थाती विवाद संविधानसभामा
२१ भदौ २०७१
•
९ मिनेट पाठ
थाती विवाद संविधानसभामा
काठमाडौं-संविधानसभाले पारित गरेको संविधान निर्माण कार्यतालिकाअनुसार सहमति हुन नसकेपछि संविधानका थाती विवाद संविधानसभाले निर्क्याेल गर्ने भएको छ।

संविधानसभा अन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले शनिबार सभाध्यक्ष सुवासचन्द्र नेम्वाङमार्फत सहमति भएका र हुन नसकेका सबै विषयको विवरण सभामै पठाउने निर्णय गरेको हो।

समितिले केही दिनभित्र अहिलेसम्मका कामको विवरण समावेश गरी प्रतिवेदन तयार पारेर संविधानसभा अध्यक्ष नेम्वाङलाई बुझाउनेछ।

समितिले विवादित विषयमा सहमति जुटाउन थप समयसमेत माग गरेको छ। कार्यतालिकाअनुसार भदौ २१ सम्म संवाद समितिलाई विवादित विषयमा सहमति कायम गरेर प्रतिवेदन बुझाउने समय दिइएको थियो।

निर्धारित अवधिमा विवादित विषयमा सहमति जुट्न नसकेपछि समितिले आफूले गरेका सम्पूर्ण कामको विवरण जस्ताको त्यस्तै संविधानसभामा पेस गर्ने र टुंगो लाग्न बाँकी विषयमा सहमतिका लागि थप समय आवश्यक परेको जानकारी गराउने निर्णय लिएको हो।

प्रतिवेदनमा संवाद समितिका ४० वटा पूर्ण बैठकले गरेका निर्णय, विवरण, उपसमितिले गरेका निर्णय, टुंगो लाग्न बाँकी विषय, संविधानसभा बाहिर रहेका विभिन्न राजनीतिक दल तथा सरोकारवालाको सुझाव र वार्ता उपसमितिले गरेका सहमति समावेश गरिनेछ। यस्तै, विभिन्न सराकोरवाला पक्षसहित विज्ञसँग गरिएको अन्तर्क्रिया, समितिमा छलफल भई टुंगो लागेका विषय, संविधानसभाबाट प्राप्त विषय, विभिन्न पक्षसँग भएका सम्झौता, सरोकारवालाबाट प्राप्त सुझाव र छलफलमा उठेका नयाँ विषय जस्ताको त्यस्तै प्रतिवेदनमा राखेर संविधानसभामा पठाउने समितिको निर्णय छ।

त्यसैगरी, समितिले 'माघ ८ गते संविधान जारी गर्ने समयसीमाप्रति प्रतिबद्ध रही टुंगो लाग्न बाँकी विषयमा समितिले थप छलफल गर्नु आवश्यक रहेको' भन्ने जानकारीसमेत संविधानसभालाई गराउने, टुंगो लाग्न बाँकी विषयमा सहमति जुटाउन समय उपलब्ध गराइदिन आग्रह गर्ने निर्णय पनि लिएको छ।

समितिका सभापति बाबुराम भट्टराईले सहमति र असहमति भनेर छिनोफानो गर्न नै समय नपुगेको तर्क गरे। त्यसैले माघ ८ गतेको कार्यतालिकालाई असर नपर्ने गरी सहमति जुटाउन समय आवश्यक भएकाले संविधानसभासँग आग्रह गरिएको जानकारी गराए।

'असहमति र सहमति भनेर छिनोफानो गर्ने प्रयाप्त समय हामीलाई पुगेन,' भट्टराईले भने, 'त्यही कारण हामीले संविधानसभाबाट दिएको समयावधिमा रहेर कामको सम्पूर्ण विवरणसहितको प्रतिवेदन संविधानसभामा बुझाउँछौं। त्यसभित्र टुंगो लागेका र लाग्न नसकेका विषयको सूची बनाएरै संविधानसभामा प्रस्तुत गर्छौं। माघ ८ गतेको कार्यतालिकालाई कायम राख्नुपर्छ। त्यसलाई असर नपर्ने गरी सहमति जुटाउन यो समितिलाई थप समयको आवश्यकता छ भन्ने सुझावसहित प्रतिवेदन पेस गछर्ौं।'

भट्टराईले संविधान सहमतिबाट निर्माण गर्नुपर्ने भएकाले विषयको टुंगो लगाउने जिम्मा फेरि समितिलाई नै दिने विश्वास व्यक्त गरे। 'के गर्ने भन्ने अन्तिम निर्णय संविधानसभाले नै गर्छ,' उनले भने।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि माघ ८ गते संविधान जारी गर्ने प्रतिबद्धतासहित त्यसमा असर नपर्ने गरी टुंगो लाग्न नसकेका विषयलाई समय चाहियो भन्ने निष्कर्षसहित प्रतिवेदन संविधानसभामा पठाउने बताए। 'टुंगो लाग्न बाँकी विषयमा यो समितिमा थप छलफल गर्नुपर्ने आवश्यकता पर्योठ,' दाहालले भने।

प्रमुख तीन दलका शीर्ष नेताबीच दिनभर भएको छलफलमा एमाओवादीसहितको मोर्चा टुंगो लाग्न नसकेका विषय संविधानसभामा नपठाउने र समिति समय माग्ने पक्षमा थियो भने कांग्रेस र एमाले विवादित विषय पनि सबै पठाई अन्तिम टुंगो लगाउने जिम्मा संविधानसभाकै भएकाले त्यहीँ पठाउनुपर्ने पक्षमा देखिएका थिए।

लामो छलफलपछि समितिले गरेका सबै विषय जस्ताको त्यस्तै पठाउने र छलफलका लागि समय आवश्यक रहेको भन्नेमा सहमति जुटेको सहभागी एक नेताले जानकारी दिए।

एमाओवादीसहित मोर्चामा रहेका केही नेताले भने संविधानसभामा कांग्रेस र एमालेको बहुमत रहेकाले विवादित विषयमा छलफल हुँदा संवाद समितिमा नपठाउने पक्षमा निर्णय भए समस्या पर्ने तर्क गर्दै आएका थिए। तर, यसबारेमा कांग्रेस नेताहरूले नियमावलीअनुसार संविधानसभाले सहमतिका लागि फेरि कहीँ न कहीँ पठाउनुपर्ने व्यवस्था गरेको भन्दै त्यस्तो नहुने आश्वासन दिएका थिए।

कांग्रेस नेता एवं वनमन्त्री महेश आचार्य संविधानसभाले हठातमा कुनै विषय निर्णय गर्न नसक्ने बताए। 'संविधानसभाले कुनै पनि विषयमा हठात निर्णय गर्न सक्दैन,' उनले भने, 'विषयहरू नै टुंगो लागेको छैन भनेर पठाएकाले त्यहीँ निर्णय गर्ने व्यवस्था छैन। समय निर्धारण गर्ने क्षेत्राधिकार तोकिदिन सक्छ। समितिमा छलफल नै गर्न बाँकी छ। समितिमा सहमति नगरी प्रक्रियामा लानु हुँदैन।'

समितिबाट प्रतिवेदन प्राप्त हुनासाथ अध्यक्षले संविधानसभाको पूर्ण बैठक बोलाउने संविधानसभा सचिवालय स्रोतले जानकारी दिएको छ।

शीर्ष नेता नै बैठकमा कम उपस्थित

प्रमुख दलका शीर्ष नेता नै संवाद तथा सहमति समितिमा कम उपस्थित हुने गरेका छन्। संवाद समितिका ४० वटा पूर्ण बैठक बसेको छ।

समितिको बैठकमै ३९ वटा बैठकको विवरण सुनाइएको थियो। त्यसमध्ये नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै सबैभन्दा कम उपस्थित भएका छन्। उनी ६ दिन मात्र उपस्थित भएका छन् भने कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला ८ दिन मात्र उपस्थित भए।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि १९ वटा बैठकमा मात्र उपस्थित भएका छन्। कांग्रेस उपसभापति रामचन्द्र पौडेल र समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंह भने सबै बैठकमा उपस्थित भए।

सिंह ३९ वटै उपस्थित भए पौडेल ३० वटामा उपस्थित भएका छन्। समितिको ९ वटा बैठक बस्दासम्म पौडेल संविधान मस्यौदा समितिमा थिए। संवाद समितिमा आएदेखि उनले एउटै बैठक छुटाएका छैनन्।

एमालेका माधवकुमार नेपाल, राप्रपाका सूर्यबहादुर थापा, नेकपा मालेका सिपी मैनाली ३५–३५ वटा बैठकमा उपस्थित भएका छन्। थापाले दुईवटा बैठकमा भने आउन नसक्ने भनेर जानकारी गराएको पनि समितिले जनाएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस