अब अध्यादेशबाट निजामती ऐन
१४ कार्तिक २०७८
•
३ मिनेट पाठ
अब अध्यादेशबाट निजामती ऐन
सरकारले संसद्को राज्य व्यवस्था समितिले पास गरेको संघीय निजामती सेवा ऐन केही परिमार्जनसहित अध्यादेशबाट जारी गर्ने गृहकार्य अघि बढाएको छ। 




विभिन्न गतिरोधका कारण संसद्बाट ऐन ल्याउन नसकेपछि सरकार अध्यादेशको बाटोमा लागेको हो। भदौ २३ बाट सुरु भएको संसद् अधिवेशन शुक्रबार अन्त्य गरिएको छ। संसद् अधिवेशन अन्त्य गरेपछि सरकार अध्यादेशबाट संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा लागेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतबाट फर्केपछि यसबारे टुंगो लाग्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘अहिले त्यसका लागि गृहकार्य भइरहेको छ। संघीय निजामती सेवा ऐन नआउँदा संघीयता कार्यान्वयनमा समस्या देखियो। त्यसैले अध्यादेशबाट प्रशासन कानुन ल्याउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ।’

संसद्को राज्य व्यवस्था समितिले पास गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा केही फेरबदल गर्न मन्त्रालय उच्च तहमा गृहकार्य भइरहेको छ। मन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिले पास गरेको मस्यौदामा केही फेरबदल हुने बताए।  

मन्त्रालयका सहसचिव नारायण अर्यालले संघीय निजामती सेवा ऐन नआउँदा प्रशासनिक संघीयतालाई संस्थागत गर्न बाधा देखिएकाले जति सक्दो चाँडो ऐन जारी गर्नुपर्ने बताए। ‘संघीयता कार्यान्वयनमा मूलभूत तीनवटा अभ्यास हुन्छन्। त्यस्ता अभ्यास राजनीतिक, वित्तीय र प्रशासनिक हुन्छन्’, सहसचिव अर्यालले भने, ‘अहिले राजनीतिक र वित्तीय अभ्यास सुरु भएको छ। तर, कानुन अभावमा प्रशासनिक अभ्यासमा समस्या भएको छ।’ संघीय निजामती सेवा ऐन नआउँदा कर्मचारी भर्ना, खटनपटन, वृत्ति विकासमा समस्या भएको उनले बताए।  

संविधानमा संघीय निजामती सेवा ऐनले प्रदेश र स्थानीय तहमा निर्माण हुने प्रशासन कानुनका लागि दिशानिर्देश गर्ने व्यवस्था छ। तर, संघीय कानुन नबन्दा प्रदेश र स्थानीय तहले कर्मचारी प्रशासन कानुन बनाउन सकेका छैनन्। प्रदेश र स्थानीय तहमा कर्मचारी प्रशासन कानुन नहुँदा कर्मचारी भर्नामा बाधा उत्पन्न भएको छ। तीन वर्षअघि गरिएको समायोजनअनुसार संघबाट प्रदेश र स्थानीय तहमा कर्मचारी खटाइएको छ। त्यसबेला प्रदेश र स्थानीय तहमा एक तिहाइ कर्मचारीको अभाव थियो। हरेक वर्ष करिब ३ हजार कर्मचारीले अनिवार्य अवकाश लिन्छन्। यसबाट प्रदेश र स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी अभाव खड्किएको छ।

सरकारले गत साल कार्यविधि बनाई दोहोरो सहमतिमा एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को तहमा कर्मचारी सरुवा हुने व्यवस्था मिलाएको थियो। तर, संघीय निजामती सेवा ऐन अभावमा यसलाई कार्यान्वयन गर्न समस्या देखिएको संघीय मामिला मन्त्रालयका उच्च कर्मचारी बताउँछन्। मन्त्रालयका अनुसार अहिले एक प्रदेशबाट अर्को प्रदेशमा तथा एक स्थानीय तहबाट अर्को तहमा सरुवा माग गर्दै मन्त्रालयमा दिनहुँजसो निवेदन आएका छन्। ऐन अभावमा सरुवामा समस्या भएको मन्त्रालयका कर्मचारी बताउँछन्।

