काठमाडौं-सार्वजनिक लेखा समितिले सरकारका २६ वटै मन्त्रालयमा भएको बेरुजु विवरण तत्काल समितिमा बुझाउन निर्देशन दिएको छ।
समितिले भदौं ८ गते सरकारका मुख्य सचिवलगायत सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर विवरण बुझाउन आग्रह गरेको थियो। तर, शुक्रबार बिहान बसेको बैठकमा समितिका सदस्यहरुले अहिलेसम्म पनि कुनै मन्त्रालयले बेरुजु विवरण नबुझाएको भन्दै आक्रोस व्यक्त गरेका थिए।
सदस्यहरुको आक्रोसपछि समितिले तत्काल विवरण बुझाउन मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य रामहरि खतिवडाले जानकारी दिए।