कहिले बन्छ मुख्य कानुन?
१६ कार्तिक २०७८
•
४ मिनेट पाठ
कहिले बन्छ मुख्य कानुन?
संविधान बनेपछि धमाधम कानुन बनाइँदै थियो। कानन निर्माण तीव्र गतिमा नबने पनि निरन्तरता भने थियो। यसबाट अहिलेसम्म संसद्ले १५७ कानुन निर्माण गरेको छ भने केही नेपाल ऐन संशोधनबाट पनि सयौं कानुन संशोधन गरिएका छन्। तर विगत एक वर्षदेखि कानुन निर्माण ठप्प भएको हो।




संविधान जारीपछि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने संघीयता कार्यान्वयन गर्नका लागि धेरै नयाँ कानुन निर्माण भएका छन्। जसले मुलुकलाई नयाँ परिवर्तन गरेको छ।

तर जनताका समस्या समाधान गर्न र जनतालाई सहज पहुँच पुर्‍याउने कानुन निर्माणमा भएको ढिलाइले अहिले पनि जनताले सास्ती भोग्नु परिरहेको छ। संविधान जारी भएयता २०७२ सालमा १४ वटा, २०७३ सालमा २९ वटा, २०७४ सालमा ४७ वटा, २०७५ मा ३६ वटा, २०७६ मा २० वटा, २०७७ मा ११ वटा कानुन निर्माण भएका थिए। 

यसबाट संसद्बाट बनाइएको कानुनको संख्या एक सय ५७ रहेको तथ्यांक छ। नयाँ कानुन मात्र हैन संशोधन पनि उत्तिकै मात्रामा भएको छ। केही नेपाल ऐन सशोधन गर्ने ऐन २०७२ मा एक सय ९३ वटा कानुन संशोधन भएको थियो।

केही नेपाल ऐन संशोधन गर्ने एन २०७५ बाट ५६ वटा ऐन संशोधन भएको थियो। नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ मा एक सय चारवटा ऐन संशोधन भएका थिए। केही नेपाल कानुनलाई संशोधन एकीकरण समायोजन र खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ मा ३६ ऐन संशोधन भएका थिए।

मौलिक हकसम्बन्धी ऐनअन्तर्गत बनाउनुपर्ने १४ वटा नियमहरूमा १२ वटा बनाइसकिएको छ भने बालबालिका सम्बन्धी नियमावली, खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५, नियमावली बनाउन बाँकी रहेको कानुन मन्त्रालयले जनाएको छ। जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय, पहिलो संशोधन) ऐन २०७५ र सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) ऐन २०७५ नियमावली आवश्यक नपर्ने कानुन मन्त्रालयको भनाइ छ।

राष्ट्रियसभाका सदस्य तथा कानुनविद् राधेश्याम अधिकारीले तीन वर्षसम्म कानुनले गति लिएको भए पनि एक वर्ष कानुन निर्माण हुन नसक्दा त्यसले साह्रै अप्ठ्यारोमा पारेको बताउँछन्। उनी भन्छन्, ‘संख्याको रूपमा भन्दा पनि महत्वका आधारमा बन्नुपर्ने कानुन बनाउन नसकिएको अवस्था छ।’ नागरिकतासम्बन्धी विधेयक, संघीय निजामती विधेयक, नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, नागरिक उड्ययन प्राधिकरण विधेयक, अख्तियार दुरूपयोग अनुसन्धान विधेयक संसद्ले यथाशक्य पारित गर्नुपर्ने भए पनि संसद्मा अड्किनुले मुलुकलाई कानुन निर्माणमा गौरव गनेनभएको उनले बताए।

अर्का राष्ट्रियसभा सदस्य तथा कानुनविद् रामनारायण बिडारीले भने तत्कालिन प्रधानमन्त्री केपी ओलीका कारण कानुन निर्माणमा ढिलाई भएको बताए। संसद् विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेले कै कारण गत एक बर्षदेखि यता संसद्ले कुनै कानुन बनाउन नसको उनले बताए। बहुमत प्राप्त दलको प्रधानमन्त्रीले समस्या सृजना नगरेको भए कानुन निर्माण गर्न सकिने विडारी बताउँछन्।

तर संघीयतामा मुलुक गई सकेपछि धेरै नयाँ कानुनहरू बनाइएको उनले अनुभव सुनाए। ‘कतिपय कानुनहरू बनाउँदा नयाँ अनुभव थियो तै पनि त्यसबारे व्यापक छलफल गरेर कानुन बनेका छन्,’ उनले भने। पहिलो पटक २०७७ पुस ५ गतेको प्रतिनिधिसभा विघटन र दोस्रो पटकको २०७८ जेठ ८ गतेको प्रतिनिधिसभा विघटन भएपछि अध्यादेशबाट आवश्यक कानुन ल्याइएको छ।

संविधान जारीपछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्दा सम्म तीन वटा सरकार फेरिएका थिए। निर्वाचन पछि बनेको नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार २०७८ असार २८ गतेसम्म कायम थियो। पछिल्लो अवस्थालाई हेर्दा संसद्मा रहेका चार विधेयक फिर्ता लिइएको छ। भने बाँकी ५० भन्दा बढी विधेयक अलपत्र रहेको अवस्था छ।

संसद्मा रहेका विधेयकलाई अलपत्र राखेर तत्कालिन केपी ओली सरकारले अध्यादेश ल्याएको थियो। अदालतबाट पुनःस्थापना भएको पछिल्लो संसद् अधिवेशनमा एमालेको निरन्तर अवरोधका कारण बजेट पनि होहल्लाको अवस्थामा पारित भएको छ। संसद्मा प्रतिपक्ष एमालेले सहयोग नगरे कै कारण संसद्को अधिवेशन अन्त्य गर्नुपर्नेको सत्ता पक्षका एक नेताले बताएका छन्।

संसद्ले कानुन निर्माण गर्न नसक्दा जनताका अधिकारको लागि अब जनस्तरबाट जोडदार रूपमा आवाज उठाउनुपर्ने अवस्था आएको नागरिक समाजका अगुवाहरूको भनाई छ। संविधान बनेपछि धमाधम कानुन बनाएर नागरिकका हक अधिकारलाई सुनिश्चित गर्नुपर्ने कर्तव्य सरकार र संसद् दुवैको हो।

सरकारले विधेयक ल्याउने र संसद्ले छलफल गरेर पारित गर्ने र त्यसरी बनेको ऐनबाट नागरिकका हक अधिकार सुरक्षित गर्दै जाने कुरा नै अहिलेको संविधानको व्यवस्था हो।

संविधान जारीपछि आवश्यक ऐन संशोधन गर्ने र नयाँ ऐन जारी गर्नुपर्ने अवस्थाका कारण यस पटकको संसद् कानुन निर्माण मै बढि व्यस्त हुनुपर्ने अवस्था हो। तर, संविधान जारी पछिको रूपान्तरित संसद् र त्यसपछिको संघीय संसद्मा कानुन निर्माणमा सबै दलको एकमत हुनुपर्ने विज्ञहरूको धारणा रहेको छ।
अर्को समाचार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
०८ पौष २०८१
•
९ मिनेट पाठ
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
'नछुने भई भनेर अलग्गै ढोका एक छेउमा पाँच दिनसम्म बस्नुपथ्र्यो, चुलामा आफूले केही छुन नहुने, कलकल पानी खान मन लाग्थ्यो, भोक लाग्थ्यो, पकाएर खान दिने मान्छे भए खायो, नत्र भोकै', ६४ वर्षीया विष्णुमाया बुढाथोकी आफ्नो अतीत सम्झँदै भनिन्। दोलखाको सुस्पा क्षमावती–१ की विष्णुमायाले आफ्नो महिनावारी चक्रका अनगिन्ती यातनाका दिनलाई अहिले पनि बिर्सन सक्दिनन्।




चार सन्तानकी आमा विष्णुमायाको जीवन केवल शारीरिक पीडा मात्र होइन, सामाजिक अन्याय र मानसिक सङ्घर्षले भरिएको थियो। 'महिनावारी हुने बित्तिकै लालाबाला बच्चा भोकाउने, आफूलाई पनि भोक लाग्ने तर चुलामा गएर खाना पकाउन नपाउने अवस्था थियो', उनले विगत पीडा स्मरण गर्दै सुनाइन्,'पानीसमेत निकालेर खान नपाएको क्षण सुनाउँदा अहिले पनि मलाई मुटु फुलेर आउँछ, गला अवरुद्ध हुन्छ।'

श्रीमान्को पर्खाइमा भोकभोकै दिन

श्रीमान् मात्र थिए विष्णुमायाका लागि सहारा तर त्यहाँ पनि सहजता थिएन। 'भान्सामा काम गर्नुपर्दा कहिलेकाहीँ श्रीमान्ले रिसाएर भाडा ठटाउनुहुन्थ्यो, म डराउँदै, थाक्दै पर्खेर बस्नुपथ्र्यो, खाना पाकेर खाँदासम्म भोकले शरीर थरथर काँपिसकेको हुन्थ्यो, ती दिन सम्झन पनि मन लाग्दैन', आँसु पुछ्दै उनले भनिन्। महिनावारीका कठिन दिन मात्र होइन, त्योसँग जोडिएको असमान व्यवहार र सामाजिक नियमले उहाँको जीवनलाई झन् कठिन बनाएको थियो। ४४ वर्षको उमेरमा महिनावारी बार्न छाडेपछि उहाँलाई थाहा भयो महिनावारी नबार्दा पाप लाग्दैन। तर त्यो समयसम्म समाजको सोच बदल्न सजिलो थिएन। 'मन्दिर गइन तर बाँकी सबै काम गरेँ, महिनावारी नबार्दा पाप लाग्छ भन्ने कुरा मनमा बारम्बार आइरहन्थ्यो, तर मेरो छोरीले भने प्राकृतिक कुरा हुन्, बार्न पर्दैन भनेर बुझाइन्', उनले सुनाइन्।  

अझै पनि समाज बाँधिएको जन्जिर

विष्णुमाया मात्र होइनन्, तनहुँ घर भई हाल बालाजु बस्ने ४५ वर्षीय सीता पाण्डे अहिले पनि महिनावारी बार्छिन्। 'सानैदेखि हजुरआमा र आमाले महिनावारी बार्नुपर्छ भनेको सुनेर मनमा बसेको हो', सीता भन्छिन्। उनले आफ्नी छोरीलाई पनि बार्न लगाउछिन्। तर छोरी भने यो नियमलाई अस्वीकार गर्दै सामान्य प्रक्रियाका रूपमा लिन्छन्। महिनावारीका यी पुराना रीतिथितिहरूको भार विष्णुमाया र सीताजस्ता महिलाहरूले वर्षौंदेखि उठाउँदै आएका छन्। यो केवल व्यक्तिगत पीडाको कथा होइन, समाजमा गहिरो रूपमा जरा गाडेको अन्धविश्वास र असमानताको प्रतिनिधित्व हो।

समयसँगै केही परिवर्तनका किरणहरू देखिन थालेका छन्। विष्णुमायाकी छोरीजस्तै नयाँ पुस्ताले यी पुराना परम्परालाई चुनौती दिन थालेका छन्। अझै पनि यस परिवर्तनले समाजमा पुरानो सोचलाई पूर्णतः मेटाउन सकेको छैन। विष्णुमायाका आँसुहरू सायद एक पुस्ताका सङ्घर्षको प्रतीक हुन्। तर उनीजस्तै महिलाहरूको अनुभवले समाजलाई नयाँ दिशातर्फ लैजान सक्ने शक्ति दिन्छ।

रीताको छोरीजस्तै अहिले नवकिशोरी प्राकृतिक रुपमा हुने महिनावारीलाई बार्नुपर्ने विषय ठान्दैनन्। महिनावारीका बेला मन लागेका खाना खाने, जान मन लागेको ठाउँमा जाने, महिनावारी प्याडको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिँदा हुन्छ भन्ने लाग्छ काठमाडौँ महानगरपालिका–१० बानेश्वर निवासी १५ वर्षीय आज्ञा अधिकारीलाई। 'महिनावारी भएको बेला सामान्य दिनजस्तो सबै काम गर्छु, मलाई महिनावारी पाप हो भन्ने लाग्दैन', सुजाताले आफ्नो अनुभव सुनाउँदै भनिन्,'आमाले पनि यसलाई पाप÷धर्मसँग जोडेर हेर्नुभएन, महिनावारीको पाँच दिन र बाँकी २५ दिन उस्तै लाग्छ।'

आज्ञाको आमाबुबा पनि महिनावारीलाई छुन नहुने रुपमा लिदैनन्। यो प्राकृतिक पक्रिया हो। स्वच्छ शरीर हुनका लागि यो महिनावारी जरुरी भन्छन्। 'मेरा बुबाआमा महिनावारी नमान्ने भएर होला, मलाई महिनावारीको बेला कुनै रोकतोक छैन', उनले थपिन्,'साथीहरु पनि महिनावारी बार्दैनन्, मलाई त बार्नुपर्छ भन्ने थाहै छैन।'

समाजमा अहिले पनि महिला तथा बालिकाले महिनावारी भएको समयमा विभेद झल्दै आएका छन्। शिक्षत वा अशिक्षित दुवै परिवारमा यो विभेदको पर्खाल, पीडा र अनुभव खास फरक छैन। यो परम्परादेखि गरिँदै आएको विभेदको पर्खाल भत्काउन नेपालको संविधानमा भएका मौलिक हकको पूर्ण रुपमा कार्यान्वयनको जरुरी छ।

संविधाकका हक र महिनावारी विभेद

नेपालको संविधानमा व्यवस्था गरिएका ३१ मौलिक हकमध्ये १४ वटा प्रत्यक्ष र १९ वटा अप्रत्यक्ष रुपमा मर्यादित महिनावारीसँग जोडिएका छन्। संविधानको धारा, १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकले महिनावारीको समयमा सामान्य ओछ्यानमा सुत्न, भान्साकोठामा जान, आफूले चाहेजस्तो खाना खान, परिवारसँग बसेर खाना खानका व्यवस्था गरेको छ।  त्यस्तै धारा, १७ ले कुनै पनि व्यक्तिलाई व्यक्तिगत स्वतन्त्रताबाट वञ्चित गरिने छैन भन्नुको अर्थ महिनावारीको समयमा महिलाले आफ्नो इच्छाअनुसार जहाँ पनि जान पाउने हकलाई सुरक्षित गरेको छ। धारा, १८ मा समानताको अधिकारको प्रत्याभूत गरिएबाट महिनावारी वा अरू जस्तोसुकै अवस्थामा पनि व्यक्ति सम्मानपूर्वक बाँच्न पाउनुपर्छ।

महिनावारीसम्बन्धी भेद्भावका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकांश मौलिक अधिकार हनन भएका छन्। संविधानको हक, निर्देशक सिद्धान्त, राज्यको नीति र दायित्व कार्यान्वयन नभए के गर्ने भन्ने कुरा संविधानमै लेखिएको छ। कार्यान्वयन नभएको खण्डमा कार्यान्वयन भए÷ नभएको प्रतिवेदन तयार गर्न, अनुगमन र मूल्याङ्कन गर्न सङ्घीय संसद्मा समिति गठन गर्नुपर्ने संविधानमा उल्लेख छ। तर संसद्मा यस विषयमा छलफल हुन सकेको छैन।

संविधान सबै नागरिकको अधिकारको रक्षा गर्ने र सबै प्रकारका भेदभावको अन्त्य गर्ने दस्तावेज हो तर महिनावारीसम्बन्धी विभेदको विषयमा संविधानमा स्पष्ट व्यवस्था गरिएको छैन। तत्कालीन केपी शर्मा ओली नेतृत्वको नौमहिने सरकारले २०७४ सालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारीसम्बन्धी कानुन बनाउने भनेर मस्यादौ तयार गरेको थियो।  

हरायो कानुन

सङ्घीय संसद्को तत्कालीन महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाललाई सरकारले छाउपडी प्रथाजस्तो सामाजिक कलङ्कको अन्त्यका लागि मर्यादित महिनावारीको अवधारणा तत्कालीन सरकारले अघि सारेर महत्वपूर्ण काम सुरु गरेको थियो। सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा छाउगोठको अभ्यास रहे पनि महिनावारी विभेद देशभरि नै भएकाले सरकारले मर्यादित महिनावारी कानुनको मस्यौदा बनाएको थियो । 'त्यो बेला सुदूरपश्चिममा छाउगोठमा सर्पले डसेर महिलाको मृत्यु भएको थियो, महिनावारी भएको बेलामा सुरक्षा दिनुपर्छ भनेर कानुन न बनाउनुपर्छ भनेर मस्यौदा पनि तयार भएको थियो', उनले भनिन्।

नेत्री पाललाई महिनावारीलाई पाप र धर्मसँग जोडेर हेर्न हुँदैन भन्ने लाग्छ। 'महिनावारी स्वच्छ महिलालाई हुने सामान्य प्राकृतिक प्रक्रिया हो, यसलाई पाप र धर्मसँग जोडेर हेर्न हुँदैन भनेर कानुन न बनाएर कडाइका साथ लागू गर्नुपर्छ भनेर कानुन बनाउने योजना थियो', उनले थपिन्,'कानुनको मस्यौदा तयार भए पनि मन्त्री फेरिएपछि यो विषय अघि बढ्न सकेन।'

महिनावारीलाई अछुत मान्ने संविधान विपरीत हो भनेर मानिसलाई अझ पनि धेरै बुझाउन जरुरी छ भन्ने पाललाई लाग्छ। 'संविधानमा व्यवस्था उत्कृष्ट व्यवस्था छ तर कार्यान्वयन कमजोर छ, मौलिक हकको रामोसँग कार्यान्वयन गरेमा महिलाले महिनावारीका नाममा अकालमा ज्यान रोकिन्छ', उनले भनिन्,'त्यसपछि मात्र यो आन्दोलनले सफलता पाउँछ। त्यसका लागि राजनीतिक दल, सामाजिक व्यक्तित्व र स्थानीय तह सबै लाग्नुपर्छ।'

संविधानले कुनै पनि तरिकाले महिलालाई विभेद गर्न नपाउने व्यवस्था गरेको छ भन्नुहुन्छ पूर्वपरराष्ट्रमन्त्री डा बिमला राई पौड्याल। 'संविधानले कुनै पनि तरिकाले महिलालाई विभेद गर्न नपाउने व्यवस्था गरेको छ, मौलिक हकका स्वास्थ्यको हक, जातीय विभेद, छुवाछूतविरुद्धको हक छ,' उनले थपिन्,'महिनावारीजस्तो सामान्य प्रक्रियालाई अछुतको व्यवहार गर्नु हुँदैन, मर्यादित, सुरक्षित प्रजनन स्वास्थ्यको अधिकार हो।'

महिनावारी भएको बेला सामान्य अवस्था जस्तै किशोरीहरु निर्बाध विद्यालय जानसक्ने वातावरण बनाउनपर्छ भन्ने नेत्री बिमलालाई लाग्छ। 'महिनावारी भएको कारणले रोजगारीबाट निकालिनुप¥यो भने रोजगारीको हक छ, यो खान हुन्छ, त्यो खान हुन हुँदैन भन्ने खाद्य अधिकारभित्र पर्छ', उनले थपिन्,'सुरक्षित रुपमा बस्न पाउने आवाससम्बन्धी हक खोस्न पाइँदैन।'

