काठमाडौं— संविधान निर्माणमा सहमति जुटाउन तीन दिन बाँकी रहेको बेला साझा धारणा बनाउन सिंहदरबारमा बसेको मुख्य तीन दलका शीर्ष नेताहरुको बैठकमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीका विषयमा छलफल भएको छ।
बैठकमा राज्य पर्नःसंरचनाका विषयमा मुख्यगरी छलफल भएको एमाओवादी नेता बाबुराम भट्टराईले जानकारी दिए। बैठकमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु सहभागी थिए।
बिहीबार बिहानदेखि बसेको बैठकले कुनै मुद्दामा पनि सहमति जुटाउन नसके पनि फेरि भोलि बिहान ८ बजे बस्ने सहमतिमा टुंगिएको छ। विवादित विषयमा भदौ २१ गतेभित्र दलहरुबीच सहमति जुटाइसक्नुपर्ने भएकाले नेताहरुले छलफललाई तीब्रता दिएका हुन्।
आजै मुख्य तीन दल र मोहन वैद्य नेतृत्वको माओवादीबीच अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा अर्को बैठक हुँदैछ। त्यसअघि दुई दलीय र आन्तरिक बैठकहरु हुने जनाइएको छ।