काठमाडौं- संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले भदौ २१ गतेसम्म सबै शीर्ष नेतालाई सार्वजनीक कार्यक्रम स्थगित गरेर सहमतिमा जुट्न आग्रह गरेका छन्।
संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने अन्तिम समय भएकाले उनले सो समयसम्म अन्य काम स्थगित गरेर सहमति गर्न मात्र केन्द्रीत हुन् आग्रह गरेका हुन्।
सहमति जुटाउनको लागि बिहीबार ८ बजे देखि सिंहदरबारमा दलहरुको बीचमा बैठक बस्दैछ। ८ बजे तीन शीर्ष राजनीनिक दल त्यसपछि मधेशवादी दल र साँझ नेकपा-माओवादी लगायतका दलहरुसँग छलफल गर्ने समितिको कार्यक्रम रहेको छ।
'भोलि दिन भरमा निचोडमा पुग्ने गरी सहमति गर्न भट्टराईले आग्रह गर्नु भएको छ' भट्टराईलाई उदृत गर्दै स्वकिय सचिव विश्वदीप पाण्डेले भने।