महिनावारी हुनु स्वस्थ शरीर हुनु हो र प्रजनन अधिकारका लागि सबैभन्दा ठूलो महिलाको अधिकार हो। 'महिनावारी विभेद गरियो भने संविधान मात्र होइन, मानवअधिकारको पनि उल्लङ्घन हुन्छ, यो अज्ञानताभन्दा पनि रूढीबादी सोच हो', नेत्री राईले भनिन्,'सुगम ठाउँमा बसेका धनाढ्य परिवारमा पनि यो विभेद देखिन्छ, यसका लागि साधारण जनचेतनाले हुँदैन, बृहत् अभियान नै चलाउनुपर्छ।'

प्राचीन समयमा पर्याप्त कपडा हुँदैनथ्यो । अहिलेझैँ महिनावारी प्याड छनोट सुविधा थिएन । रगत बग्दा फोहोर हुन्छ भनेर चुलाचौकामा नजानु भनिएको हुनुपर्छ । केही महिलालाई अलि कठिन हुने भएकाले आराम चाहिन्छ भनिएको होला । तर अहिले त्यो अवस्था धेरै हदसम्म छैन, सरसफाइमा ध्यान दिनुपर्छ र आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्ने उनको ठम्याइ छ । 'यो प्राकृतिक कुरा हो, यसलाई व्यवस्थापन गर्नुपर्छ', नेत्री राईले भनिन्। नेत्री पौड्याल यसलाई अभियानकै रुपमा लैजानुपर्ने बताउँछिन्। राजनीतिक दलका नेता, सामाजिक अगुवा र कलाकारहरुको सञ्जाल बनाएर उनीहरुमार्फत ‘म महिनावारी बार्दिन’ भन्ने अभियान चलाउनुपर्ने उनको भनाइ छ।  

राजनीतिक नेतृत्वको सङ्कल्प खै ?

महिनावारीलाई मर्यादित बनाउन कानुन बनाएर दण्डित गर्नुपर्ने र जनचेतनाको काम गर्नुपर्छ भन्ने पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको भनाइ छ। 'मान्छेलाई सचेत गराउने कुरा हो, मर्यादित महिनावारीको विषय अछुत होइन, अलग घर बनाएर राख्ने चलन ठीक होइन', पूर्वमत्री  गुरुङले भने,'प्राकृतिक कुरालाई पाप धर्मसँग जोडेर हेर्न हुँदैन भनेर कानुन बनाउने योजना बनेको थियो।'  

उनलाई समाजका यस्ता विकृति विसङ्गति, अन्धविश्वासलाई जरैदेखि निर्मूल गर्नुपर्छ भन्ने लाग्छ। पूर्वमन्त्री गुरुङले थपे, 'महिलालाई हेर्ने दृष्टिकोण गलत भयो, त्यो गर्न हुँदैन भनेर राज्यदेखि आम नागरिकमा सचेतना जगाउने अभियान सञ्चालन गरेका थियौँ।' आफू मन्त्री हुँदा उहाँले नेपाललाई विश्वसामु ‘मर्यादित महिनावारी’ को देशका रुपमा स्थापित गराउने घोषणा गर्नुभएको थियो। महिलामाथि हुने महिनावारीका नाममा हुने विभेद रोक्नका लागि आवश्यक कानुन बनाएर मर्यादित महिनावारीको देश बनाउने अभियान सुरु पनि भएको थियो।

महिनावारीलाई मर्यादित बनाउन आवश्यक ऐन, नियम, निर्देशिका र नियमावली बनाउने कामलाई तीव्रता दिने योजना उनको जिम्मेवारी फेरबदलसँगै बीचमै रोकियो। मर्यादित महिनावारीको कानुन बनाउनका लागि तयार भएको मस्यौदा सदनमा प्रस्तुत नै हुन पाएन। केही वर्षपछि अहिले मन्त्रालयले मर्यादित महिनावारीसम्बन्धी कानुनको मस्यौदा तयार भएर मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ। छिट्टै मस्यौदाले ऐनको रुपमा स्वीकृत भई महिनावारीमा हुने सबै खालका विभेदको अन्त्य गरी मुलुकलाई मर्यादित महिनावारी’ को देशका रुपमा परिचित हुने अपेक्षा गरिएको छ।  कालिका खड्का/रासस
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस