म्याद थपमा चर्को मतभेद
२० भदौ २०७१
•
११ मिनेट पाठ
म्याद थपमा चर्को मतभेद
काठमाडौं-संविधानसभाले पारित गरेको संविधान लेखन कार्यतालिका हेरफेर गर्ने विषयमा प्रमुख तीन दल नेपाली कांग्रेस र नेकपा एमाले तथा एकीकृत माओवादीबीच चर्काे मतभेद देखिएको छ।




कांग्रेस–एमालेले कार्यतालिका हेरफेर नगरी पूर्वनिर्धारित मितिअनुसार शनिबार नै सहमति र असहमतिका विषयसहित संविधानसभालाई प्रतिवेदन दिनुपर्ने अडान लिएका छन् भने एकीकृत माओवादीले संवाद समितिको म्याद केही दिन थप्नुपर्ने धारणा राखेको छ।

भदौ २१ भित्र विवादित विषयमा सहमति कायम गर्ने पूर्वनिर्धारित कार्यतालिकाअनुसार बनाइएको संविधानसभा नियमावलीमा उल्लेख भए पनि शनिबारसम्म सहमति जुट्ने सम्भावना नदेखिएपछि संविधानसभाअन्तर्गत संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले भने माघ ८ (संविधान जारी गर्ने मिति) लाई असर नपर्ने गरी संवाद समितिका लागि मात्र केही दिन समय थप गरिदिन संविधानसभालाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ।

सहमति भएका विषय समेटेर शनिबार नै प्रतिवेदन बुझाउने र छलफलमा रहेका विषयलाई सहमतिका लागि थप समय माग गर्ने तयारी समितिको छ।

छलफलमा रहेका राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सकारात्मक संकेत देखा परेकाले अहिले नै असहमतिको सूचीमा राख्न नहुने संवाद समितिका सभापति बाबुराम भट्टराईको तर्क छ।

उनले असहमतिका विषय भन्न मिल्ने अहिले केही पनि नभएकाले केही दिन समय थपेर सहमतिकै बुँदा संविधानसभामा पठाइने बताए।

'सहमतिका लागि अझै केही समय आवश्यक भयो,' उनले भने, 'केही दल प्रक्रियामै लैजानुपर्छ भन्नेमा छन्। ती दलसँग शनिबार थप छलफल हुन्छ। असहमतिबाट अघि बढ्यौं भने झन् दुरी बढ्छ। तर केही दिन तलमाथि गर्नु माघ ८ गतेको समयसीमा नाघ्नु होइन।'

संविधान मस्यौदाका लागि असोजभर र संविधानको पहिलो मस्यौदा जनताकहाँ लैजान कात्तिक र मंसिरको दुई महिना छोट्याएर संवाद समितिलाई सहमतिका लागि समय थप गर्न सकिने जिकिर भट्टराईको छ।

'मोहन वैद्य नेतृत्वको मोर्चासँग पनि राष्ट्रिय राजनीतिक सभा गर्ने भनिएको छ,' उनले भने, 'अहिले नै सबै विषय टुंग्याउँदा उहाँहरुसँगको कुरा नमिल्न सक्छ। त्यसैले कार्यतालिका परिमार्जन गर्नुपर्छ।'

भट्टराईले यस विषयमा शनिबार बिहान तीन दलका शीर्ष नेता र दिउँसो संवाद समितिमा थप छलफल गरिने जानकारी दिए।

संवाद समितिले सहमति भएका विषय समावेश गरेर शनिबार नै प्रतिवेदन तयार पारेर संविधानसभालाई बुझाउँदैछ। राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीको छलफल पनि सकारात्मक रुपमा अघि बढेकाले अहिले नै असहमति भनेर सूची बनाउन नहुने भट्टराईको तर्क छ।

अहिले संवाद समितिमा भएको छलफल रोकेर संविधानसभामा जाने हो भने बढी समय लाग्ने उनले बताए। 'संविधानसभाको पूर्ण बैठकमा अहिले सबै असहमतिका विषय लैजाने हो भने वातावरण बिथोलिने र सहमति नहुने दिशातिर जान सक्छ,' भट्टराईले भने।

सत्तारुढ कांग्रेस र एमाले भने यसको विपक्षमा छन्। शुक्रबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस र एमालेका नेताहरुले भने सहमति र असहमतिका विषय छुट्ट्याएर संविधानसभामै पठाउने र अन्तिम निर्णय संविधानसभाले नै गर्ने धारणा राखेका थिए।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नेकपा–माओवादी नेतृत्वको मोर्चासँग पनि वार्ता जारी रहेको बताउँदै सबै विषय संविधानसभामा पठाएर त्यहीँबाट निर्णय गरिने बताए।

'वैद्यजीले पनि संविधानसभा हाम्रो होइन, त्यहाँ तपाईंहरुले जे गर्दा पनि हुन्छ भन्नुभएको छ,' पौडेलले भने, '२१ गतेसम्म सहमति कायम हुन सकेन भने सबै विषय संविधानसभामै पठाउने हो। त्यहाँ सभासदहरुले पनि आ–आफ्नो धारणा राख्नुहुनेछ। प्रक्रिया नछाडौं। प्रक्रियामा जाँदा सबै विषय तलमाथि परिहाल्छ भन्ने पनि नसोचौं।'

