काठमाडौं– एक दिन अघि सह अध्यक्षमा केशरबहादुर विष्टलाई मनोनित गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार १० जना नयाँ पदाधिकारी थपेका छन्। उपाध्यक्षमा टंक ढकाल र निरञ्जन थापा मनोनित भएका छन् भने उद्धव पौडेललाई कोषाध्यक्ष भएका छन्।
राजाराम श्रेष्ठ, तारानाथ लुइँटेल, कुन्ति शाही, ब्रिजलाल यादव, राम थापा, विष्णु भण्डारी, गीताभक्त जोशीलाई सहायक महामन्त्री मनोनित गरिएको छ।
पार्टी विधानअनुसार अध्यक्षलाई पदाधिकारी मनोनित गर्ने अधिकार हुन्छ। त्यहीअनुसार अध्यक्षाले मनोनित गरेको सहप्रवक्ता मोहन श्रेष्ठले नागरिकन्युजलाई बताए।
केही अघि धवलसम्शेर जबरा र राजीव पराजुलीलाई उपाध्यक्षमा मनोनित गरेका थिए। चन्द्रबहादुर गुरुङ पहिलै महामन्त्री मनोनित भइसकेका छन्।