काठमाडौ- नियमित स्वास्थ्य परीक्षणका लागि भारतमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आज दिउँसो पौने तीन बजे स्वदेश फर्कँदै छन्।
पाँच वर्षअघि मृगौलाको प्रत्यारोपण गरेका ओलीले भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा ६-६ महिनामा स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। ओलीले अस्पतालमा उनको मृगौला प्रत्यारोपण गरेका डाक्टर अनन्तकुमारसँग नियमित जाँच गराउँदै आएका हुन्।
गत माघ यता स्वास्थ्य उपचार र परीक्षणका लागि मात्रै ओली ४ पटक विदेश गैसकेका छन्।
भारतमा रहँदा उनले भारतीय विदेशमन्त्री सुषमा स्वराज लगायतका नेतासँग भेटघाट गरेको बताइएको छ।