उनले संविधानसभामा छलफल जारी रहँदा पनि संघीयताका विषयमा छलफल गरेर टुंगो लगाउन सकिने दोहोर्यााए।

एमाले नेता अग्नि खरेलले पनि अहिले नै कार्यतालिका परिवर्तन गर्दा परिवर्तनको शृंखला नै सुरु हुने भएकाले सहमति र असहमतिका विषय संविधानसभामै पठाउनुपर्ने बताए।

उनले सहमति मात्र नभई असहमतिका बुँदा पनि संविधानसभामै पठाउनुपर्ने धारणा राखेका थिए। तर एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने सहमतिका लागि एक महिना समय थप गर्नुपर्ने बताउँदै माघ ८ मा संविधान नआए आकाश नखस्ने धारणा राखेका थिए।

'सकेसम्म माघ ८ लाई नसार्ने गरी सहमतिका लागि एक महिना समय थप गरौं,' दाहालको प्रस्ताव थियो, '१०/१५ दिन, एक महिनाभन्दा ठूलो कुरा सहमति हो। सहमति हुन्छ भने अर्को माघ ८ सम्म पर्खे पनि आकाश खस्दैन। त्यसैले एक महिना समय लिनु जायज छ। यसैमा सहमति कायम गरौं।'

दाहालले संवाद समितिले एक महिनाको समय पाए वैद्य नेतृत्वको मोर्चा नआए पनि सहमति गर्न प्रशस्त समय हुने धारणा राखेका थिए।

'हामीले सहमतिको प्रयास जारी राखेका छौं,' दाहालले बैठकमा भने, 'हामीलाई समय चाहियो भनेर संवाद समितिले औपचारिक निर्णय गरेपछि फुल हाउसमा पनि त्यही जान्छ। यस्तो गर्दा वैद्यजीहरुमा पनि सकारात्मक सन्देश जान्छ। संविधानसभामा पनि यो नबु‰ने त कोही हुनुहुन्न नि। उहाँ (वैद्य) हरु आए राम्रै भयो। नआए हामीलाई पनि गृहकार्य गर्न समय हुन्छ।' कांग्रेस र एमालेप्रति आक्रामक रुपमा प्रस्तुत भएका दाहालले अघिल्लोपटक संविधान नै संशोधन गरेर कार्यतालिका परिवर्तन गर्न हुने, तर यसपटक नियमावली मात्रै संशोधन गर्न किन नमिल्ने भनी प्रश्न गरेका थिए।

मधेसवादी दलसहित केही साना दलले पनि संवाद समितिलाई सहमतिका लागि समय थप गर्नुपर्ने धारणा राखेका थिए।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने सहमति गराउन पनि नसक्ने, लोकतान्त्रिक प्रक्रियामा जाउँ्क भन्दा पनि नमान्ने भएकाले नै अहिले पनि संविधान नबन्ने संकेत देखिएको बताएका थिए।

'खिलराज रेग्मीको राजीनामा गराए संविधानसभामा आउँछौं भन्दा त्यो गराउन नसक्ने, अनि अहिले वैद्यहरुलाई नल्याए संविधान बन्दैन भन्नुको अर्थ पनि बुझिनसक्नु छ,' केसीले भने, 'सबै विषय संविधानसभामा पठाऔं। यही अवस्थामा फेरि पनि संविधान लेख्न सक्ने देखिँदैन।'

राप्रपा नेपालको असहमतिपत्र

राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रबारे जनमतसंग्रह माग गरेको छ।

प्रमुख सचेतक दिलनाथ गिरीले संवाद तथा सहमति समितिमा पेस गरेको असहमतिपत्रमा संविधान र नियमावलीमा भएको प्रावधानअनुसार धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रबारे जनताको प्रत्यक्ष अभिमत बु‰न जनमतसंग्रह गर्न माग गरिएको छ।

निर्धारित समयभित्र संविधान जारी गर्न आफूहरुले निरन्तर सकारात्मक र रचनात्मक योगदान पुर्यारउँदै आएको भए पनि अहिलेसम्म पार्टीको विचारलाई स्थान दिनेबारे कुनै पहलकदमी नभएको भन्दै राप्रपा नेपालले औपचारिक रुपमै जनमतसंग्रह माग गरिएको जनाएको छ।

संवाद समितिको बैठकमा पनि कति विषयमा चित्त नबुझे पनि फरक मत राख्ने छलफलको प्रक्रियालाई सहयोग पुर्याोएको स्मरण गर्दै प्रमुख सचेतक गिरीले पत्रमा भनेका छन्, 'तर पार्टीको धारणाप्रति निषेधको मानसिकता कायम रहेको सन्दर्भमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र एवं ती विषयसँग सम्बन्धित सबै प्रावधानमा राप्रपा नेपालको असहमति रहेको बेेहोरा संविधानसभा नियमावलीअनुरुप औपचारिक रुपमा जानकारी गराउँछु।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस