काठमाडौं- प्रमुख तीन दलका शिर्ष नेताको बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका लागि आवश्यक समय उपलब्ध गराउन संविधानसभालाई आग्रह गर्ने निर्णय गरेको छ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार शनिबारसम्म विवादित विषयमा सहमति जुट्ने सम्भावना नदेखिएपछि शिर्ष नेताले यस्तो निर्णय गरेका हुन्। त्यस लगत्तै राजनीतिक संवाद तथा सहमति समितको बैठक सुरु भएको छ। बैठकले तीनदलका शिर्ष नेताले गरेको निर्णयलाई अनुमोदन गर्ने बताइएको छ।
संवाद तथा सहमति समितिले भने माघ ८ (संविधान जारी गर्ने मिति) लाई असर नपर्ने गरी संवाद समितिका लागि मात्र केही दिन समय थप गरिदिन संविधानसभालाई औपचारिक आग्रह गर्ने तयारी गरिरहेको थियो। तर, प्रमुख तीन दल नेपाली कांग्रेस र नेकपा एमाले तथा एकीकृत माओवादीबीच संविधानसभाले पारित गरेको संविधान लेखन कार्यतालिका हेरफेर गर्ने विषयमा मतभेद देखिएको थियो।
कांग्रेस–एमालेले कार्यतालिका हेरफेर नगरी पूर्वनिर्धारित मितिअनुसार शनिबार नै सहमति र असहमतिका विषयसहित संविधानसभालाई प्रतिवेदन दिनुपर्ने अडान लिएका थिए भने एकीकृत माओवादीले संवाद समितिको म्याद केही दिन थप्नुपर्ने धारणा राखेको थियो।