछि पाउने भन्ने रहेको थियो।
जघन्य अपराधमा सजाय भोगेका व्यक्तिले पनि चुनाव लड्न नपाउने व्यवस्था राख्न समितिले सहमति जुटाएको छ। 'भ्रस्ट्रचारी प्रमाणित भएका एवं जघन्य अपराधमा साजय भोगेका व्यक्तिले आजीवन चुनाव लड्न नपाउने कुरामा सहमतिको बैठकमा सहमति जुटेको छ', समितिका सभापति बाबुराम भट्टराईले नागरिकन्युजसँग कुरा गर्दै भने।