सरकारले तीन वर्षअघि नै संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको थियो। समायोजन ऐन ल्याउनुअघि नै संघीय निजामती सेवा ऐन जारी गर्ने सरकारको तयारी थियो। तर, अहिलेसम्म ऐन जारी हुन सकेको छैन। राज्य व्यवस्था समितिले पास गरेर संसद्मा पठाइएको संघीय निजामती सेवा ऐनको मस्यौदा विधेयक सरकारले फिर्ता लिएको छ। मन्त्री श्रेष्ठले भने, ‘संसद्बाट विधेयक फिर्ता लिनु भनेको अध्यादेशबाट ल्याउने तयारी नै हो।’ मुलुक संघीयतामा गइसकेपछि पनि केन्द्रीकृत शासन प्रणालीको अवधारणामा २०४९ सालमा बनाइएको निजामती सेवा ऐनबाट मुलुकी प्रशासन निर्देशित छ। यस्तो हुनु विडम्बना भएको प्रशासनविज्ञ बताउँछन्।
अर्को समाचार
निजामती विधेयक अब संसदमा
१४ असोज २०८३
•
२ मिनेट पाठ
निजामती विधेयक अब संसदमा
सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै अध्यादेशबाट निजामती सेवा ऐन आउने सम्भावना टरेको छ।




मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय निजामती सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट परामर्शसहित प्राप्त निजामती विधेयकलाई सोमबार मन्त्रिपरिषद्मा पठाएको थियो। मन्त्रालयले लोकसेवा आयोगको रायसहित मन्त्रिपरिषद्मा विधेयक पठाएको भोलिपल्टै त्यसलाई संसद्मा प्रस्तुत गर्ने निर्णय भएको हो। यो निर्णयसँगै संघीय निजामती सेवा विधेयक नियमित संसदीय प्रक्रियाबाट ऐनमा परिणत हुने छ।

कानुनविद्हरू सरकारले संसद्मा विधेयक दर्ता गराएपछि त्यसलाई अध्यादेशका रूपमा ल्याउन नसक्ने बताउँछन्। अध्यादेशबाट ल्याउन संसद्मा दर्ता विधयेक फिर्ता लिनुपर्ने कानुनविद भनाइ छ। ‘कानुन, संविधान, अध्यादेशसम्बन्धी शास्त्र, संसदीय परम्पराअनुसार संसद्मा दर्ता भइसकेको विधेयकलाई सरकारले अध्यादेशबाट ल्याउन सक्दैन’, वरिष्ठ कानुनविद् भिमार्जुन आचार्यले भने, ‘संसद्मा दर्ता भइसकेको विधेयक फिर्ता लिएर अध्यादेशबाट ल्याउने हो भने त्यसमा बदनियत देखिन्छ। त्यसरी ल्याउनु हुँदैन।’

उनका अनुसार संसदीय परम्परामा अति नै आवश्यक अवस्थामा मात्र अध्यादेशबाट ऐन ल्याउन सकिन्छ। ‘नभए संसदीय प्रक्रियाबाटै ऐन ल्याउनुपर्छ’, उनले भने।

संसद्को नियमित प्रक्रियाबाट निजामती सेवा ऐन आउन कम्तीमा पुस/माघ महिनासम्म पर्खनुपर्ने देखिन्छ। विधेयकमा ५५ वर्ष उमेर र ३० वर्ष सेवावधि पुगेका कर्मचारी एक पटकका लागि स्वतः अनिवार्य अवकाशमा जाने व्यवस्था राखिएको छ।

यसैगरी विधयेकमा निजामती सेवामा सहसचिव, सचिवसरहका कर्मचारीलाई छड्के प्रवेश गराउन सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यी दुवै व्यवस्थाप्रति लोकसेवा आयोगले असहमति जनाएको छ।

मन्त्रालयले आयोगको असहमतिसहित उक्त विधेयक मन्त्रिपरिषद्मा पठाएको थियो। विधेयकमा राखिएको ५५ र ३० को व्यवस्थामा अर्थ र कानुन मन्त्रालयले भने सहमति दिएका छन्।

उक्त व्यवस्थासहितको निजामती सेवा ऐन अध्यादेशका रुपमा आएको भए तत्काल करिब १३ हजार कर्मचारी अनिवार्य अवकाशमा जाने थिए। यसरी अवकाशमा जानेमा माथिल्लो तहका धेरैे कर्मचारी पर्थे।

विगत १० वर्षदेखि संघीय निजामती सेवा ऐन बनाउने प्रयास भए पनि त्यसले अहिलेसम्म मूर्तरुप पाएको छैन। मुलुक संघीयतामा गएपछि सोहीअनुसार निजामती सेवा ऐन नबन्दा निजामती सेवा निजामती सेवा ऐन, २०४९ बाट सञ्चालित छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस