राप्रपा नेपालका अध्यक्ष कमल थापाले सह-अध्यक्षमा केशरबहादुर विष्टलाई मनोनयन गरेका छन्। अध्यक्ष थापाले पार्टी विधानअनुसार विष्टलाई मनोनयन गरेको सह-प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।
स्थापनाकालदेखि महाधिवेशनसम्म सह-अध्यक्ष पद्मसन्दुर लावती थिए। राजपाबाट राप्रपा नेपालमा प्रवेश गरेका विष्ट वरिष्ठ नेता थिए।
लवतीले महाधिवेशनमा थापाविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। लावती अहिले पार्टी अध्यक्ष थापाले तानाशाही रुपमा पार्टी सञ्चालन गर्दै आएको आरोप लगाउँदै आएका छन्। लावतीले थापाविरुद्ध आन्तरिक लोकतान्त्रिकरण अभियान चलाउँदै आएका छन्।